हतियार लिन बर्माको सीमासम्म पुगेँ

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ४:१४ मा प्रकाशित

भक्तिप्रसाद पाण्डे ‘चाचा’ संविधानसभा सदस्य हुन् । माओवादी नेतृत्वको जनयुद्धमा ०५७ देखि ०६२ सम्म विभिन्न मुलुकबाट माओवादी सेनाका लागि युद्धसामग्री Bhakti Pandeyनेपाल भित्र्याउने प्रमुख व्यक्ति हुन् पाण्डे । ०२९ मै पुष्पलाल समूहमा हुँदा पाण्डे फौजी समूहका प्रमुख थिए । युद्धसामग्री नेपाल भित्र्याउँदा बालबाल बचेको, भारतमा ट्यांकर व्यवसायीको परिचयबाट कोठा भाडामा लिएको, बोरामा नोट बोकेका क्षण ताजै छन् उनको स्मृतिमा । उनले ट्रकमा लोड गरेर युद्धसामग्री नेपाल भित्र्याएको घटना सुनाउनुअघि आफ्नो राजनीतिक यात्रा पनि जोडे
बुढीऔँलामा आल्पिन रोपेँ । रगत निस्कियो । रगत देखाएर ‘कम्युनिस्ट पार्टीको सदस्यता पाऊँ’ भनी निवेदन दिएँ । ०२७ मा हो । केही दिनपछि अर्घाखाँची जिल्ला सेक्रेटरी नेत्र पन्थीले खबर गरे, ‘तपाईं कम्युनिस्ट पार्टी सदस्य बन्नुभयो ।’ त्यसवेला सबैले त्यसैगरी सदस्यता पाउँथे ।
‘सेना निर्माण नगरी क्रान्तिकारी कम्युनिस्ट पार्टी हुन सक्दैन’ भन्ने माक्र्सवादी दर्शन हो । त्यही दर्शनका आधारमा ०२९ मा लुम्बिनी अञ्चलस्तरीय फौजी संगठन बनायौँ । पुष्पलाललाई थाहै नदिएर नेत्र पन्थी, मोहनलाल आचार्य, जीवनराज आश्रित, मलगायतले सल्लाह गरेर फौजी संरचना बनाएका थियौँ । कमान्डर म चुनिएँ । कुलबहादुर पुन सहायक कमान्डर चुनिए ।
हामी छापामार एक्सन गर्ने निचोडमा पुग्यौँ । अर्घाखाँचीको हर्रेबर्रे, खन र बलकोटमा एक्सनको योजना बन्यो । बलकोटका मोहनलाल आचार्य र खनका गुणनिधि भुसालले नेतृत्वको जिम्मा लिनुभयो । तर, उहाँहरू सम्बन्धित स्थानसम्म नै पुग्नुभएन । केशरमणिको नेतृत्वमा गएको टोलीले हर्रेबर्रे आक्रमण गर्योू । २५ हजार रुपियाँ खोस्यो । पछि केशरमणि प्युठानमा पक्राउ परे । हर्रेबर्रे काण्डको आरोपमा केशरणमणि पक्राउ परेपछि पुष्पलालको पार्टी तहसनहस भयो ।
०३५ मा माले गठन गर्यौाँ । ०३९ मा भाएको मालेको ‘प्लेनम’ले माओवाद विचारधारा छोडेर माक्र्सवाद लेनिनवाद मात्रै राख्ने र पञ्चायती चुनावमा प्रवेश गर्ने नीति लिएपछि केही साथीसहित पार्टी परित्याग गरी मोहनविक्रम सिंहको पार्टी नेकपा ९मसाल०मा प्रवेश गरेँ ।
मोहनविक्रमले मलाई मजदुरको जिम्मा दिए । मजदुरको नेता बन्नका लागि आफैं ट्रक किनेर चलाएँ । पुष्पलालको पार्टी तहसनहस भएपछि भारतमा गएर तीन वर्षसम्म ट्रक चलाएको थिएँ ।
