अहिले ‘प्रचण्डपथले जनयुद्ध तुहियो’ भन्ने भट्टराई प्रचण्डपथबारे पहिले यसो भन्थे

काठमाण्डु टुडे २०७१ साउन ११ गते ११:४३ मा प्रकाशित

काठमाण्डु– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले सुनसरीमा शनिबार भएको baburamएक कार्यक्रममा प्रचण्डपथका कारण जनयुद्ध बीचैमा तुहिएको अभिव्यक्ति दिए ।
नयाँ शक्तिका लागि डा. बाबुराम भट्टराई विषयक अन्र्तक्रियामा उनले प्रचण्डपथलाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानिएकै कारण जनयुद्ध सफल नभएको ठोकुवा गरेका थिए ।

तर तिनै भट्टराईले एमाओवादीको दोश्रो राष्ट्रिय सम्मेलनपछि प्रचण्डपथको पक्षमा लामो व्याख्या गरेका थिए । उनले त्यसबारे धेरै पत्रपत्रिकामा लेख छपाए र अन्तवार्ताहरु पनि दिए । त्यसमध्ये एक मासिकमा ‘प्रचण्डपथ सिर्जनशील माक्र्सवादको नवीनतम कडी’ शीर्षकमा २०५७ चैतमा छापिएको प्रचण्डथपबारेको भट्टराईको धारणा सान्दर्भिक हुने ठानेर यहाँ जस्ताको तस्तै छापिएको छ । सम्पादक–

विश्व सर्वहारावर्गको एक सशक्त टुकडी तथा नेपाली सर्वहारावर्गको सच्चा अग्रदस्ता ने.क.पा. (माओवादी) को ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनले माक्र्सवाद—लेनिनवाद—माओवादको विज्ञानको नेपाली धर्तीमा प्रयोगका अनुभवहरूलाई  ‘प्रचण्डपथ’ को रूपमा संश्लेषण गर्ने र त्यसलाई नेपाली सर्वहारावादी क्रान्तिको विशिष्ट विचार श्रृखंलाको (Set of ideas)  र मा—लेमावादको समृद्धिकरण (Enrichment) को अर्थमा  गर्ने निर्णय गरेपछि नेपाली र विश्व कम्युनिस्ट आन्दोलनमा स्वाभाविक तरंग पैदा भएको छ । जबकि आम कम्युनिस्ट क्रान्तिकारीहरूले यसको स्वागत गरेको र कतिपयमा यसले विशेष जिज्ञांसा पैदा गरेको पाईएको छ भने वर्गसंघर्षको ऐतिहासिक नियम अनुसार नै प्रतिक्रियावादी र अवसरवादी यसका विरूद्ध टुप्पीदेखि पैतालासम्मको बल लगाएर आक्रमणमा पनि उत्रिएका छन् यसैसन्दर्भमा यहाँँ दोस्रो ऐतिहासिक सम्मेलनका युगान्तकारी निर्णयहरूका केही महत्वपूर्ण पक्षहरूबारे चर्चा गर्ने र प्रचण्डपथका केही मुलभूत विशेषताहरूमाथि प्रकाश पार्ने प्रयास गरिएको छ, न कि यहाँँ प्रचण्डपथको सांङ्गोपाङ्गो विश्लेषण गर्ने कोशिस नै गरिनेछ ।
‘प्रचण्डपथ’ पदावली प्रयोगबारे
ज्ञान सिद्धान्तको नियमअनुसार मानिसको पहिलो चेतना इन्द्रीय ग्राह्य मात्र हुने वा न्यून चेतनास्तर भएका सर्बसाधारणको ध्यान सबभन्दा पहिलो वस्तुको ‘रूप’ पक्षमा मात्र केन्द्रित हुने हुनाले नेपाली क्रान्तिको विचार संश्लेषणको सन्दर्भमा पनि पहिलो विवाद ‘प्रचण्डपथ’ पदावली प्रयोगबारे हुनु स्वाभाविक छ । सोहीअनुरूप प्रतिक्रियावादी र अवसारवादी कित्ताले सचेत ढंगले भ्रम सिर्जना गर्नुका अतिरिक्त कतिपय क्रान्तिकारी पंक्तिभित्र समेत ‘प्रचण्डपथलाई ‘प्रचण्ड विचारधारा’ वा ‘प्रचण्डवाद’ को अर्थमा भ्रमात्मक ढंगले ग्रहण गर्ने समस्या देखा पर्नसक्छ र त्यसलाई सुरूमै प्रष्ट गरेर मात्र वस्तुको सारपक्षमा प्रवेश गर्नु बाञ्छनीय हुनेछ । यहाँँनेर सर्बप्रथम के प्रष्ट हुनु जरूरी छ भने हाम्रो पार्टीले लामो समयसम्मको अध्ययन र अनुसन्धान पश्चात् र अन्तर्राष्ट्रिय भाइचारा पार्टीका सुझाव र तर्कहरूलाई समेत मध्यनजर गर्दै नेपाली धर्ताीमा मालेमावादको प्रयोगको अहिलेसम्मका अनुभवहरूलाई विचारधारा (Thought) को स्तरसम्म उठिनसकेको तर पार्टी ‘कार्यदिशा’ (Line) भन्दा अघि वढेको ‘विचार श्रृंखला’ (Set of ideas) को रूपमा परिभाषित गर्ने निर्णय गरेको छ र सोही अनुसार सम्मेलनले त्यसलाई अभिव्यक्त गर्न एकमतले मैलिक पदावली ‘प्रचण्डपथ’ (Prachahd Path) को चयन गरेको हो । त्यसैले ‘प्रचण्डपथ’ लाई मालेमावादको समकक्षमा राख्ने वा हिजो प्रयोग गर्ने गरिएको ‘माओविचारधारा’ को स्तरमा बुझ्ने गल्ती गरिनु हुँदैन किनकि हाम्रो पार्टी र निर्णय किमार्थ त्यसो होइन, र कुनैपनि वस्तुको अवमूल्यन र अतिरञ्जना दुबै बेठीक कुरा हुन् ।
