नन्दप्रसादले मर्नुअघि सरकारसँग दुई अर्ब मागेको खुलासा

काठमाण्डु टुडे २०७१ असोज १२ गते १५:२० मा प्रकाशित

काठमाण्डु, १२ असोज– कार्यबाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले गोरखा फुजेलका नन्दप्रसाद अधिकारीले अनसन तोड्न सरकारसँग दुई अर्ब nanda prasadरुपैयाँ मागेको खुलासा गरेका छन् ।
व्यवस्थापिका–संसदअन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा त्यस्तो बताएका हुन् । अधिकारी दम्पतीलाई अनसन छुटाउने प्रयास गर्दा उनीहरुले दुई अर्ब मागेको बताएका हुन् ।

छोराका हत्यारामाथि कारबाहीको माग गर्दै ११ महिना अनसन बसेका अधिकारीको एक साताअघि वीर अस्पतालमा निधन भएको थियो । ‘नन्दप्रसादले २ अर्ब दिए अनसन तोड्ने बताएका थिए’, गौतमले भने, ‘सरकारले धान्ने नसक्ने रकम मागेका कारण दिन सकिएन, पैसा दिन नसक्दा नन्दप्रसादको ज्यान गयो ।’

गौतमले सरकारले अनसन तोडाउन हरसम्भव प्रयास गरे पनि अटेर गरेका कारण नन्दप्रसादको ज्यान गएको उनको भनाइ थियो । उनले नन्दप्रसादकी पत्नी गंगामायाको जीवन रक्षाका लागि सरकार प्रयासरत रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us