नेकपा ९मसाल०मा टुटफुट बढ्दै गएपछि दीनानाथजीको नेतृत्वमा हामी ०५४ मा उक्त पार्टीबाट अलग भयौँ । ०५७ को पुस ११ गते सशस्त्र संघर्षरत माओवादीसँग एकता भयो । माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य चुनिएँ ।
०००
एकतापछि पार्टीले मलाई सुरुमै ‘सप्लाईमा काम गर्नुपर्ने’ प्रस्ताव गर्यो।, ‘चेहेरा, भाषा र पहिले भारतमा बसेकाले तपाईंले यो जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ’ भन्ने तर्कसहित । सुरुमा मैले सदस्यका रूपमा काम गरेँ । केही वर्षपछि म सप्लाईको कमान्डर नै बनेँ । सम्पूर्ण युद्धसामग्री सप्लाई गर्नुपथ्र्यो । आवश्यक अत्याधुनिक हतियार, धेरैजसो गोली किन्नुपथ्र्यो ।
मभन्दा अगाडिका साथीहरूले झोलामा, कम्मरमा राखेर भारतबाट युद्धसामग्री भित्र्याउनुहुँदो रहेछ । केही समय मैले पनि त्यसै गरेँ । बिस्तारै मैले ट्रकबाट भित्र्याउन थालेँ ।
सबैभन्दा पहिले ०५८ को सुरुमा हो, ट्रकबाट गोली भित्र्याएको । म आफैं पटना पुगेँ । हाम्रा सूत्रहरूले १२ हजारजति गोली ल्याइदिए । हामीले केरा राख्ने कार्टुनमा प्याक गर्यौाँ । १२ बोर, एसएलआर र थ्रिनट–थ्री राइफलका गोली थिए । केरा पनि प्याक गर्यौँे । ‘यो त धेरै गह्रौँ पो छ त,’ भारतीय ट्रक चालकले आशंका गर्योथ । ‘यो अलि गह्रौँ छ, त्यस्तो केही होइन, तपाईंलाई म पैसा थपिदिउँला नि’ भनेँ । पटनाबाट उसले सुनौली नाकासम्म ल्याइदियो । उसलाई दुई हजार भारु थपिदिएपछि खुसी भयो । हामीले हुलाकी सडकमार्फत ती सबै गोली नेपाल भित्र्यायौँ ।
०००
०५८ मा वार्ता भंग हुन लागिरहेको थियो । घोराही, स्याङ्जा बजार र सल्लेरीमाथि आक्रमणको तयारी थियो । प्रहरीमाथि विजय भए पनि सेनामाथिको हमला कठिन थियो । त्यसका लागि अत्याधुनिक हतियार चाहिन्थ्यो ।
नन्दकिशोर पुन ‘पासाङ’, रामप्रसाद बन्जाडे र म सहयोगीसहित हतियार खरिद गर्न पूर्वी सिमाना काँकडभिट्टा पुग्नुपर्ने भयो । बुटवलका एकजना चिनेका व्यवसायीलाई मैले भनेँ, ‘जरुरी काम पर्योस । तपाईंको गाडी केही दिनलाई दिनुपर्योल ।’ उनले आफ्नो पजेरो गाडी दिए । गाडी आफैँ हाँकेँ । हामी काँकडभिट्टा पुगेर एउटा होटेलमा बस्यौँ । केही समयपछि नाकामा काम गर्ने साथीहरू नेपाली मूलका भारतीयसहित होटेलमा आइपुगे ।
हामीले उनीहरूसँग दुईवटा ‘एके–५६’ र तीनवटा ‘एके–४७’ किन्यौँ । गाडीको सिटमुनि कसैले थाहा नपाउने गरी प्याक गर्यौाँ । रामप्रसादजी ‘म बसमा गएर रेक्की गर्छु, तपाईंहरू पजेरोमा आउनुहोस्,’ भनेर हिँडिहाल्नुभयो । कहाँको एक सय ५० को स्पिडमा गुड्ने पजेरो, कहाँको यात्रुवाहक बस । उहाँ हतियारसहित हिँड्न डराएरै त्यसो गर्नुभएको हो ।