निश्चितरूपमा नेपालमा गत एकदशक यता एकीकृत क्रान्तिकारी पार्टीको निर्माण गर्ने र त्यसलाई व्यवहारमा जनयुद्धको तयारी र थालनी गर्ने र पाँच वर्षसम्म त्यसलाई निरन्तरता दिएर आधारइलाका निर्माणको वर्तमान स्तरसम्म पुर्‍याउने क्रममा एउटा विशिष्ठ क्रान्तिकारी विचार श्रृंखलाको उद्घाटन भएको छ र त्यसलाई ठीकसँग संश्लेषित गरेर मात्र क्रान्तिलाई नयाँँ गुणात्मक उचाईतिर डोर्‍याउन सकिनेछ । त्यसअर्थमा त्यो विचार श्रृंखालाको विशिष्ट (Particular) चरित्र रहेको कुरामा कसैको कुनै विमति रहने छैन । त्यो भन्दा अगाडि बढेर के पनि निर्धक्कसाथ भन्न सकिन्छ भने खासगरी क.माओको निधन पश्चात् क्रान्तिकारी कम्युनिस्ट अन्दोलनले विश्वव्यापीरूपमा  धक्का खाएको स्थिति र अझै पेरूमा क.गोञ्जालोको गिरÏतारीपछि त्यहाँँको विकासोन्मुख क्रान्तिमा समेत मन्दता छाएको पृष्ठभूमिमा सन् १९९६ बाट सुरू भएको नेपाली जनयुद्धका अहिलेसम्मका सफल अनुभवहरूको एक हदसम्म विश्वव्यापी र सार्वभौम महत्व रहने कुरा स्वत:स्पष्ट छ । त्यसैले हाम्रो अहिलेको विचार संश्लेषणको सार्वभौम (Universal) पक्ष पनि रहेको र त्यो मूलत: मालेमावाद अन्तर्गतकै विकास हुँदाहुँदै पनि त्यसले कतिपय अंशहरूमा मालेमावादलाई समृद्ध (Enrich) समेत गरेको स्वीकार्नु पर्ने हुन्छ । यसरी ‘प्रचण्डपथ’ ले मालेमावादलाई समृद्ध गरेको, त्यो मालेमावाद अन्तर्गतकै विकास भएको र त्यो मालेमावादको समकक्षीय सार्वभौम विचार नभएर त्यो दिशातिर उन्मुख विशिष्ट विचार श्रृंखला भएको सुस्पष्ट हुन्छ ।
जहाँसम्म यो विचार श्रृंखलालाई अहिले नै पार्टी अध्यक्ष क. प्रचण्डको नाउँमा मूर्तिकरण गरिएको कुरा छ, त्यसलाई पनि अधिभूतवादी ढंगले होइन कि भौतिकवादी द्वन्दवादी ढंगले बुझ्नु जरूरी छ । ‘प्रचण्डपथ’ पदावली प्रयोगलाई सम्मेलनले ‘सामूहिक नेतृत्वको केन्द्रीकृत’ भनी परिभाषित गर्नुले त्यसको वैज्ञानिकता स्वत: स्थापित र पुष्टि हुन्छ । एकीकृत क्रान्तिकारी पार्टीको निर्माणकालदेखि नै पार्टी वर्गसंघर्ष र अन्तरसंघर्षको अविछिन्न र कुशल नेतृत्व गर्दै आइरहनु भएको कारणले यो विचार संश्लेषण अध्यक्ष क. प्रचण्डमा मूर्तिकरण बिलकुल स्वाभाविक मात्र नभएर अनिवार्य र स्वयंसिद्ध कुरा हो । किनकि कुनै वैज्ञानिक आविष्कार कतिपय वैज्ञानिकहरू सम्मिलित सामुहिक प्रयात्नको प्रतिफल हुँदाहुँदै पनि त्यसको नामाकरण टोली नेता मुख्य वैज्ञानिकको नाउँबाट हुने गरेझंै यहाँ ँँँँँपनि हजारौं शहिद, लाखौं कार्यकर्ता र सयौं नेतृत्वहरूको सामुहिक प्रयत्नबाट नेपाली क्रान्तिको विशिष्ट विचार श्रृंखलाको नामाकरण त्यसमा प्रमुख भूमिका निर्वाह गर्ने जनयुद्धका सर्वोच्च कमाण्डर र मालेमावादका  कुशल प्रयोगकर्ता क. प्रचण्डको नामबाट हुनु एउटा अवश्यंभावी कुरा हो । स्मरणरहोस् हाम्रो पार्टीले ‘प्रचण्डपथ’ लाई चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४५ मा संश्लेषित