विवाहमण्डपमै बेहुलीले चप्पलै चप्पलले हानिन् बेहुलालाई

काठमाण्डु टुडे २०७१ भदौ १० गते ६:११ मा प्रकाशित

काठमाण्डु – बाजागाजासहित जन्तीको लस्कर लिएर दुलही लिन गएका दुलाहाले चप्पलको झटारो खाएका छन् ।

marriageदोश्रो विवाह गर्न लागेका ती दुलाहालाई पहिली श्रीमतीले विवाहमण्डपमा नै चप्पल हानेर बेइज्जत गरेकी हुन् । भारतको एक शहरमा घटेको सो घटनापछि दुलाहा मण्डप छोडेर भागेका थिए ।

साजिदले तबस्सुमसँग आठ वर्ष पहिले विवाह गरेका थिए । उनीहरुको एक छोरोसमेत छ । दुबैले सामान्य नोकरी गर्दै दैनिकी धानीरहेका थिए । छोराको स्वास्थ्य खराब भएपछि साजिद बाहिर हिडेका थिए ।

अचानक तबस्सुमले पतिले दोश्रो विवाह गर्दै छ भन्ने थाहा पाई छोरो र परिवारजनको साथमा मण्डप पुगेकी थिइन् ।

उनले प्रहरीलाई दुलाहा बनेर ठाँटिएर बसेको देखेपछि सहन नसकेर उसलाई चप्पलले हानेको बताएकी छिन् । बेहुला मण्डप छोडेर भागेपछि बेहुली पक्षले तबस्सुमको परिवारसँग झगडा गरेको थियो । बेहुलाको आमा र भाउजुलाई कोठामा थुनेर राखेको थियो ।

घटनालगत्तै प्रहरी आईपुगेपछि उनीहरुलाई छुटाएर लगेको स्थानीयले बताएका छन् । प्रहरी सो घटनाको छानबीन गरिरहेको छ । कारण पत्ता लागेपछि कारवाही गरिने पनि बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us