प्रचण्डकी छोरीको श्रद्धाञ्जलीमा रुक्माङ्गत पनि (फोटो फिचर)

काठमाण्डु टुडे २०७० चैत १९ गते १०:१५ मा प्रकाशित

काठमाण्डु – एकीकृत माओवादीले अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ पुत्री स्वर्गीय ज्ञानु दाहाल केसीको स्मृतिमा बुधबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

केसीको निधन भएको सातौं दिनका दिन माओवादी केन्द्रीय कार्यालयले लाजिम्पाटस्थित प्रचण्ड निवासमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, मन्त्रीहरु, विदेशस्थित कुटनीतिक नियोगका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेता पुगेका थिए ।

सो अवसरमा प्रचण्डसँग तिक्ततापूर्ण सम्बन्ध रहेको भनिएका पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल पनि लाजिम्पाट पुगे ।

लामो समयदेखि स्तन क्यानसरबाट पीडित केसीको गत साता निधन भएको थियो ।

श्रद्धाञ्जली दिन को-को पुगे त लाजिम्पाट ? (फोटो फिचर)

DSC08220 copyLajimpatOLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERADSC08217DSC08222DSC08223DSC08225DSC08227DSC08234OLYMPUS DIGITAL CAMERAOLYMPUS DIGITAL CAMERA

OLYMPUS DIGITAL CAMERA

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us