गरेको ‘माओ विचारधारा’ को समकक्षमा राख्ने धृष्टता गरेको छैन र साथै हामीले पेरूमा समय अगावै ‘गोञ्जालो विचारधारा’ भनिनु पनि गलत थियो भन्ने मान्यता राख्दै आएका छौं । त्यसैले  ‘प्रचण्डपथ’ लाई कहीं कसैको अन्धानुकरण भनेर लाञ्छित गर्न खोज्नेहरूको दिवालियापन स्वत: स्पष्ट छ । बरू जनयुद्धको रूपमा विकसित भीषण वर्गसंघर्ष र त्यसैको प्रतिविम्ब स्वरूप पैदा भएको उत्तिकै भीषण अन्तरसंघर्षको प्रयोगशालामा संश्लेषित विचारश्रृंखलालाई ‘प्रचण्डपथ’ को रूपमा ग्रहण गर्न आनाकानी गर्नु पिछडिएको रूढिवादी चेतनाको प्रतिक मात्र हुन्छ भन्ने कुरा सबै इमान्दार क्रान्तिकारीहरूले बेलैमा बुझ्नु जरूरी छ । प्रतिक्रियावादी र विभिन्नखाले अवसरवादीहरूले चाहिं उनीहरूको वर्गस्वार्थ अनुरूप ‘प्रचण्डपथ’ लाई कहिल्यै स्वीकार्न नसक्नु स्वाभाविक हुन्छ र त्यसबारे क्रान्तिकारीहरूले टाउको दुखाउनु कुनै खाँचो छैन ।

माक्र्सवादको सिर्जनशील प्रयोग र विकासको प्रश्न
अहिले प्रचण्डपथको रूपमा संश्लेषित नेपाली धर्तीमा मालेमावादको प्रयोगद्वारा सिर्जित विशिष्ट विचार श्रृंखलाको सबभन्दा महत्वपूर्ण चारित्रिक विशेषता सर्वहारा क्रान्तिको विज्ञान माक्र्सवादलाई सिर्जनात्मक प्रयोगद्वारा निरन्तर विकास गर्दै लैजाने यसको सुस्पष्ट भौतिकवादी द्वन्दवादी विश्वदिृष्टकोण हो । यो सबैलाई ज्ञात भएको कुरा हो कि महान्् कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सद्वारा विश्व इतिहासमा सर्बप्रथम संश्लेषित सर्वहारावादी क्रान्तिको विज्ञान ‘माक्र्सवाद’ लाई वहाँहरूको देहान्तपछि बुझ्ने र लागू गर्ने सन्दर्भमा मुख्यत: तीनवटा धार विश्वमा देखिएका छन् । पहिलो, संशोधनवादी धार, दोस्रो जडसूत्रवादी—संशोधनवादी (Dogmato-revisionist) धार, र तेस्रो सिर्जनशील क्रान्तिकारी माक्र्सवादी धार । वर्नस्टीन, काउत्स्की, खु्रश्चोभ, यूरो कम्युनिस्ट हुँदै नेपालको एमालेसम्मले प्रतिनिधित्व गर्ने पहिलो संशोधनवादी धारले माक्र्सवादका आधारभूत प्रस्थापनाहरू (हेर्नोस, कार्ल माक्र्सले जे . वाइडेमेयेरलाई ५ मार्च १८५२ मा लेख्नु भएको चिठ्ठी) लाई नै ‘पुरानो’ भैसकेको घोषणा गर्दै तिनलाई खुल्लारूपले परित्याग गर्दछ र ‘सिर्जनशील’ हुने नाउँमा एमालेको ‘बहुदलीय जनवाद’ जस्तो बुर्जुवा प्रजातन्त्रको नाङ्गो पक्षपोषण गर्दछ । सोभियत संघ र पूर्वी यूरोपका संशोधनवादी सत्ताहरूको पतनपछि त्यो नाङ्गो संशोधानवादको हावा धेरै मात्रामा फुस्किसकेको भएपनि त्यसको बाह्य रूपमा कम्युनिस्ट आन्दोलनमा अभैंm केही भ्रम दिइरहेको छ ।  तर वैचारिक रूपले अब त्यसलाई परास्त गर्न त्यति गाह्रो छैन । दोस्रो जडसूत्रवादी संशोधनवादीले माक्र्सवादको रूप पक्षलाई मात्र सिद्धान्तनिष्ठताको नाउँमा यान्त्रिक र जडवादी ढंगले पक्रेर त्यसको सारपक्षलाई व्यवहारत: तिलाञ्जली दिन्छ जसको अन्तर्राष्ट्रिय प्रतिनिधि अल्वानियाँँको एनवर होक्जा र नेपाली प्रतिनिधि मोहनविक्रमलाई लिन सकिन्छ । माक्र्सवादी गतिशील विज्ञानलाई एउटा गतिहीन धार्मिक पन्थमा परिणत गरिदिने र क्रान्तिकारी आन्दोलनलाई विसर्जनको स्थितिमा पुर्‍याइदिने यो जडसूत्रवादी—संशोधनवादले न्यून सैद्धान्तिक स्तर भएका कार्यकर्ता र जनसमुदायको एउटा हिस्सालाई लामो समयसम्म भ्रमित पारिरहन सक्छ र आन्तरिक हिसाबले कम्युनिस्ट आन्दोलनमा यसको खतरा धेरै पछिसम्म रहिरहन सक्छ । तेस्रो सिर्जनशील क्रान्तिकारी