हिमाल खबरले राख्यो मोदीको हातमा टुबोर्ग बियरको लोगो

काठमाण्डु टुडे २०७१ साउन ११ गते १५:०७ मा प्रकाशित

काठमाण्डु, ११ साउन–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा नेपालको एक साप्ताहिक पत्रिकाले बियरको लोगो राखिदिएको छ ।

modi with beerहिमाल खबर पत्रिकाको आइतबारको संस्करणमा हिमालले मोदीसम्बन्धी समाचारलाई ‘कभर स्टोरी’ बनाएको छ ।

पत्रिकाको बाहिरी पृष्ठमा छापिएको मोदीले नमस्कार गरेको फोटोको तल्लो भागमा बियरको लोगो टाँसिएको छ ।

स्टोरी मोदीको आसन्न नेपाल भ्रमणको तयारी नपुगेको सम्बन्धमा केन्द्रित छ । ‘तयारी शून्य’ शीर्षकको समाचारमा भारतको लोकसभा निर्वाचनमा मोदीले मतदातालाई नमस्कार गरेको फोटो गुगलबाट तानेर हालिएको छ र हातमा बियरको लोगो छ ।

आफूलाई नेपालको व्यवसायिक पत्रकारिताको मसिहा ठान्ने र कहिले काहीं ‘भगवानले व्यवसायिक पत्रकारिताका लागि मंगलग्रहबाट पृथ्वी लोकमा काजमा खटाएको जस्तो व्यवहार र अभिव्यक्ति दिनेहरुले चलाएको पत्रिकाले गरेको यस्तो कमजोरी असामान्य नै भन्नुपर्छ ।

अप्रसाङगिक रुपमा फोटोमा टाँसिएको बियरको लोगोले विज्ञापनको संकेत पनि गर्दैन ।

लोगोअघि पिटिए आशंकाले अवरोध, गोदार हत्यकाण्ड : पलायो न्यायको आशा शीर्षकको समाचार छ । तर बियरको समाचार, बिज्ञापनबारे कहीं कतै उल्लेख छैन ।

10492068_909154182434777_2739573155474286930_n

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us