ओली निकट युवाहरुले केन्द्रीय सदस्यमा हारे

काठमाण्डु टुडे २०७१ असार ३२ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, ३२ असार –  नवनिर्वाचित एमाले अध्यक्ष केपी ओलीका बफादार युवाहरुले हारेका छन् ।

Uml-new-logoओली प्यानलका महेश बस्नेत, धर्मनाथ साह, रघुवीर महासेठ, कर्णबहादुर थापा, रामेश्वर फुँयाल र खिमलाल भट्टराईसहितका नेताहरु केन्द्रीय सदस्यमा निर्वाचित हुन सकेनन् ।

ओलीका अत्यन्त निकटस्थ मानिने स्वास्थ्यमन्त्री तथा निवर्तमान पोलिटव्यूरो सदस्य खगराज अधिकारीले  चुनाव हारेका छन् ।

साह, महासेठ, थापा, फुयाँल, यसअघि केन्द्रीय सदस्य थिए।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us