महिला लज्जित हुने गरी बुद्धले के भने ?

काठमाण्डु टुडे २०७० पुष २ गते ६:०४ मा प्रकाशित

Gautam-Buddhaकाठमाण्डु–सेठ अनाथ पिन्डक भगवान गौतम बुद्धको चेला थिए । उनले आफ्ना सबै जिज्ञासा र वेदना निशंकोच गौतमबुद्ध समक्ष राख्थे र समाधान पनि हुन्थ्यो ।

एक दिन नाथपिन्डकको उदास अनुहार देखेर बुद्धले सोधे, ‘सेठ, तिमीलाई के भयो ? के समस्या पर्यो ? चिन्तित देखिन्छौ नी ।’ उनले जवाफ दिए, ‘म आफ्नी नयाँ बुहारी सुजाताको व्यवहारले निकै हैरान भाको छु । उसले आफ्नो पतिलाई पनि अपमान गर्छे । हामीले भनेको पनि मान्दैने । यसबाट परिवारबाट कलह शुरु भएको छ ।’ यो कुरा सुनेर गौतम बुद्धले बुहारीलाई लिएर आउन भने ।

सुजाता बुद्धको सत्संगमा पुगिन् र उनको अगाडि बसिन् । त्यसपछि बुद्धले भने, ‘हेर, महिलाहरु चार प्रकारका हुन्छन् । बोधिकसमा, चोरसमा, मातृसमा र भगिनीसमा । तिमी यीमध्ये कुन श्रेणीमा पर्छ्यौ ?’

सुजाताले यसको अर्थ बुझिन र स्पष्ट पार्न भनी ।

बुद्धले स्पष्ट पार्दै भने, ‘जुन गृहिणी सँधै क्रोधित हुन्छे, पतिको अपमान गर्छे, उसलाई शास्त्र अनुसार ‘बोधिकसमा’ भनिन्छ । जो सम्पत्तिको सदुपयोग नगरी केबल उपभोगमा मात्रै प्रयोग गर्छे, त्यस्ता स्त्रीलाई ‘चोरसमा’ भनिन्छ । जुन स्त्री परिवारका अन्य सदस्यहरुसँग राम्रो व्यवहार गर्छे उ ‘मातृसमा’ भनिन्छ र जसले सबैलाई प्रीय भाइ जस्तै समान व्यवहार गर्छ, उ ‘भगिनीसमा’ कहलिन्छे ।’

भगवान गौतम बुद्धको यो सुबिचार सुनेपछि सुजाता लज्जित भइ । उसको अभिमानको शीर झुक्यो र मातृसमा बन्ने संकल्प गरी ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us