पुस्तकमा अतिरञ्जित कुरा लेखेकाे भन्दै पाठकले घेरे कटवाललाई

काठमाण्डु टुडे २०७१ भदौ १४ गते १५:४७ मा प्रकाशित

कास्की, १४ भदौ– पूर्वप्रधानसेनापति रुक्माङगद कटवालले आफ्नो पुस्तकमा कतै प्रशंसा नपस्किएको दाबी गरेका छन् ।
katwalर्यासडम रिर्डस अफ सोसाइटीले शनिबार पोखरामा गरेको साक्षात्कारमा उनले आफूले भोगेका र देखेका विषय पुस्तकमा समेटेको बताए ।

‘पुस्तकमा मैले आफनो प्रंशसा होइन, आफ्नै कथा पस्केको हुँ’, उनले भने, ‘अतिरञ्जित तवरले  कोरा कल्पना पुस्तकमा लेखिएको होइन ।’ उनले आफ्नो पुस्तकलाई नराम्रो ठान्नेलाई आफूले कालो ठानेको मान्छेलाई आफ्नै श्रीमतीले कृष्ण ठान्छिन् भने म के गरुँ ? भन्ने प्रश्न गरे ।

कार्यक्रममा पाठहरुले पुस्तकमा बनावटी र अतिरञ्जित कुरा समेटिएको भन्दै प्रश्नै प्रश्नको चाङ तेस्र्याएका थिए । उनले आफूले सही कुरा लेखेको दाबी त गरे, तर उनको जवाफबाट कोही सन्तुष्ट हुन भने सकेनन् ।

कटवालले आफू राजसंस्थाको नभई नेपाली जनताको मान्छे भएको दाबी गरे । उनले गिरिजाप्रसाद कोइराला र एकीकृत माओवादी नेता बाबुराम भट्टराई कुनै न कुनै प्रकारको राजतन्त्र राख्न सहमत भएको दाबी गरे ।

राजाको खुट्टामा दाम चढाउने नेताहरुले आफूमाथि राजावादीको आरोप लगाउन नमिल्ने तर्क उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us