सम्वन्धविच्छेद गरेको एक वर्ष नवित्दै स्वास्थ्यमन्त्रीले गरे दोस्रो विवाह

काठमाण्डु टुडे २०७१ असार ३२ गते १२:२७ मा प्रकाशित

काठमाण्डु, ३२ असार – स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले दोस्रो विवाह गरेका छन्।

khagarajअधिकारीले मंगलबार ४० वर्षीय रमा पाण्डेलाई जीवनसंगिनीको रुपमा काठमाण्डु ललितपुर पुल्चोकस्थित मन्त्री निवास भित्राएका हुन्।

एमाले नेता स्वास्थ्य तथा जनसंख्यामन्त्री अधिकारीले पहिलेकी श्रीमती इन्द्रकला बरालसँग सम्वन्ध विच्छेद गरेको एक वर्ष नवित्दै दोस्रो विवाह गरेका हुन्।

पाण्डे ललिपुरस्थित एक सरकारी विद्यालयमा मावि तहकी शिक्षिका रहेकी पाण्डेसँग अधिकारीले विवाह गरेका हुन। असार १८ गते पाण्डेसँग कोट म्यारिज गरेका अधिकारीले मंगलबार विवाह गरि घर भित्राएका हुन्।

मंगलबार काठमाडौमा मन्त्री अधिकारीले मंगलबार परिवारका सदस्य र पार्टीका शीर्ष नेताहरुको माझमा विवाह गरेका हुन्। निर्वतमान पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी लगायतको उपस्थिति रहेको थियो।

अधिकारीको विवाहमा उनकी छोरी पनि सहभागी भइन्। अधिकारीले पहिलेकी श्रीमती इन्द्रकला बरालसँग २०७० को भदौमा सम्वन्ध विच्छेद गरेका थिए ।

पहिलेकी श्रीमती बरालबाट एक छोरी छन्। सम्वन्ध विच्छेदका क्रममा छोरीले बाबुसँग बस्ने इच्छा देखाएपछि छोरी अधिकारीसँगै रहेकी छन् ।

मन्त्री अधिकारीले हालै प्रकाशन गरेको पुस्तक माया मारेको मान्छेमा पहिलेकी श्रीमतीले अर्कै पुरपुरुषसँग प्रेम सम्बन्ध भए पछि वैवाहिक जीवन सफल हुन नसकेको लेखेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us