सल्लेरी आक्रमणका लागि पूर्वका साथीहरूलाई एउटा ‘एके–४७’ हेटौँडामा छाडिदियौँ । स्याङ्जाका लागि एउटा बुटवलमा छोडिदियौँ । गाडी म हाँकिरहेको थिएँ । पासाङजी छेउको सिटमा हुनुहुन्थ्यो । अरू कोही थिएन । बुटवलबाट हामी घोराहीका लागि हतियार पुर्याहउन दाङतिर लाग्यौँ ।
भालुबाङ पुगेपछि प्रहरीले गाडी रोक्यो । हामीलाई लाग्यो, ‘सुराकी लागेछ क्यारे ।’ हत्तपत्त म गाडीबाट झरेँ । ‘के छ गाडीमा रु’ प्रहरीले सोध्यो, ‘कहाँबाट आएको रु कहाँ जाने रु’ ‘हामी काठमाडौंबाट आएका हजुर । नेपालगन्ज जानुपर्ने । उहाँ नेपालगन्जको कृषि विकास बैंकको म्यानेजर हो । उहाँलाई पुर्यालउन गइरहेको,’ मैले जुक्ति निकालेर पासाङतिर देखाउँदै भनेँ ।
प्रहरीले गाडी खोलेन । हामी अगाडि बढ्यौँ । ‘ओहो चाचाजी तपाईंले क्या गजबको आइडिया निकालेर बचाउनुभयो । मलाई त आज यहीँ सकिइने भइयोजस्तो लागिसक्याथ्यो,’ पासाङले भन्नुभयो । त्यहाँ हतियार फेला परेको भए हतियार त जान्थ्यो नै, पासाङजी र म पनि जान्थ्यौँ । हामी पक्राउ परेको भए सायद घोराही आक्रमण सम्भव हुने थिएन । पासाङजी आफैँ प्रमुख कमान्डर हुनुहुन्थ्यो । प्रमुख हतियार पनि हामीसँगै थियो । पछि घोराही आक्रमण सफल भएपछि आनन्दको अनुभूति भयो ।
०००
घोराही आक्रमणपछि हामीलाई अत्याधुनिक हतियार धेरै प्राप्त भए । त्यसपछि बाहिरबाट किन्नुपरेन । एकाध भने किन्यौँ नै । भारतीय सीमा हुँदै भित्र्यायौँ । भारतीय भूमि प्रयोग गरे पनि भारतीय हतियार भने किनेनौँ ।
छोटा हतियार र गोली बर्माबाट ल्यायौँ । म आफैं पनि भारतीय भूमि पार गरेर तीनपटक बर्माको सीमामा पुगेँ । छोटा हतियार ब्राजिल, जर्मन, बेलायतबाट ल्यायौँ । ती सबै बर्मा, भारत हुँदै ल्यायौँ । समुद्री बाटोबाट ल्याउनुपर्ने भएकाले बर्मा वा बम्बईबाट भित्र्याउनुपथ्र्यो ।
बर्माको सीमा क्षेत्रमा खोलिएको हतियार र गोली बनाउने कारखानाबारे भारत र बर्माबीच छुट्टै सम्झौता छ । त्यो नाकाको उद्योगमा एसएलआर र थ्रिनट–थ्रीको गोली बन्छ । त्यहाँ बनेको गोली र हतियार बर्माले भारतको नागाल्यान्ड, मनिपुर, आसामतिरका विद्रोही समूहलाई भारतसँग सल्लाह गरेरै बेच्छ । बर्माले विद्रोहीहरूले गोली र हतियार कति लिए भन्ने भारतीय राज्यलाई थाहा दिन्छ ।
बर्मामा तीन क्वालिटीको गोली बन्छ । कतिपय गोली काम नलाग्ने खालका पनि हुन्छन् । हामीले राम्रो क्वालिटीको गोली ल्याउँथ्यौँ । एकपटक बर्माबाट ट्ेरनमा ल्याउँदै गरेको १२ सुटकेस गोली भारतको गुवाहिटीमा पक्राउ पर्योए । गोली कब्जा गरे पनि त्यो गोली नेपाल ल्याइँदै थियो भन्ने भारतीय सरकारलाई अहिलेसम्म थाहा छैन होला । त्यस्तै अर्कोपटक भारतबाट ल्याउँदै गरेको जिलेटिन भरिएको ट्रक भैरहवा भन्सार क्रस भइसकेपछि पक्राउ पर्योब । त्यो ट्रकचाहिँ हाम्रै साथीको गडबडीका कारण पक्राउ परेको थियो ।
