विप्लवकी भतिजीले किन खाइन भाइसँगै विष ?

काठमाण्डु टुडे २०७१ भदौ ८ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दका कान्छा छोरा १६ वर्षीय नरेन्द्र र उनका दाजु जयन्द्रकी छोरी १७ वर्षीया मञ्जुले manjuशनिबार साँझ घरमा कोही नभएका बेला विष सेवन गरे ।

चावहिल मैजुबहालस्थित चन्दको डेरामा विष सेवन गरेर छट्पटिइरहेको अवस्थामा छिमेकीले उद्धार गरेर ओम अस्पताल पुर्याए । परिवारले सुरुमा मास्क लगाएर आएका तीन अज्ञात व्यक्तिले उनीहरुलाई जवर्जजस्ती विष खुवाएर भागेको दाबी गर्यो ।

तर प्रहरीले चन्दको डेरामा उनीहरुको सुसाइड नोट फेला पारेपछि विष खुवाइएको भन्दै दाबी असत्य प्रमाणित भयो । उनीहरु दुवैको चावहिलस्थित ओम अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

सुरुमा अचेत अवस्थामा रहेका उनीहरु दुवै होसमा आइसकेका छन् ।

ललितपुरको कुसुन्तीमा परिवारसँगै बस्ने मञ्जु शनिबार मात्र काकाको डेरा चाबहिल गएकी थिइन् । विष सेवन गर्दा डेरामा भाई नरेन्द्र र उनी मात्र थिए । उमेरले एक वर्ष फरक भएका उनीहरु आपसमा एकदमै मिल्थे । नरेन्द्रसँगै उनले पनि किन विष सेवन गरिन् ? यो आश्चर्य र आशंकाको विषय भएको छ । नेपाली समाजमा दिदीभाईको सम्बन्धलाई पवित्र सम्बन्धका रुपमा लिइन्छ ।

तर, प्रेमी प्रमिकाले जसरी सँगै विष सेवन गरेका कारण अनुसन्धानमा संलग्न प्रहरीसमेत अल्मलिएको छ । ‘प्रेमीप्रेमिका भनौं दिदीभाईको सम्बन्धलाई त्यसरी सोच्दा पनि पाप लाग्छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘उनीहरुले सँगै विष खानुपर्ने कुनै कारण नै देखिंदैन, यस्तो घटना पहिलोपटक देखियो ।’

स्रोतका अनुसार चन्द परिवारले पनि त्यसको कारण खोजी गरिरहेको छ । चन्दका एक सहयोगीका अनुसार उनीहरु दुवैले सल्लाहमै विष सेवन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us