माक्र्सवादी धारले माक्र्सवादका आधारभूत प्रस्थापनालाई दह्रोसँग पक्रेर तिनलाई बद्लिंदो विश्व परिस्थिति र भिन्न राष्ट्रिय परिवेश अनुरूप सिर्जनशील ढंगले लागू गर्ने र अन्तत: माक्र्सवादी विज्ञानलाई नै समृद्ध पार्ने र नयाँँ उचाइमा विकसित गर्ने कार्य गर्दछ । लेनिन, माओ र वर्तमान विश्वमा ‘रिम’ मा आबद्ध रहेका वा जनयुद्धको प्रक्रियामा संलग्न रहेका कम्युनिस्टहरूलाई यो कोटीमा राख्न सकिन्छ । इतिहासमा पछि फर्केर हेर्ने हो भने पहिलो विश्वयुद्धताका एकातिर संशोधनवाद र अर्कोतिर जडसूत्रवादी संशोधनवादको वैचारिक भासमा फसेको कम्युनिस्ट आन्दोलनलाई लेनिनले अक्टोवर क्रान्ति मार्फत् सिर्जनशील क्रान्तिकारी ढंगले नयाँँँ उचाईमा उठाउनु भएको थियो भने साठी र सत्तरीको दशकमा त्यसरी नै संशोधनवाद र जडसूत्रवादी—संशोधनवादको भासमा फसेको कम्युनिस्ट आन्दोलनलाई माओले महान्् सर्वहारा सांस्कृतिक क्रान्ति मार्फत् नयाँँँ दिशा दिनु भएको थियो । त्यसैको फलस्वरूप ‘माक्र्सवाद’ पहिले ‘माक्र्सवाद—लेनिनवाद र पछि ‘माक्र्सवाद—लेनिनवाद—माओवाद’ मा विकसित भएको थियो र अहिले माओको देहान्तपछि र एक्काइसौं शताब्दीको प्रारम्भको विशिष्ट विश्व परिस्थितिमा ‘रिम’ मा आबद्ध पार्टीहरू र नेकपा(माओवादी) ले सिर्जनशील क्रान्तिकारी मालेमावादको त्यही गौरवमय परम्परालाई अघि बढाउने कोशिस गरिरहेका छन् र प्रचण्डपथ त्यसैको नवीनतम् कडी हो ।
यहाँँनेर ध्यान दिनुपर्ने मुख्य कुरा के हो भने विज्ञान चाहे प्राकृतिक होस् वा सामाजिक त्यसले यो ब्रम्हाण्डका निरन्तर गतिमा रहेका पदार्थ र प्रक्रियाहरूको गतिको नियमको अध्ययन गर्दछ र त्यस हिसाबले विज्ञान स्वयं नै निरन्तर गति र रूपान्तरणमा हुन्छ । जबकि आज प्राकृतिक विज्ञानको क्षेत्रमा समेत स्टेफल हकिङ लगायतका वैज्ञानिकहरू आइन्स्टाइनको सापेक्षताको सिद्धान्त र क्वान्टम यान्त्रिकीको सिद्धान्त
(खासगरी त्यसको ‘अनिश्चितताको सिद्धान्त’) बीच रहेको अन्तरविरोधलाई हल गरेर एकीकृत भौतिक गतिको सिद्धान्त प्रतिपादन गर्ने प्रयासमा लागिरहेका छन् भने निरन्तर परिवर्तशील सामाजिक संसारको गतिको नियमको अध्ययन (वा ‘माक्र्सवाद’) लाई अद्यावधि गर्नुृ सामाजिक विज्ञानको क्षेत्रमा एक अपरिहार्य आवश्यकता हो । समाज विज्ञान वास्तवमा इतिहासको विज्ञान (Science या history) हुनाले त्यसलाई विकास गर्न समयको आवश्यकता अनुसार इतिहासको पुर्नअध्ययन र पुनर्लेखन गरिरहनु पर्दछ र इतिहासका परिघटना र अनुभवहरूबाट सकारात्मक र नकारात्मक शिक्षा लिइरहनु पर्दछ । त्यससन्दर्भमा ने.क.पा. (माओवादी) को यो दोस्रो ऐतिहासिक सम्मेलनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र खासगरी स्टालिनको नेतृत्वमा रहेको कमिन्टर्नका कमिकमजोरीहरूको निर्मम चिरफार गरेर र खासगरी स्टालिनको चिन्तनमा रहेका अभिधूतवादी कमजोरीहरूको माओवादी कोणबाट वस्तुनिष्ठ मूल्याङ्कन गरेर त्यसको विरासत स्वरूप अहिलेको विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलनमा कायम रहन गएका यान्त्रिक भौतिकवादी चिन्तन र जडसूत्रवादी संशोधनवादी कमिकमजोरीहरूलाई सच्चाउने जुन साहासिलो आयाम थपेको छ । साठीको दशकमा चलेको अन्तर्राष्ट्रिय  ‘महान् बहस’ मा भनिए झै स्टालिनको मूल्याङ्कन भनेको लेनिनको मृत्युपछि विश्वको पहिलो सर्वहारा अधिनायकत्वका अनुभवहरूको मूल्याङ्कन हो र  त्यस अर्थमा स्टालिनको मृत्युपछि सर्वहारा राज्यसत्ता