‘बाबुरामले डोजर लगाउँदा एमाओवादी तेश्रो भयो, बामदेवको डोजरले एमाले चौथो हुने भो’

काठमाण्डु टुडे २०७१ साउन ३ गते १५:१५ मा प्रकाशित

काठमाण्डु, ३ साउन– एमाले सभासद चन्द्रबहादुर गुरुङले सरकारले सुनसरी–मोरङ सिञ्चाई आयोजना क्षेत्रका हजारौं सुकुम्बासीलाई घरबारविहीन बनाएको भन्दै chandraआपत्ति जनाएका छन् ।
एमाले संसदीय दलको शनिबारको बैठकमा गुरुङले सुकुम्बासी बस्तीमा डोजर लगाएको भन्दै उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमको चर्को आलोचना गरेका हुन् ।

‘वर्षायाम चराचुरुङगीले पनि गुँड बनाएर बस्ने मौसम हो’, गुरुङले भने, ‘यस्तो बेलामा जनताको नेतृत्व गर्छु भन्नेले २० औं वर्षदेखि बस्दै आएका सुकुम्बासीका घर विकल्पबिना डोजर लगाएर राक्षसी व्यवहार भयो ।’

बाबुराम भट्टराईले काठमाण्डुको सुकुम्बासी वस्तीमा डोजर लगाउँदा एकीकृत माओवादी पहिलोबाट तेश्रो पार्टीमा झरेको चर्चा गर्दै एमाले दोश्रोबाट चौथोमा झर्ने चेतावनी दिए ।

‘बाबुरामले काठमाण्डुको सुकुम्बासी बस्तीमा डोजर लगाउँदा एमाओवादी पहिलोबाट तेश्रो पार्टी भयो’, मोरङ–८ बाट संविधानसभा सदस्यमा निर्वाचित गुरुङले भने, ‘नेताहरुको होस् गर, बामदेवले डोजर चलाउँदा एमाले दोश्रोबाट चौथोमा झर्ला ?’ गुरुङले वर्षा याममा घर भतकाइएका कारण सुकुम्बासी परिवारको बेहाल भएको उल्लेख गरे ।

आफू उक्त क्षेत्रमा जाँदा जनता रोकएको र आफू पनि रोएर फर्किएको बताए

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us