०००
८१ एमएमको सेल पनि भारतमै खरिद गर्यौँ  । एकपटक मैले आफैँ गाडी चलाएर चारवटा सेल नागाल्यान्डबाट रूपन्देहीको मनिग्रामसम्म ल्याएँ । ठाउँ–ठाउँमा चेकिङ थियो । भन्सार क्षेत्रमा बढी चेक हुन्थ्यो । तर, गाडीको सेटिङ त्यस्तो थियो कि चेक गरेर भेट्टाउन सक्दैन थिए ।
भारतबाट ट्रकमै गोलीगठ्ठा भित्र्यायौँ । एकपटकमा ४५ क्विन्टलसम्म ल्याउँथ्यौँ । मैले सबैभन्दा पहिले भैरहवा भन्सारबाट ट्रक भित्र्याएँ । पछिसम्म पूर्व–पश्चिम सबैतिरका भन्सारबाट भित्र्यायौँ । कति ट्रक आए कति रु यति भनेर साध्य छैन । कोइला राखेर ल्याएका हुन्थ्यौँ । भन्सार चेक कोइलाको गराउँथ्यौँ ।
सीमा क्षेत्रमा तत्कालीन शाही नेपाल सेनासँग बाहेक अरूसँग राम्रो सम्बन्ध थियो । जब सीमाको सुरक्षाको जिम्मा पनि सेनाले लियो, हामीलाई झन् सजिलो भयो । सेनालाई हाम्रो तौरतरिका थाहा थिएन । प्रहरी अधिकृतसँग सम्बन्ध थियो । भन्सारका कर्मचारी ‘हाम्रो सामान हो है’ भनेर जानकारी गराएपछि सहजै पास गरिदिन्थे ।
०६२–६३ को आन्दोलन सुरु हुनुअघि प्रहरी अधिकृतहरूलाई म आफैँ भेट्ने गर्थेँ । उनीहरू मलाई उल्टो ‘दाइ यसरी हिँड्नुभएन, तपाईंलाई खतरा हुन्छ’ भनेर सुझाउँथे । ती प्रहरी अधिकृतमध्ये केही पेन्सन निस्किए । केही बहालवाला छन् । तर, ती जसले सहयोग गरे, उनीहरूलाई हाम्रो पार्टी सरकारमा रहँदा कुनै सहयोग भएन । त्यतिवेला ‘माओवादीलाई सहयोग गर्योछ’ भनेर कारबाही भोग्नेहरूलाई हामीले केही गर्न सकेनौँ ।
०००
चीनबाट पनि हतियार ल्याउने कोसिस गरेका हौँ । तर, सीधै ल्याउन सफल भएनौँ । एकपटक नेपाल ल्याउन तयार गरिएको तीन बोरा छोटा माउजर चीनमै पक्राउ पर्योउ । सीधै ल्याउन नसकेपछि चीनबाट भारत हुँदै भित्र्यायौँ ।
०००
हामी पैसा बोरामा राखेर रेलमा राखिदिन्थ्यौँ । बोरामा भएपछि कसैले वास्ता गर्दैनथ्यो । पछि मैले आफ्नो नाममा भारतीय गाडी लिएको थिएँ । आफूले चलाएकै गाडीमा पैसा राख्थेँ । हामी हतियार खरिद गर्दा कहिलेकाहीँ उधारो कारोबार पनि हुन्थ्यो ।
मलाई हिन्दी, आछामिस, नागामिस, बंगाली भाषा राम्रोसँग आउँछ । मलाई नेपाली भनेर कसैले शंका गर्दैनथ्यो । कोट, पाइन्ट र सर्ट लगाएर गाडीमा हुइँकिन्थेँ । गोरखपुरमा बस्दा आफूलाई ट्यांकर मालिकको परिचय दिएर कोठा भाडामा लिएँ । हामी आफूलाई बिजनेसम्यान भन्थ्यौँ ।