र पार्टी भित्रैबाट ख्रुश्चोभ मार्काका प्रतिक्रान्तिकारीहरू जन्मेको परिघटनाको अध्ययनले क्रान्तिपछि प्रतिक्रान्ति रोक्ने सन्दर्भमा विश्वभर कै कम्युनिस्ट क्रान्तिकारीहरूलाई महत्वपूर्ण नकारात्मक शिक्षा प्रदान गर्न सक्छन् । त्यसै सिलसिलामा यो दोस्रो राष्ट्रिय सम्मेलन र त्यसद्वारा संश्लेषित प्रचण्डपथले स्टालिनलाई शतप्रतिशत बेठीक भन्ने ख्रुश्चोभ र शतप्रतिशत ठीक  भन्ने एनवर होक्जाको विपरित स्टालिनलाई सत्तरी प्रतिशत ठीक र तीस प्रतिशत बेठीक भन्ने माओको मूल्याङ्कनलाई अनुशरण गर्ने प्रतिवद्धता जाहेर गरेर एकातिर सर्वहारा अधिनायकत्वको पक्षपोषण गर्ने र अर्कोतिर स्टालिनको पार्टी र सत्ता सम्बन्धी एकमनावादी (Monolithic) अवधारणालाई परित्याग गर्ने जुन ऐतिहासिक कदम चालेको छ, त्यसको युगान्तकारी महत्व स्वत:सिद्ध छ । खासगरी अहिले पाँच वर्षको जनयुद्धको निरन्तरता पश्चात् नेपालमा उल्लेख्य भू–भागमा कायम हुन पुगेका सर्वहारावादी आधार इलाकाहरूको रक्षा र विकासमा यो अवधारणाले ठूलो ऐतिहासिक महत्व राख्ने कुरा सुस्पष्ट छ ।
निश्चित् रूपमा सिर्जनशील क्रान्तिकारी माक्र्सवादको कुरा गर्दा मालेमावादका कुन कुन कुराहरूमा ‘दृढ’ रहने र कुन कुन कुराहरूमा देश  र काल अनुरूप लचिलो वा  ‘सिर्जनशिल’ बन्ने भन्ने कुरामा क्रान्तिकारीहरू एकदम स्पष्ट रहनु जरूरी छ । यस निम्ति क्रन्तिकारी द्वन्दवादलाई दह्रोसँग पत्रंmदै रणनीतिमा दृढ रहने र कार्यनीतिमा लचिलो बन्ने महान् लेनिन र माओका शिक्षा अनुभवहरू नै सिर्जनात्मक माक्र्सवादका सबभन्दा अग्रणी नमुना हुन् भने स्टालिनको तीस प्रतिशत कमजोरीहरू यान्त्रिकता र जडता वा एकमनावादका नकारात्मक उदाहरण हुन भन्ने प्रचण्डपथको स्पष्ट मान्यता हो । परन्तु, नेपालमा भने  स्टालिनलाई हेर्ने खु्रश्चोभ र होक्जाको जुन अघोषित संयुक्त मोर्चाबाट उत्पन्न भएको खिचडी प्रवृत्ति हावी छ, त्यसले कम्युनिस्ट आन्दोलनलाई एकैसाथ संशोधनवाद र जडसूत्रवादको दोहोरो मारमा पर्दै आइरहेको छ । त्यसैलाई स्पष्ट गर्दै दोस्रो राष्ट्रिय सम्मेलनद्वारा पारित प्रस्तावमा भनिएको छ—“नेपाली कम्युनिस्ट आन्दोलन भने खु्रश्चोभी आधुनिक संशोधनवाद र होक्जाको जडसूत्रवादी संशोधनवाद दुबैबाट प्रभावित रहँदै आएको छ । क. स्टालिनका कमजोरीबाट शिक्षा लिन इन्कार गर्ने होक्जावाद र खु्रश्चोभी संशोधनवाद घालमेल भएर नेपालमा विशिष्ट प्रकारको खिचडी संशोधनवाद हावी रहेको छ ।’’ त्यसैले यसमा कुनै आश्चार्य मान्नुपर्ने कुरा छैन कि प्रचण्डपथको निर्णय सम्बन्धी घोषणा मात्रले ख्रुश्चोभपन्थी एमाले र होक्जापन्थी मोहनविक्रम दुबैको निद्रा समानरूपले हरण भएको छ र उनीहरू दुबैले आ—आफ्ना प्रकाशनहरू मार्फत प्रचण्डपथमाथि साझा दुष्प्रचार अभियान मोर्चा खोलेका छन् । यसले त बरू दोस्रो राष्ट्रिय सम्मेलनका निर्णयहरूको वैज्ञानिकता र प्रचण्डपथको सिर्जनशील क्रान्तिकारी माक्र्सवादी धाराकै पुष्टि गर्दछन् । जसमा हामीले गर्व गर्न सिक्नैपर्छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको मूल्यांकन र क्रान्तिकारी पार्टी निर्माणको प्रश्न
