प्रधानमन्त्रीकी अवैतनिक सल्लाहकार विदेशीका अगाडि पेन्टी लगाएर उभिएपछि…….

काठमाण्डु टुडे २०७१ असोज १० गते १५:०३ मा प्रकाशित

काठमाण्डु– आफ्ना नजिकका भनिएकैहरुले कुटनीतिक मर्दायाको ख्याल नगर्दा प्रधानमन्त्री सुशील कोइराला पटकपटक विवादमा तानिने गरेका छन् ।

mridulaसंयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री कोइरालाकी अवैतनिक सल्लाहकार मृदुला कोइरालाको व्यवहारले कोइराला मात्र होइन, सबै नेपालीले लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

प्रधानमन्त्रीका अगाडि तीन जना महिला छन् । जसमध्ये बीचमा अमेरिकी उपविदेशमन्त्री वेन्डी सर्मन छिन् । बाँकी उनका सहयाेगी ।  उनीहरुका अगाडि छन्, प्रधानमन्त्री कोइराला । उनको बायाँपट्टि एक व्यक्ति छन् । तर प्रष्ट तस्वीर देखिंदैन । दायाँपट्टि एक पुरुष र महिला उभिएका छन् ।

पुरुष प्रधानमन्त्रीसँगै गएका सुरक्षाकर्मीजस्ता देखिन्छन् । अर्की महिला प्रधानमन्त्रीकी अवैतनिक सल्लाहकार मृदुला कोइराला हुन् । उनको लबाई र बसाइको शैली निकै अमर्यादित छ । सेतो सर्ट लगाएकी मृदुलाले तल छोटो हाफ पाइन्ट लगाएकी छन् । दुवै खुट्टालाई कैंची आकार बनाएर उभिएकी छन् । तस्वीरमा उनी उभिएको निकै अशोभनीय देखिन्छ ।

औपचारिक भ्रमणमा रहेका कोइरालाको भ्रमण टोलीकी सदस्यको यस्तो हर्कतले स्वयम् कोइराला मात्र होइन नेपालीको बेइज्जत भएको छ ।

त्यसो त यसअघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा स्वागत गर्ने क्रममा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले पटकपटक कोट नातेर प्रधानमन्त्रीको बेइज्जत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us