दुई नेपाली पत्रकार अमेरिकामा सम्मानित

काठमाण्डु टुडे २०७० चैत २० गते २:१३ मा प्रकाशित

न्यूयोर्क, २० चैत– नेपालका दुई जना पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ ।
kiranडायस पोरामा रहेका नेपालीहरुका गतिविधिको प्रचार–प्रसार र प्रवद्र्धनमा सहयोग गरेकामा पत्रकारद्वय नारायण श्रेष्ठ र किरणबाबु मरहठ्ठालाई सम्मान गरिएको हो ।

उनीहरुलाई बाल्टिमोर र पेल्सील भेनिया राज्यका लागि नेपाली अवैतानिक महावाणिज्य दूतावासले सम्मान गरेको हो । अवैतानिक महावाणिज्य दूत प्रेमराजा महत र म्यारिल्याण्ड स्टेटका डेलिगेट टोमह्याक्रले संयुक्त रुपमा सम्मान गरेका थिए ।

समारोहमा अवैतानिक महावाणिज्य दूत महतले श्रेष्ठ र मरहठ्ठाले विश्वभर छरिएर रहेका नेपालीलाई नजिक ल्याउन महत्पूर्ण भूमिका खेलेकाले सम्मान गरिएको बताए ।

सम्मान समारोहमा मेरिल्याण्ड स्टेटका डेलिगेट उम्मेद्वार एचबी भण्डारीले आफ्नो चुनावी अभियानका बारेमा जानकारी गराएका थिए ।

यस्तै सम्मान समारोहमा लोकगायक बुद्धिसागर बस्याल र सञ्चारकर्मी नारायण श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । सम्मानपछि पत्रकार मरहठ्ठाले विश्वभर छरिएर रहेका नेपालीहरु सांस्कृतिक दूत भएको बताए ।

उनीहरुलाई ताम्रपत्र र नगदसहित सम्मान गरिएको हो । श्रेष्ठ भर्खरै बीबीसी नेपाली सेवाको साझा सवाल छाडेर अमेरिका पुगेका हुन् । मरहठ्ठा एबीसी टेलिभिजनका नायव महाप्रवन्धक छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us