प्रचण्ड रिसाएलगत्तै किन गरे सुशीलले वैद्यलाई फोन ?

काठमाण्डु टुडे २०७१ भदौ ८ गते १४:०५ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– प्रधानमन्त्री सुशील कोइरालाले एकीकृत माओवादीले प्रमुख तीन दलको बैठक बहिस्कार गरे लगत्तै नेकपा–माओवादीसँग वार्ता sushil-baidhyaगर्न चाहेका छन् ।
उनले आइतबार माओवादी अध्यक्ष मोहन वैद्यलाई टेलिफोन गरी वार्तामा आउन आग्रह गरेका हुन् । एकीकृत माओवादीले चार बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै वार्ता बहिस्कार गरेलगत्तै कोइरालाले वैद्यलाई टेलिफोन गरेका हुन् ।

तर वैद्यले आफू कार्यकर्ता प्रशिक्षणका लागि पाल्पा आएकाले आइतबार भेट्न नसक्ने बताए । उनले आफ्नो विकल्पमा रामबहादुर थापा वा सीपी गजुरेललाई पठाउने प्रस्ताव राखे पनि प्रधानमन्त्री कोइरालाले त्यसलाई अस्वीकार गरेका छन् ।

‘प्रधानमन्त्रीजीले मलाई आजै (आइतबार) तीन बजे छलफलका लागि बालुवाटार आउनुपर्‍यो भन्नुभएको थियो’, वैद्यले काठमाण्डु टुडेसँग भने, ‘म पाल्पा छु, अरु साथी पठाउँछु भन्दा मान्नुभएन ।’
वैद्यले प्रधानमन्त्रीसँग सोमबार वा मंगलबारसम्ममा वार्ता हुने जानकारी दिए । प्रमुख तीन दलसँग वार्तामा बस्न अस्वीकार गरेको वैद्य माओवादी प्रधानमन्त्रीसँग भने वार्ता गर्न तयार भएको छ ।

सरकार र काँग्रेस, एमाले तथा एमाओवादीले वैद्य माओवादीसहित  संविधानसभाबाहिर रहेका दललाई संविधान निर्माण प्रंक्रियामा सहभागी गराउने भन्दै वार्तामा बोलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us