जहाँ स्वाथ्यकर्मी, शिक्षिका र नेतृहरु नै छाउपडी बस्छन्

काठमाण्डु टुडे २०७१ साउन ११ गते २:५६ मा प्रकाशित

दैलेख – दैलेखको पश्चिमी क्षेत्रमा अझै पनि छाउपडी प्रथा कायमै रहँदा महिलाहरु मारमा परेका छन् ।
यस क्षेत्रका महिला अझै पनि महिनवारी भएको समयम घरबाट टाढा सानो छाप्रोमा बस्न बाध्य छन् । उनीहरुलाई घरपरिवारले नै महिनावारी भएको समयमा टाढा बस्ने कटेरो बनाई दिएका हुन्छन् । महिनावारी भएको महिलाको मुख देख्न नहुने र देखेमा ‘देवता रिसाउने’ अन्धविश्वास समाजमा छ ।
पश्चिम दैलेखका दर्जन बढी गाविसमा अझै पनि छाउपडीेको पीडा उस्तै  छ । ती क्षेत्रमा महिनावरी भएको ७ दिनसम्म घरबाहिर वस्नुपर्ने बाध्यता छ । कुल देउता रिसाउने र घरमा क्षति हुने अन्धविश्वासी परम्पराका कारण अधिकांश महिलाहरु अहिले पनि घरबाहिर कष्टकर जीवन बिताउन बाध्य छन् ।
कतिपय महिलाहरु घरभन्दा बाहिर बनाएका छाऊ गोठहरुमा बस्न बाध्य छन् त कतिपय गोरु र भैंसी बाँध्ने गोठको कुनामा महिनावारीका दिनहरु बिताउँछन् ।
राकमकर्णाली आसपासका जाक्सी, राकम पारिको अछामका रहफ लगायत गाविसका सबै घरका महिला महिनावारी भएको सातौं दिनसम्म भुइंतलाको गोरु बाध्ने गोठ होस् वा घर नजिक निर्माण गरिएको छाउगोडमा कष्टकर दिन काट्न बाध्य छन् ।
राकमकर्णाली र जाक्सीका स्थानीयबासिन्दाले ‘नैनेल’ देवताको पूजा गर्दछन् । नैनेलको पूजा गरे ढुंगाबाट नदी वारपार गर्दा दुर्घटना हुनबाट जोगिने विश्वास छ । छाउपडीमा नसुते नैनेल देवताले नष्ट गर्छन् भन्ने अन्धविश्वासले जरा गाडेकोले अहिले पनि यो क्षेत्रमा छाउप्रथा कायमै रहेको हो । छाउप्रथा अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न जनचेतनामुलक कार्यक्रम संचालनमा आएको भए पनि ती कार्यक्रम प्रभावकारी हुन सकेका छैनन् । कतिपय स्थानमा छाउगोठहरु भत्काउने अभियान पनि चलेको हो । तर परम्परागत सोचका कारण अझै गाउँमा समस्या जस्ताकै तस्तै छ ।
स्थानीय हरि माझी परम्परागत मान्यता आफ्नो पुस्ताले तत्काल हटाउन नसक्ने तर विस्तारै हट्दै जाने बताउँछन्  ।
सदरमुकामबाट २५ कोष टाढा पर्ने यस क्षेत्रका अधिकाशं मानिसमा जनचेतनाको कमी छ । सरकारले समेत सामाजिक कुसंस्कार घोषणा गरिसकेको छाउपडीप्रथा अन्त्य हुन नसक्ने दु:खद कुरा हो ।

सर्वोच्च अदालतले २०६२ सालमा छाउपडी प्रथालाई कुरीतिप्रथा घोषणा गरेको थियो । सरकारले छाउपडीप्रथा उन्मुलनसम्बन्धी निर्देशिका–२०६४ समेत जारी गरेको छ , तर निर्देशिकाको हालसम्म कार्यान्वयन हुन सकेको छैन । जसका कारणा अझै पनि छाउपडीप्रथा कायम रहेका ठाउँमा अविवाहित महिला भए ७ दिनसम्म र विवाहित महिलाले ५ दिनसम्म महिनावारी भएको बेला छाउपडी गोठमा बस्नुपर्ने बाध्यता अझै कायम छ । महिनावारीको समयमा घरबाहिर अलग्गै बस्नुपर्ने, सार्वजनिक पानी पंधेरा प्रयोग गर्न नपाइने, दही दूध दही खान नपाउने, फलफूल जन्य वनस्पति छोए त्यो सुक्ने जस्ता अन्धविस्वास कायम छन् ।

यति मात्रै होइन, समाजमा एउटा यस्तो भ्रमको सृजना गरिएको छ की महिनावारी भएका बेला अरु कसैलाई छोए वा माथि उल्लेखित काम गरे देवीदेवता रिझाउने भन्ने अन्धविश्वासी मान्यता स्थापित भएको छ । त्यही मान्यताका कारण महिनावारी भएका बेला महिलाहरु घरमा बस्न सक्दैनन् । अझ अच्चमको कुरा त के छ, भने छाउपडी प्रथा कायम रहेका क्षेत्रमा महिला अधिकारकर्मी, स्वास्थ्यकर्मी, शिक्षिका र राजनीतिक दलका ठूला पदमा बसेका व्यक्तिहरु समेत महिनावारी भएका बेला छाउपठि गोठमा बस्ने गर्छन् ।

यसले छाउपडी प्रथालाई थप प्रश्रय दिएको छ । स्वास्थ्यकर्मीहरुका अनुसार महिनावारी भएको समयमा सरसफाई ध्यान दिनु पर्ने हुन्छ । तर महिनावारी भएका महिलालाई सार्वजनिक धारा पधेराको प्रयोग समेत जान पाउँदैनन् ।  महिनावारी भएका महिलालाई मात्र नभएर सुत्केरी भएको १५ दिनसम्म घरबाट अलगै राख्ने प्रचलन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us