वर्तमान विश्वमा कुनै पनि क्रान्तिकारी आन्दोलनमा सर्वहारावर्गको नेतृत्व र त्यस निम्ति सच्चा सर्वहारा अग्रदस्ताको रूपमा कम्युनिस्ट पार्टीको निर्माण केन्द्रीय महत्वका प्रश्न हुन् । ने.क.पा. (माओवादी) को दोस्रो ऐतिहासिक सम्मेलनले नेपाली कम्युनिस्ट आन्दोलनबारे बिलकुल नयाँँ शिराबाट वस्तुनिष्ठ मूल्याङ्कन गरेर क्रान्तिकारी धु्रवीकरणको नयाँँ ढंगले मार्ग प्रशस्त गर्ने जुन काम गरेको छ र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट समेत शिक्षा लिंदै एकमना एकताको सट्टा विपरितहरूको द्वन्दात्मक एकताको आधारमा सच्चा सर्वहारा अग्रदस्ता निर्माण गर्ने जुन अवधारणा अघि सारेको छ, त्यो नवसंश्लेषित विचार श्रृंखला प्रचण्डपथको अर्को महत्वपूर्ण विशेषता बन्न गएको छ । साँच्चै भन्ने हो भने २००६ सालमा नेकपाको गठन र २०४७।२०४८ मा क्रान्तिकारी पार्टी धु्रवीकरण थालनीको रूपमा ‘एकताकेन्द्र’ (पछि  २०५१ मा सम्पन्न तेस्रो विस्तारित बैठक पश्चात् ‘माओवादी’ नामाकरण) को गठन पश्चात् यो दोस्रो राष्ट्रिय सम्मेलनको पार्टी निर्माण सम्बन्धी विश्लेषण ऐतिहासिक कोसेढुंगा भएको सबै सच्चा क्रान्तिकारीहरूले स्वीकार्नै पर्ने हुन्छ ।
प्रचण्डपथमा अन्तरनिहित क्रान्तिकारी पार्टी निर्माण सम्बन्धी मूलभूत अवधारणाहरू के के हुन् त ? सर्बप्रथम स्टालिनको नेतृत्वमा रहेको कोमिन्टर्नको पालादेखि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा हावी रहेको पार्टी सम्बन्धी एकमनावादी ९:यलयष्तिजष्अ० अवधारणाको सट्टापछि माओले मुख्यत: महान्् सर्वहारा सांस्कृतिक क्रान्तिको वेला विकसित गरेको पार्टीलाई विपरितहरूको एकत्वको अर्थमा ग्रहण गर्ने द्वन्दवादी अवधारणालाई दह्रोसँग पक्रेर र स्थापित गर्ने काम प्रचण्डपथले गरेको छ । पार्टीभित्र व्यापक जनवादाको आधारमा बलियो केन्द्रीयताको निर्माण र केन्द्रीयताको मार्गनिर्देशनमा निरन्तर जनवादको अभ्यास गर्ने जनवादी केन्द्रीयता सम्बन्धी लेनिनवादी र माओवादी बुझाईलाई संस्थागत गर्ने कामले गुटवाद र फूटवादको परम्परालाई अन्त्य गर्ने र एकीकृत तथा कन्द्रीकृत पार्टीको निर्माण गर्ने मार्ग प्रशस्त गरेको छ ।
दोस्रो कुरा, २००६ सालमा पार्टीको गठन, त्यसपछि बीचमा विभिन्न प्रवृत्तिहरूबीच टक्कराहट र पार्टीमा टुटफुट र पछि ‘माओवादी’ को गठन र जनयुद्धको थालनीसँगै नयाँँँ ढंगले धु्रवीकरणको प्रक्रियालाई एकता—संघर्ष—रूपान्तरण वा वाद—विवाद—संवाद वा निषेधको निषेधका रूपमा पार्टी इतिहासको व्याख्याले पार्टीलाई नयाँँँ आधारमा एकतावद्ध गर्दै लैजाने संभावनाको ढोका खोलेको छ । यसले विभिन्न गुट, उपगुटहरूलाई पार्टी ठान्ने सोचको पनि अन्त्य गरिएको छ ।
तेस्रो कुरा, पार्टीका संस्थापक सदस्य तथा पहिलो पिंढीका मुख्य नेता पुष्पलाललाई हिजोको ‘गद्दार’ वा ‘दक्षिणपन्थी अवसरवादी’ को सट्टा ‘इमान्दार कम्युनिस्ट नेता’ को रूपमा पुनस्र्थापन गर्ने काम गरेर इतिहासमाथि न्याय गर्ने र पार्टीको क्रान्तिकारी इतिहासका कडीहरूलाई जोड्ने महत्वपूर्ण काम भएको छ ।
चौथो कुरा र एकीकृत पार्टी निर्माण सम्बनधी सम्भवत: सबभन्दा महत्वपूर्ण कुरा, २०१९ सालको तेस्रो महाधिवेशन पश्चात् विभिन्न चिरामा टुक्रिएका कुनैपनि समूहलाई पार्टीको मूलरूपमा स्वीकार्न इनकार गरेर र २०२५ सालपछि पार्टी एकीकरण निम्ति पुष्पलालले गरेको पहिलो प्रयास, केन्द्रीय न्यूक्लसले गरेको दोस्रो प्रयास र झापा आन्दोलनले गरेको तेस्रो प्रयासमध्ये ती तीनवटै धार त्यतिवेलै एकीकृत हुनुपर्दथ्यो भन्ने मान्यता अघि सारेर यो दोस्रो राष्ट्रिय सम्मेलनले पार्टीको क्रान्तिकारी एकीकरण निम्ति नयाँँँ ढोका खोलेको छ । त्यसको साथै ती तीन धारमध्ये झापा आन्दोलनको धार