विप्लवले खुवाइदिए वैद्यलाई लोप्पा

काठमाण्डु टुडे २०७१ असोज १ गते ७:०६ मा प्रकाशित

 

biplavकाठमाण्डु, १ असोज – नेकपा– माओवादीमा गुटको राजनीति सतहमा देखिएको छ । बुधबार कुपण्डोलमा आयोजना गरिने राज्यस्तरीय प्रशिक्षण कार्यक्रम विप्लव समूहले भाग नलिने निर्णय गरेको छ ।

माओवादी स्कुलिङ विभागले आयोजना गरेको प्रशिक्षण नेवाः राज्य समितिको कार्यालय कुपण्डोलमा दिउँसो १ बजे पार्टी अध्यक्ष मोहन बैद्य किरणले उद्घाटन गर्ने कार्यक्रम छ ।

तर, केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई जंगी शैलीमा निलम्बन गरेको विरोधमा विप्लव समूहले पार्टीको प्रशिक्षण नै बहिस्कार गर्ने निर्णय गरेको हो ।

ताम्सालिङ स्कुलिङ विभाग इन्चार्ज अनिल शर्मालाई पार्टीले कुनै स्पष्टीकरणको मौका नै नदिई निलम्बन गरेकाले प्रशिक्षण कार्यक्रममा नजाने निर्णय गरेको नेता इश्वरी दाहालले काठमाण्डु टुडेलाई जानकारी दिए । विप्लव समूहले सबै नेताहरुलाई प्रशिक्षण बहिस्कार गर्न उर्दी जारी गरेको बुझिएको छ ।

पार्टी नेतृत्वलाई भ्रष्ट र अनैतिक भनेको भन्दै महासचिव रामबहादुर थापा वादलले शर्मालाई अनिश्चतकालका लागि जिम्मेवारीबाट निलम्वन गरेका छन् । तर, विप्लवले यो निर्णयको विरोध गरेका छन् ।

बादलले एमाओवादी नेताहरुसँग मिलेर चितवनमा रहेको पार्टी कार्यालय बेच्न खोजेको शर्माको आरोप छ । केही भ्रष्ट, अनैतिक नेताहरुले चितवनमा रहेको सहिद स्मारक बनेको आदर्शस्थल बच्ने र निजी स्वार्गपूर्ति गर्ने अनौतिक र भ्रष्ट हर्कत गरेको भन्दै शर्माले भदौ १९ मा विज्ञप्ति निकालेका थिए ।

तर, वादलले पार्टीमा सल्लाह नै नगरी भदौ २२ गते शर्मालाई अनिश्चितकालका लागि निलम्बन गरेपछि बैद्य माओवादीमा विवाद बढेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us