विष पिएका विप्लवका छोरा र भतिजी भेट्न ओम अस्पताल पुगे प्रचण्ड

काठमाण्डु टुडे २०७१ भदौ ९ गते १३:२५ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आत्महत्या प्रयासमा विष सेवन गरेका नेकपा–माओवादीका prachandaसचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा र भतिजीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रचण्ड पत्नी सीताका साथ सोमबार साँझ उनीहरुले उपचार गराइरहेको चाबहिलस्थित ओम अस्पताल पुगेका थिए । विप्लवका छोरा १६ वर्षीय नरेन्द्र र भतिजी १७ वर्षीया मञ्जुले शनिबार साँझ चाबहिल मैजुबहालस्थित डेरामा आत्महत्या प्रयास स्वरुप विष सेवन गरेका थिए ।

प्रचण्डलाई छोरा र भतिजीको रेखदेख गरिरहेका विप्लबले अस्पतालको गुटबाट आईसीयुसम्म लगेका थिए । लाजिम्पाट स्रोतका अुनसार प्रचण्डले नरेन्द्रलाई ‘मलाई चिन्छौ ?’ भनेका थिए । जवाफमा उनले ‘चिन्छु प्रचण्ड कमरेड’ भने ।

मञ्जुले भने प्रचण्डलाई ‘प्रचण्ड अंकल’ भनेर सम्बाेधन गरेकी थिइन् । विप्लवसँग पारिवारिकबाहेक राजनीतिक कुरा नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । ‘अध्यक्षले नरेन्द्र र मञ्जुको स्वास्थ्य अवस्था बुझ्नुभयो’, प्रचण्डको सचिवायलका एक सदस्यले काठमाण्डु टुडेसँग भने, ‘विप्लवसँग राजनीतिक विषयमा कुरा भएन, पारिवारिक कुरा मात्र भयो ।’

उनका अनुसार प्रचण्डले विप्लवलाई केही समस्या परे सहयोगका लागि तयार रहेको भन्दै आफूलाई भन्न आग्रह गरेका थिए । विप्लवले छोरा र भतिजीको अवस्था सामान्य रहेको जानकारी प्रचण्डलाई गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us