सबभन्दा क्रान्तिकारी र सही रहेको तथा केन्द्रीय न्यूक्लसको धार सबभन्दा  समस्यामूलक र बेठीक भएको वस्तुनिष्ठ किटान गरेर इतिहासका गल्तीहरूलाई सच्याउने तथा नयाँँँ एकता कायम गर्ने मार्ग प्रशस्त गरेको छ । यसको आलोचना गर्दै मोहनविक्रमले अघि सारेको तर्क कि एकातिर केन्द्रीय न्यूक्लसको आलोचना गर्ने र अर्कोतिर ऊ समेत तीनवटै पक्षबीच पार्टी एकता हुनुपर्दथ्यो भन्ने कुरा ठीक होइन भन्ने यसअर्थमा बिल्कूल गलत हो कि त्यो विचारले उही पुरानै पार्टी सम्बन्धी एकमनावादी सोच अभिव्यक्त गदर्छ । जसलाई इतिहासले गलत सावित गरिसकेको छ । त्यतिवेला माओ र महान्् सर्वहारा सांस्कृतिक क्रान्ति समेत रहिरहेको अन्तर्राष्ट्रिय परिवेशमा मूल रूपमा एउटै राजनैतिक र वैचारिक अडान भएका पक्षहरूबीच पार्टी एकता हुनुपर्दथ्यो भन्नु बिलकुल सही र सिद्धान्तनिष्ठ कुरा हो ।
पाँचौ कुरा, यो दोस्रो राष्ट्रिय सम्मेलनले हिजोका ‘चौथो’ र ‘पाँचौ’ महाधिवेशनहरूको निर्मम चिरफार गरेर तिनलाई राजनैतिक वैचारिक रूपले मूलत: अवसरवादी र सांगठनिकरूपले एउटा ‘समूह’ मात्र करार गरेको छ र ‘एकता केन्द्र’ को गठन पश्चात् मात्रै सच्चा पार्टी पुनर्निर्माणको प्रक्रिया सुरू भएको स्वीकारेको छ । साथै पार्टी एकतालाई हेर्ने संकीर्ण गुटवादी दृष्टिकोणमाथि तीव्र प्रहार गर्दै प्रतिवेदनमा भनिएको छ—“माक्र्सवाद —लेनिनवाद—माओवादका शिक्षा र पार्टी इतिहासका अनुभवबाट हामीलाई यो शिक्षा मिल्दछ कि क. प्रचण्डको नेतृत्वमा एकदशक अगाडि सम्पन्न गरिएको पार्टी एकताले नेपाली कम्युनिस्ट आन्दोलनका कुनै पूर्व समूहहरूको जोड घटाउ, फेरबदल वा रूप परिवर्तनको होइन वस्तुत: क्रान्तिको दिशामा एउटा महान् फड्को तथा नितान्त नयाँँ प्रक्रियाको सुरूवातलाई व्यक्त गर्दछ । क.प्रचण्डको नेतृत्वमा एकता महाधिवेशनमा पारित वैचारिक एवं राजनैतिक कार्यदिशा चौथो, पाँचौ महाधिवेशन वा त्यस अन्तर्गत कुनै समूह विशेषको विकासको स्वाभाविक परिणाम नभएर यथार्थमा त्यो तिनीहरूमा बिद्यमान सारसँग्रहवादी छद्म संशोधनवादका  विरूद्ध क्रान्तिकारीहरूले चलाएको लामो संघर्षको सम्बन्ध विच्छेदनको परिणाम हो । ’’
छैठौं कुरा, पार्टीलाई सर्वहारा अग्रदस्ताको रूपमा नयाँँ जनवादी र समाजवादी क्रान्ति पश्चात् सांस्कृतिक क्रान्ति (वा निरन्तर क्रान्ति) हुँदै अन्तत: साम्यवादमा पुगेर आफै विलोप हुने साधनको रूपमा संगठित गर्न निरन्तर शुद्धीकरण अभियान संचालन गर्ने (तत्काल केन्द्रीय नेतृत्वको व्यक्तिगत सम्पत्ति र परिवारको कम्युनिकरण गर्ने), महान्् सर्वहारा सांस्कृतिक क्रान्तिकालमा विकसित भएको अवधारणा अनुरूप क्रान्तिकारी उत्तराधिकारीहरूको अनन्त श्रृंखला तयार गरिरहने, आदि विधि तय गरिएको छ ।

क्रान्तिको फौजी कार्यदिशा सम्बन्धी प्रश्न
दोस्रो राष्ट्रिय सम्मेलनद्वारा संश्लेषित विचार श्रृंखाला—प्रचण्डपथको सिर्जनात्मक माक्र्सवादको दिशामा अर्को महत्वपूर्ण कदम क्रान्तिको फौजी कार्यदिशा सम्बन्धी प्रश्नमा भएको विकास हो । आजसम्म विश्वसर्वहारा वर्गले दुई भिन्न परिस्थिति र क्रान्तिको चरण निम्ति विकास गरिएको फौजी कार्यदिशाको मोडेल भनेको विकसित पूँजीवादी देशमा हुने समाजवादी क्रान्ति सशस्त्र आमविद्रोहको मोडेल (वा रूसी मोडेल) र अल्पविकसित र अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक देशमा हुने नयाँँँ जनवादी (वा राष्ट्रिय जनवादी) क्रान्तिको निम्ति