प्रचण्डपथका कारण जनयुद्ध तुहियो: भट्टराई

काठमाण्डु टुडे २०७१ साउन १० गते १३:४७ मा प्रकाशित

सुनसरी, १० साउन– एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले ‘प्रचण्डपथ’ का कारण जनयुद्ध तुहिएको टिप्पणी गरेका छन् ।

baburam
वैकल्पिक विचार मञ्चले शनिबार इटहरीमा गरेको ‘नयाँ शक्तिका लागि डा. बाबुराम भट्टराई’ विषयक कार्यक्रममा उनले प्रचण्डपथका कारण जनयुद्ध सफल हुन नसकेको बताएका हुन् । प्रचण्डपथलाई कार्यदिशा बनाइएका कारण जनयुद्धले सफलता प्राप्त गर्न नसकेको उनको भनाइ थियो । ‘

प्रचण्डपथलाई पार्टीको पथप्रदर्शक सिद्धान्त मान्नु गल्ती थियो’, भट्टराईले भने, ‘द्वन्द्वात्मक भौतिकवादी हुनुपर्नेमा प्रचण्डपथ नै सर्वेसर्वा भन्दा जनयुद्ध बीचैमा तुहियो ।’

उनले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि नयाँ शक्तिको विकल्प नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us