फुजेल घटनाको बहस सकियो

काठमाण्डु टुडे २०७१ वैशाख ४ गते १२:०७ मा प्रकाशित

chitwan courtचितवन, ४ वैशाख । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको जाहेरीमाथिको बहस आज सकिएको छ ।

चितवन जिल्ला अदालत भरतपुरमा हिजोबाट सुरु भएको बहस आज दिउँसो सकिएको हो । वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता एकनारायण लम्साल र प्रतिवादीका तर्फबाट छजना कानुन व्यवसायीले हिजो बहस गरेका थिए ।

प्रतिवादीका तर्फबाट ३४ जना कानुन व्यवसायीले वकालत नामा दर्ता गराएकोमा २६ जनाले मात्र बहस गरेका अदालतका श्रेस्तेदार विद्याराज पौडेलले बताए । जाहेरी पक्षका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी र पुष्पराज पौडेलले बहस गरेका थिए ।
हत्या अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भिमसेन पौडेलसहित १३ जना अभियुक्तका पक्षमा वरिष्ठ अधिवक्ता मुक्तिनारायण प्रधानसहितका कानुन व्यवसायीले बहस गरे ।
उनीहरुले मुद्दा खारेज गरी साधारण तारेखमा अभियुक्तको रिहाइ हुनुपर्ने माग गरे । जिल्ला न्यायाधिवक्ता लम्सालले भने सर्वस्वसहित जन्मकैद मागको सो मुद्दाका अभियुक्तलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने माग दावी गरे ।

यसैवीच थुनछेक बसहपछि अदालतले भिमसेन पौडेललाई २७ हजार र छनिलाल पौडेललाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ । घटनाका अन्य ११ आरोपीको हकमा भने ७ दिने पक्राउ पूर्जी जारी गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us