दीर्घकालीन जनयुद्धको मोडेल (वा चिनियाँ मोडेल) हो । परन्तु, साम्राज्यवादको कथित भूमण्डलीकरणको वर्तमान चरण र संचार प्रविधिको विकास वर्तमान विश्व परिस्थितिमा ती दुई फौजी कार्यदिशाको बीचमा मूलभूत नभए पनि केही महत्वपूर्ण परिवर्तनहरू आउनु स्वाभाविक भएको छ । यसबारे प्रष्ट गर्दै सम्मेलनद्वारा पारित दस्तावेजमा भनिएको छ— “यो कुरामा कुनै भ्रम हुनु हुँदैन कि, आधारभूतरूपले आजपनि विकसित साम्राज्यवादी मुलुकहरूका  निम्ति आमविद्रोह र तेस्रो विश्वका उत्पीडित देशहरूका लागि दीर्घकालीन जनयुद्धको बाटो अवलम्वन गर्नु अनिवार्य छ, तर विश्व परिस्थितिमा आएको.. परिवर्तनले दीर्घकालीन जनयुद्धमा आमविद्रोह र आम विद्रोहमा दीर्घकालीन जनयुद्धका विशेषताहरू एक अर्कामा घनिष्ठरूपले जोडिने र जोड्नै पर्ने स्थिति सिर्जना गरेको छ । आज तेस्रो विश्वका कुनै पनि देशमा विकासको उपरोक्त अवस्थाका कारण सशस्त्र विद्रोहका कैयौं विशेषताहरूलाई प्रारम्भदेखि नै अवलम्वन नगरी गाँउबाट शहर घेर्ने र आधारइलाकाको विकास गर्ने दीर्घकालीन जनयुद्धको रणनीतिलाई सफलतापूर्वक अग्रगति दिन असम्भव प्राय: बन्न गएको छ ।’’
यसरी दीर्घकालीन जनयुद्धको कार्यादिशाभित्र सशस्त्र विद्रोहको रणनीतिका कतिपय विशेषताहरूलाई सुरूदेखि नै समाहित गरेर लैजानु पर्ने कुरा उल्लेखनीय भएर आउँछ । परन्तु, यसैलाई लिएर हामीले क्रान्तिको रणनीति बदलेको वा बदल्न खोजेको हो कि भनेर कतिपय वृत्तमा उठाइएका जिज्ञासाहरूमा भने कुनै आधार छैन । फेरी यो कुरा हाम्रो पार्टीले अहिले मात्र आएर भनेको पनि होइन । २०४८ सालमा सम्पन्न एकता महाधिवेशनद्वारा पारित कार्यदिशामा नै यो कुराको यथेष्ट झल्को मिल्छ । भलै यो अवधारणलाई गत पाँच वर्षको सफल जनयुद्धको अनुभवले थप पुष्टि गरिदिएको होस् र यो दोस्रो राष्ट्रिय सम्मेलनले स्पष्ट भाषामा संश्लेषण गरेको होस् ।
आखिर दीर्घकालीन जनयुद्धभित्र सशस्त्र विद्रोहका विशेषताहरूलाई समाहित गर्ने भनेको के हो त ? यसमा मूलत: दुई पक्ष छन् । एउटा हो, जनयुद्धको सुरूवातदेखि नै सशस्त्र विद्रोहका कतिपय कार्यनीतिहरूलाई अपनाउँदै जाने कुरा २०५२ फागुन १ गते जनयुद्धको थालनी एउटा देशव्यापी विद्रोहात्मक तरिकाले गरिनु पर्ने त्यसको एउटा रूप हो । साथै नेपाल जस्तो भारत—परिवेष्ठित सानो देशमा चीनमा झंै एउटा मात्र  ‘चिङकाङसाङ’ (वा आधारइलाका) बाट सुरू गर्नु भन्दा एक भन्दा बढी  ‘चिङकाङसाङ’ बनाउने तरिकाले सुरू गर्नु र सोही अनुसार क्षेत्र विभाजन र शक्ति विन्यास गर्नु पनि त्यसैको अर्को रूप हो । त्यसबारे सुरूदेखि नै शहरिया क्षेत्रमा समेत प्रचारात्मक गतिविधिहरू गर्नु, प्रतिक्रियावादी सत्ताको केन्द्रमा निरन्तर हस्तक्षेप गर्ने प्रयास गरिरहनु आदि यसै दिशातिर उन्मुख कदमहरू हुन् । अर्को पक्ष हो, दीर्घकालीन जनयुद्धका तीनवटा रणनीतिक चरणमध्ये पहिलो चरण रक्षाको चरणमा आधारइलाकाहरूको निर्माण पश्चात् दोस्रो रणनैतिक सन्तुलनको चरण र तेस्रो रणनैतिक आक्रमणको चरण सापेक्षिकरूपले तीव्र, छिटो र विद्रोहात्मक बन्ने कुरा खासगरी पेरूले खाएको धक्काको अनुभवको आधारमा यो परिकल्पना गर्न सकिन्छ भने हाम्रो आÏनै देशमा भैरहेको जनयुद्धको विकासको सापेक्षित तीव्रताले पनि हामीलाई अन्तिम विद्रोहको तयारी पनि छिटो गर्नु पर्ने कुराको संकेत गर्दछ ।
– दिशाबोध मासिक, २०५७ चैत

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us