हाम्रो सप्लाईको अलग टिम थियो । दिल्ली, लखनउ, गोरखपुर, सिलगडी, नागाल्यान्ड, इलाहाबाद, बम्बईमा कोठा थिए । हाम्रो कोठामा पार्टी अध्यक्षको आदेशविना कसैलाई लैजाने अनुमति थिएन । हाम्रा कोठा पैसा र हतियारले भरिएका हुन्थे ।
हामी होटेलमा बसेनौँ । हामीलाई हतियार बेच्नेहरूले कहिलेकाहीँ होटेल बोलाउँदा मात्रै जान्थ्यौँ । हतियार ल्याउने र पैसा बुझाएपछि हामी हिँडिहाल्थ्यौँ । हामी खान–बस्नका लागि होटेल गएनौँ । सडकको गल्लीमा ठेलामा राखिएका खाना खायौँ । सबैले ठेलाकै खाना खाए त म भन्न सक्दिनँ । केही साथी त्यस्ता थिए, जसले ‘फलानो साथीको हातबाट १० लाख पठाइदिएको त्यो बाटोमै लुटिएछ’ भन्नेसम्मका नाटक पनि गरे ।
कतिपय मानिसले भारतीय विद्रोहीले हामीलाई हतियार दियो भन्छन् । त्यो गलत हो । उनीहरूले एउटा पनि हतियार दिएनन् ।
०००
हामी हतियार खोज्दै गएनौँ । हतियार नै खोज्दै आयो । हतियारको उत्पादन गर्ने राष्ट्रले पहिला राज्यलाई हतियार सहयोग गर्ने र पछि विद्रोही समूहलाई हतियार बेच्दो रहेछ । जुन कम्पनीले हतियार उत्पादन गर्छ, त्यसैले सम्पर्कसम्म ल्याएर दिन्थ्यो । निश्चित ठाउँसम्म पुर्योउने केरिङ चार्ज लिन्थ्यो । केरिङ चार्ज हतियारको भन्दा बढी पथ्र्यो । हतियार भित्र्याउन उत्तरीभन्दा दक्षिणी नाका सहज थियो । भारतमा विभिन्नि अतिवादी भएकाले पनि सहज भयो । उनीहरूलाई खोज्दै आउने हतियार कम्पनी हामीसम्म आइपुगे ।
एकपटक हिन्दू अतिवादीसँग भेट भयो । उनले ठूलो मन्दिरमा बोलाए । उनले ‘तपाईंहरूले नेपालमा हिन्दूको रक्षा र अरूको विनाश गर्ने हो भने हतियार दिन तयार छौँ,’ भने । हामीले ‘हामी कुनै धर्मका लागि होइन, वर्गीय मुक्तिका लागि लडेका हौँ । जुन धर्म मान्ने भए पनि सामन्त हुन् भने हाम्रो निशानामा पर्छन् नै,’ भन्यौँ । उनीहरूले ‘कम्युनिस्ट आन्दोलनका लागि हामी हतियार दिन सक्दैनौँ,’ भने । हामी फर्कियौँ ।
०००
यी काम ठूलो जोखिम मोलेर गरेँ । साहस नभएको मान्छेले यो काम गर्न सक्दैनथ्यो । कोही हतियार बोकेको गाडी छोडेर अर्कै गाडीमा पनि हिँडे । केहीले थोरैमा किनेको हतियारलाई महँगो बिल बनाएर पेस पनि गरे । पार्टी र क्रान्तिलाई मैले जसरी योगदान गरेँ, पार्टीले त्यसअनुरूप उचित मूल्यांकन नगरेको महसुस गरेको छु । पार्टीले मूल्यांकन नगरे जनताले र जनताले पनि नगरे इतिहासले गर्छ भन्ने विश्वास छ । पुष्पलालदेखि प्रचण्डसम्मको नेतृत्वमा क्रान्ति, परिवर्तन खोज्दै आएको हुँ । नेपालको वर्गीय मुक्ति आन्दोलनका लागि अझै पनि बलिदान दिन तयार छु ।

मनोज घर्तीमगर/नयाँ पत्रिका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us