प्रचण्डले दिए बोगटीलाई दागबत्ती

काठमाण्डु टुडे २०७१ भदौ ३० गते १५:०६ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा सोमबार अन्त्येष्टि गरिएको छ ।

dagbattiबोगटीको पार्थिव शरीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बोगटीका छोरीहरु प्रतिभा र प्रभाले एकैसाथ दागबत्ती दिएका थिए ।

उनको सम्मानमा नेपाल प्रहरीले १२ तोपको सलामी दिएको थियो । ६२ वर्षीय बोगटीको हृदयघात र मस्तिस्कघातका कारण सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

घरमै बसिरहेका बेला हृदयघात भएपछि बोगटीको लगत्तै सहिद गंगागाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुुको सफल शल्यक्रिया गरिएको थियो । तर मस्तिस्क घातसमेत भएका कारण होस नखुलेपछि उनलाई शुक्रबार नर्भिक भर्ना गरिएको थियो ।

अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीक लागि उनको शव पहिला एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा र त्यसपछि खुलामञ्चमा राखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us