गेरु बस्त्र लगाएर दसैंको विरोधमा किन धर्ना बसे आङकाजी ?

काठमाण्डु टुडे २०७१ असोज १५ गते ४:०० मा प्रकाशित

काठमाण्डु, १५ असोज– संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य आङकाजी शेर्पा काठमाण्डुको भद्रकालीमा धर्नाामा बसेका छन् ।
ankajiधर्म निरपेक्ष राज्य कार्यान्वयनका लागि १५ बुँदे माग अघि सारेर आफूहरु धर्नामा बसेको शेर्पाले काठमाण्डु टुडेलाई बताए । धर्मनिरेपेक्ष घोषणा कार्यान्यवनका लागि आफ्नो नेतृत्वमा ‘धर्मनिरपेक्ष राज्य कार्यान्वयन अभियान’ गठन गरिएको र अभियानकै कार्यक्रमअन्तर्गत धर्ना बसेको शेर्पाले बताए ।

धर्म निरपेक्ष राज्यमा सबै धर्म संस्कृतिलाई समान व्यवहार गरिनुको साटो राज्यका तर्फबाट हिन्दू धर्मलाई विशेष संरक्षण प्रदान गरिएको भन्दै उनले आपत्ति जनाए । शेर्पाले हिन्दू धर्माबलम्बीका दसैं र तिहारजस्ता चाडपर्वजस्तै अन्य जाति र समुदायका बुद्धजयन्ती, छठ, ल्होसार जस्ता पर्वलाई पनि समान व्यवहार गर्न माग गरे । यद्यपि आफूहरुले दसैं पर्वको विरोध नगरेको उनको जिकिर थियो ।

‘धर्म निरपेक्ष राज्यमा एउटा धर्म र संस्कृतिलाई विशेष संरक्षण गर्ने र अरुलाई वास्ता नगर्ने जुन काम भइरहेको छ त्यसमा हाम्रो विरोध हो’, शेर्पाले भने, ‘दसैंको फूलपाती भित्र्याउँदा उपस्थित हुने राष्ट्रपति र प्रधानमन्त्री बुद्धजयन्तीका अवसरमा खुलामञ्चमा कार्यक्रम आयोजना गरेर उपस्थिति हुनुपर्‍यो भन्ने हाम्रो माग हो ।’

यसैबीच राष्ट्रपति रामवरण यादव राष्टपति आज नेपाली सेनाले टुँडिखेलस्थित सैनिक मञ्चमा गर्ने फूलपाती बढाइ कार्यक्रममा सहभागी हुने भएका छन् । धर्नाकारीले राष्ट्रपतिको विरोधमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us