डाक्टरहरुले गोविन्द केसीको नाममा सपथ लिने

काठमाण्डु टुडे २०७० माघ ८ गते ९:०६ मा प्रकाशित

काठमाण्डु – नेपाल चिकित्सक संघले अबदेखि चिकित्सक बन्नुअघि डाक्टर गोविन्द केसीको नाममा सपथ लिन सबै चिकित्सकहरुलाई आग्रह गरेको छ ।

संघले केसीको सत्य, इमान्दारिता, मानवकल्याण र भ्रष्टाचार विरोधी अभियानको सम्मान गर्दै अबदेखि उहाँको नाममा सपथ लिन सबै चिकित्सकहरुलाई आह्वान गरेको हो । चिकित्सकहरुले लिने सपथलाई ‘हिप्पोक्रेट्स ओथ’ भनिन्छ ।

तर, संघले त्यसलाई परिमार्जन गर्दै ‘डाक्टर गोविन्द केसी ओथ’ नामाकरण गरेको छ ।

नमूना यस्तो छ,

‘म ……., आदरणीय प्राध्यापक डाक्टर गोविन्द केसीको सत्य, इमान्दारिता र मानव कल्याणको भावना अनि भ्रष्टाचारविरोधी छवि तथा उहाँको बलिदानी र निस्वार्थ सेवाभावलाई साक्षी राखेर यो सपथ लिन्छु कि म संकीर्ण राजनीतिक, जातीय, धार्मिक तथा रंगभेदी चिन्तन र अवस्थाभन्दा माथि उठी शुद्ध पेशागत नैतिकतामा रही सदा सेवा गर्नेछु र कदाचित आर्थिक तथा व्यक्तिगत प्रलोभनमा पर्नेछैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us