यस्ता छन् विश्वका आठ आश्चर्यजनक कीर्तिमान

काठमाण्डु टुडे २०७१ भदौ १५ गते १४:३८ मा प्रकाशित

काठमाण्डु– विश्वमा हरेक दिनजसो नयाँनयाँ कीर्तिमान कायम हुन्छन् र पूराना कीर्तिमान  तोडिन्छन् । हिम्मतीहरु ज्यान जोखिममा राखेर पनि रेकर्ड कायम गर्न कस्सिन्छन् । यहाँ गिनिज बुक अफ दि ओल्र्ड रेकर्डमा पछिल्लो पटक नाम समावेश गर्न सफल केही कीर्तिमानहरु
तस्वीरसहित प्रस्तुत गरिएको छ ।

१. सबैभन्दा मोटा पाखुरा: अमेरिकाका मुस्ताफा इस्माइल विश्वमा सबैभन्दा सुगठित वा मोटा पाखुरा अर्थात् बाइसेप हुने व्यक्ति बनेका छन् । यी २४ वर्षे पहलमानका पाखुराको गोलाई ३१ इन्च छ । उनले १० वर्षको अथक प्रयासपछि यस्ता पाखुरा बनाएका हुन् । उनका यी पाखुरा सामान्य मान्छेको टाउकोको गोलाइभन्दा ठूला छन् ।

1

 

 

 

 

 

 

 

२. सबैभन्दा वजनदार खेलाडी:  बेलायतकी सुमो रेसलर शरान अलेक्जेन्डर विश्वको सबैभन्दा वजनदार खेलाडी हुन् । उनको तौल २०३. २१ किलोग्राम छ ।

2

 

 

 

 

 

 

 

 

३. विश्वको सबैभन्दा अग्लो घोडा: बेल्जियन प्रजातिको बिग जेक नामको यो घोडा ७ फिट अग्लो छ । अमेरिकाको विस्कन्सिनमा रहेको यो घोडा ९ वर्षको छ ।

3

 

 

 

 

 

 

 

 

४. सबैभन्दा होँचो बाच्छो: उत्तरी आयरल्याण्डको एन्ट्रिममा रहेको आर्की नामको यो कालो बाच्छोको उमेर २९ वर्ष हो भने यसको उचाइ जम्मा ३० इन्च मात्र छ ।

4

 

 

 

 

 

 

 

५. सबैभन्दा अग्लो कुकुर:अमेरिकाको मिचिगनस्थित डेनिज डुर्लागले पालेको ग्रेट डेन जियस नामको यो कुकुर ७ फिट ४ इन्च अग्लो छ । ३ वर्षको यो कुकुर विश्वको सबैभन्दा अग्लो कुकुर हो ।

5

 

 

 

 

 

 

 

 
६. सबैभन्दा धेरै गुडिया संकलन गरेर जर्मनीकी बेटिना डोर्फम्यानले कीर्तिमान कायम गरेकी छिन् । ५२ वर्षे यी महिलाले सन् १९९३ यता १५ हजार गुडिया किनेर घरमा थुपारेकी छन् । ती खेलौनाले एउटा कोठा पूरै भरिएको छ ।

6

 

 

 

 

 

 

 

 

 

 

 
७. जापानका हेयर डिजाइनर काजुहिरो वातातावेले सबैभन्दा लामो तिखे कपाल बनाएर कीर्तिमान कायम गरेका छन् । जेल लगाएर ठाडो पारिएको उनको कपाल ३ फिट ८ इन्च अग्लो छ ।

7

 

 

 

 

 

 

 

 

 

 
८. सबैभन्दा तीव्र गतिको भेँडा:जिप्पी लाम्बर्गिनी नामको यो बेलायती भेँडाले अहिलेसम्म दौडेका १७९ दौडमध्ये १६५ दौड जितेको छ ।

8

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us