चरीको फसेको पैसामा खुश्बुदेखि कस–कसको आँखा ?

काठमाण्डु टुडे २०७१ भदौ ११ गते ४:२७ मा प्रकाशित

काठमाण्डु, ११ भदौ– आपराधिक सञ्जालका एक नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरीसँगको फेक मुठभेडमा मारिएपछि उनका फसेका पैसाहरुको खोजी सुरु भएको छ ।
chariआफूलाई चरीको प्रेमीका दाबी गर्ने खुश्वु ओलीदेखि धादिङे विश्वनाथ कँडेलसम्म पैसा खोजीको लहरोमा छन् । अनियमित कर्जा प्रवाहका कारण डुबेर उक्सिदैँ रहेको गोर्खा विकास बैंकले धादिङको त्रिपुरेश्वर गाविस, खहरेस्थित आँखुखोला जलविद्युत्त आयोजनामा लगानी गरेको थियो ।

सल्यानटार नजिकै रहेको सात मेगावट क्षमताको उक्त परियोजनाबाट विद्युत उत्पादन सुरु भएको एक वर्ष भयो । त्यहाँ दरवारमार्गस्थित साङलो होटलका मालिक काजी शेर्पाको पनि संलग्नता छ । कुल एक अर्ब लगानीको परियोजना हो त्यो । जतिबेला अनियमित कर्जा प्रवाहका कारण गोर्खाका सञ्चालक डीबी बम्जन चरम संकटमा थिए, त्यतिबेला चरीले उद्धार गरेका रहेछन् ।

उक्त बैंकबाट एकचोटि २० करोड कर्जा स्वीकृत हुँदा त्यसका एकजना सञ्चालक विश्वनाथ कँडेलप्रति अविश्वास भएर रोकिएको थियो । विश्वनाथ कुनैबेला मलेखुमा माटोको हाँडी र गाग्रो पसल चलाउँथे । अहिले बबरमहलमा विशाल महलसहित २१ करोडका मालिक छन् । विष्णु पौडेल जलस्रोत मन्त्री हुँदा विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक हुने दौडमा थिए ।

‘चरी’ ले यीनैमार्फत त्यो परियोजनामा ६ करोड चलाउन दिएका थिए । त्यसबापत विश्वनाथले चरीलाई पकेटखर्च महिनामा डेढ लाख दिन्थे । कँडेल चरीको सबै धन्दामा माहिर मानिन्छन् ।

पैसाको कुरा न पर्यो, चरी मारिएपछि विश्वनाथ अहिले त्यो पैसा पचाउन जोडतोडसँग लागेका छन् । तर आफूलाई प्रेमिका दाबी गर्ने खुश्वु भने त्योलगायत चरीका कुनै पनि लगानी अरुको हातमा पर्न नदिन उत्तिकै सक्रिय छन्

जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us