तिहारमा समेत तलब नपाएपछि टेलिभिजनका पत्रकारको कन्तबिजोग

काठमाण्डु टुडे २०७१ कार्तिक ५ गते १०:४९ मा प्रकाशित

काठमाण्डु – दोश्रो ठूलो चाड तिहारमा समेत तलब नपाएपछि नेपालका निजी क्षेत्रबाट सञ्चालित टेलिभिजनमा कार्यरत पत्रकार र कर्मचारीको बिजोग भएको छ ।

महिनौंसम्म बिनातलब काम गरेका अधिकांश टेलिभिजनका पत्रकार तिहारमा समेत तलब नपाएपछि बाटो खर्चको अभावमा दिदीबहिनीका हातबाट टीका थाप्न घर जान सक्ने अवस्थामा छैनन् ।

टेलिभिजन व्यवस्थापनले पत्रकारलाई तीनदेखि १० महिनासम्मको तलब दिन बाँकी छ । दसैंमा बल्लतल्ल एक महिनाको तलब थापेका पत्रकारले तिहारमा नपाउने भएपछि घर नआउने खबर पठाइसकेका छन् ।

ABC-TV

एबीसीका पत्रकारले १० महिनाको तलब पाएनन्
पत्रकारलाई तलब नदिनेमा एबीसी टेलिभिजन पहिलो नम्बरमा छ । उक्त टेलिभिजनले पत्रकारलाई १० महिनाको तलब दिएको छैन । दसैंमा एक महिनाको तलब बुझेका एबीसीका पत्रकार तिहारमा तलब नपाएपछि तनावमा छन् ।

टेलिभिजन सञ्चालकले करोडौं लगानीमा काठमाण्डुको लाजिम्पाटमा ७ तले घर बनाउँदै गरेको भए पनि आफूहरुको घरमा चुल्हो बल्ने अवस्था नरहेको एक पत्रकारले काठमाण्डु टुडेलाई बताए ।

१० महिनाको तलब नपाए पनि दसैंका बेला घरसमेत नगएर काम गरेका पत्रकारले ब्रोइलर कुखुराको मासुमा दसैं गएको भन्दै आक्रोश पोख्ने गरेका छन् ।

av newsएभिन्यूजमा पनि उस्तै

एभिन्यूज टेलिभिजनले तीन पत्रकार र कर्मचारीको तीन महिनाको तलब दिएको छैन । उक्त टेलिभिजनले दसैंमा तीन महिनाको तलब दिएको थियो । तलब नपाएपछि त्यहााका पत्रकारको पनि तिहार खल्लो हुने भएको छ ।

himalaya tvहिमालयमा आन्दोलनको तयारी
हिमालय टेलिभिजनले पनि तीन महिनाको तलब नदिएको त्यहाा कार्यरत पत्रकार बताउाछन् । उक्त टेलिभिजनले पनि दसैंमा पत्रकारका हातमा एक महिनाको तलब थमाएको थियो ।

आफूहरुले काम गरेको बाँकी पारिश्रमिक पाउनुपर्ने माग राखेर नेपाल पत्रकार महासंघ हिमालय टेलिभिजन शाखाको नेतृत्वमा आन्दोलनको तयारी भइरहेको एक पत्रकारले जानकारी दिए । श्रोतका अनुसार आन्दोलनको तयारीमा रहेका पत्रकार र व्यवस्थापन पक्षबीच वार्ता जारी छ ।

News 24 TVन्यूज २४ का पत्रकारले झुकाए मालिक
आफूलाई नभई नहुने र नभए पनि काम चल्ने पत्रकारको वर्गीकरण गरेको न्यूज २४ टेलिभिजनले मान्छे हेरेर तलब दिने गरेको छ । उक्त टेलिभिजनले ४ देखि ८ महिनासम्मको तलब रोकेपछि पत्रकार र कर्मचारी गत माघमा आन्दोलनमा उत्रिए ।

व्यवस्थापनले माग पूरा नगरेपछि पत्रकारले पााच दिनसम्म टेलिभिजन प्रसारण नै ठप्प पारे । त्यस यता २४ ले हरेक महिनाको १५ गते तलब दिने गरेको छ । उक्त टेलिभिजनका पत्रकारले एक महिनाको तलब पाउन बाँकी छ ।

imagechannels3पत्रकार महासंघ अध्यक्ष ‘हाक्किम’ रहेको टिभीमै यस्तो
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट ईमेज च्यालनका समाचार प्रमुख हुन् । भाषण गर्दा पत्रकारले तलब नपाएको विषयमा बोल्ने गर्छन् । तर उनकै टिभीका पत्रकारको एक महिनाको तलब लामो समयदेखि रोकिएको छ ।

एक महिनाको रोके पनि बाँकी तलब नियमित पाउने गरेको त्यहााका पत्रकार बताउँछन् ।

माउन्टेनमा तीन महिना बाँकी
माउन्टेन टेलिभिजनले साउन महिनासम्मको तलब तीन दिनअघि दिएको छ । उक्त टेलिभिजनका पत्रकारले अब तीन महिनाको तलब लिन बाँकी छ । यसअघि ६ महिनासम्म तलब नपाउने गरेका पत्रकारलाई अब बढीमा दुई महिनासम्मको मात्र तलब रोक्ने आश्वासन व्यवस्थापनले दिएको छ ।

जापान जाने कोषाध्यक्ष सूर्यमणि गौतम र प्रभात चलाउने, पत्रकार महासंघको यस्तो ताल

नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको छाता संस्था भन्ने गरिएको छ । पत्रकारहरु काम गरेको तलब नपाएर घर न घाटको भएका बेला महासंघका पदाधिकारीलाई भने देश विदेश घुम्नै ठीक्क छ ।

काठमाण्डुमा गत २१ वैशाखको अन्तिममा सम्पन्न महाधिवेशनबाट चुनिएका पदाधिकारीमध्ये अधिकांशले कम्तीमा एकदेखि तीन वटासम्म देशको भ्रमण गरी सकेका छन् । गत महिना युरोप भ्रमण गरेका अध्यक्ष महेन्द्र विष्ट केही दिनअघि मात्र संयुक्त अरब इमिरेट्सको भ्रमण गरी स्वदेश फर्केका छन् ।

महासंघ चुप लागेर बस्दैन: उजीर
पत्रकार महासंघका महासचिव उजीर मगर आफूहरु पत्रकारले तलब नपाएको विषयमा पूर्ण जानकार रहेको बताए । मगरले आफूहरुको कार्यसमिति निर्वाचित भएलगत्तै श्रमजिवी पत्रकार ऐनअनुसार नियुक्तिपत्र र बाँकी तलब दिन मिडिया मालिकहरुलाई आग्रह गरे पनि अटेर गरेकाले आन्दोलनमा उत्रने तयारी भइरहेको बताए ।

तिहारलगत्तै आगामी १५ कात्तिकमा बस्ने केन्द्रीय समिति बैठकले पत्रकारलाई तलब नदिने मिडिया मालिकविरुद्ध सशक्त आन्दोलन थाल्ने जानकारी दिए ।

काठमाण्डु टुडेको एक जिज्ञाशाको जवाफमा महासचिव मगरले आफूहरुले विदेश भ्रमण गरेका कारण पत्रकारले तलब नपाएको भन्ने आरोप सही नभएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us