सीके राउत भन्छन्, ‘नेपाल आमा होइन, बेश्या हो’

काठमाण्डु टुडे २०७१ असोज १ गते ४:१५ मा प्रकाशित

काठमाण्डु, १ असोज– जड्याहा,नगरबधु, चोर र पाकेटमारका लागि आकर्षित हुने ck rautसार्वजनिक अपराध ऐनअन्तर्गत एकजना त्यस्ता व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ, जो खुलेआम पृथकतावादी धारमा छन् र विखण्डनका लागि ह्वास्स साम्प्रदायिकता गन्हाउने अभिव्यक्ति दिँदै हिँडेका छन् ।
संविधान निर्माण प्रक्रियालाई विषयान्तर गर्न मधेसबाट सारा सेना, प्रहरी, प्रशासक झिकिनुपर्ने, त्यहाँ छुट्टै सार्वभौम सम्पन्न स्वतन्त्र देश,संसद र सरकार अविलम्व घोषणा गरिनुर्ने जस्ता माग राख्ने व्यक्ति  अमेरिका रिटर्न सिके राउत हुन्,अहिले मोरङमा प्रहरी नियन्त्रणमा छन् ।
‘नेपाल हाम्री आमा होइनन्, हाम्रो रगत चुुस्ने बोक्सी हुन् । हरेक रात विदेसीसँग सम्भोग गर्ने तर बिहान आफनो कौमार्यको अभिमान गर्दै हिँड्ने वेश्या हुन् ।’ यसो भन्दै राष्ट्र विभाजनको वकालत गर्दै हिँड्ने व्यक्ति हुन् उनी । वरामद, पुस्तक, दस्तावेज, गीत–संगीत र गतिविधिका रिपोर्टअनुसार राउतले १२ वर्षभित्र नेपालबाट मधेसलाई अलग गराउने परिपक्व योजना बनाएको खुल्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायधीश, रक्षा र गृहमन्त्रीसमेत तराई–मधेसका बासिन्दाले चलाएको उनले पृथक मधेसका लागि अचम्मको अभियान छेडेको देखिन्छ ।
देश विखण्डनको वकालत गर्दै हिँड्नेलाई राज्यविरुद्धको अपराध र सजायँ ऐन २०४६ अन्तर्गत कारबाही हुने प्रावधान छ । तर उनीमाथि अहिलेसम्म सामान्य ढंगको मात्र कारबाही चलाइएको छ । र,प ृथकतावादी आन्दोलनको ‘हिरो’ बनाउने गरी थुनिँदै छुट्दै गर्न पाउने मुद्दा आभियोजन गरिँदै छ । उनले मधेसको आफ्नै भुगोलको नक्सा,राष्ट्रिय  गान र झन्डासमेत बनाइसकेका छन् । आफ्नै राष्ट्रिय गानलाई तराईको मोबाइलको रिङटोनका रुपमा छरेका छन् । १८–३० वर्षका युवालाई लडाकु बन्न प्रशिक्षण दिने गरेका छन् ।
जनआस्था साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us