युक्रेन गृहयुद्धको संघारमा – पुटिन

काठमाण्डु टुडे २०७१ वैशाख ३ गते १०:१८ मा प्रकाशित

vladmir-putinमस्को, ३ वैशाख – रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन गृहयुद्धको संघारमा रहेको बताएका छन् ।।

युक्रेनमा जारी रहेका पछिल्ला क्रियाकलापहरुका कारण त्यहाँ गृहयुद्धको खतरा बढ्दै उनको भनाइ छ ।

जर्मन चान्सलर एन्जेला मार्केलसँगको कुराकानीमा उनले यस्तो भनाई राखेका हुन् । उनले युक्रेनमा सरकारले जारी राखेको कारबाहीका कारण धेरै नागरिकको ज्यान जानसक्ने खतरा रहेको पनि बताए ।

क्रेमलिन सर्भिसले दिएको जानकारीअनुसार राष्ट्रपति पुटिनले हालको क्रिमियाको सरकारलाई अवैध सरकार भनेका छन् ।

उनीहरुका बीचमा हाल क्रिमियामा जारी रहेको पछिल्लो विद्रोहले थप हिंसा मच्चाउने सम्भावनाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

बैठकमा रसिया, अमेरिका, युरोपेली युनियन र युक्रेनका प्रतिनिधिहरु भेट्ने छन् । सो वार्ता युक्रेन विषयमा नै केन्द्रित हुने बताइएको छ ।

युक्रेनमा हालैका दिनमा फेरि रसियाली समर्थकहरुको विद्रोह सुरु भएको छ । उनीहरुले युक्रेनका कतिपय सरकारी कार्यालयहरु पनि कब्जा गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा देखिएको हिंसात्मक क्रियाकलापहरु रोक्नका लागि पहल गर्न आग्रह गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us