भेटियो ३ हजार वर्ष पूरानो तलबार

काठमाण्डु टुडे २०७१ भदौ २४ गते ६:२५ मा प्रकाशित

काठमाण्डु– चीनमा करिब तीन हजार वर्ष पूरानो मानिएको एक पुरातात्विक तलबार भेटिएको छ ।
talbarचीनको जियाङसु प्रान्तमा ११ वर्षीय एक बालकले काँसबाट बनेको उक्त तलबार भेटेका हुन् । तलबार भेट्ने ती बालक याङ जुक्सी हुन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार याङ नदीको पानीमा हात धोइरहेका बेला उनको हात तलबारमा लाग्यो उनले बताए । जब तलबार निकालेर उनले आफ्नो घर लगे तब उनका घरमा तलबार हेर्न आउनेको भिड लाग्यो ।

केही मानिसले निकै महंगो मूल्य तिरेर लान खोजे, त्यसपछि याङ् परिवारले तलबार जाँच्न सम्बन्धित अधिकारीलाई बुझाइदिए । याङका बाबु जिन्हाइका अनुसार केही मानिस यो तलबार महङ्गो मूल्य तिर्न तयार भए त्यसपछि उनलाई महसुस भयो कि यो बेच्नु गैरकानुनी हुन्छ ।

पुरातत्वविदहरुले २६ सेन्टिमिटर लामो उक्त तलबार सेङ या झोऊ राजपरिवारसँग सम्बन्धित हुन सक्ने बताएका छन् । तलबारको आकारप्रकार हेर्दा यो कुनै लडाईंमा नभई सौखका लागी उपयोग भएको अधिकारीले बताए । नदीमा थप त्यस्ता पुरातात्विक वस्तु फेला पर्न सक्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us