रुँदा तीन फाइदा

काठमाण्डु टुडे २०७१ कार्तिक १२ गते २:४० मा प्रकाशित

runuकाठमाण्डु– हाँस्नु र रुनु हरेक मानिसको जीवनमा हुने सामान्य घटना हो । स्वास्थ्यमा यी दुवैको ठूलो महत्त्व पनि छ । तर, हाँसोलाई जस्तै रुवाइलाई मानिसले सकारात्मक रूपमा लिँदैनन् । यसले पनि स्वास्थ्यलाई फाइदा गर्छ । त्यसैले बेला–बेला रुनु लाभदायक छ ।
विशेष गरी यसले आँखालाई फाइदा पुर्यािउनुका साथै चम्किलो बनाउँछ । यसबारे मेडिकल युनिभर्सिटी अफ ओहियोले अध्ययन गरेको थियो । त्यसले रुँदा शरीर हल्का हुने र शारीरिक तथा मानसिक स्वास्थ्यमा फाइदा पुर्यायउने प्रमाणित गरेको छ  ।
आँखाको शक्ति बढ्छ
आँसु आउँदा आँखाको नानी चिसो हुन्छ । यसले आँखालाई उचित लचकता प्रदान गरिरहन्छ र आँखालाई शक्ति प्रदान गर्छ । त्यसैले आँखाको चमक पनि बढ्छ ।

किटाणु हटाउँछ  
आँसुमा लिसोजाइमक नामको तरल पदार्थ हुन्छ । यसले आँखामा हुने ब्याक्टेरियालाई ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म हटाउँछ ।

विषाक्त पदार्थ पनि बाहिर निस्किन्छस् मानिस दु:खमा परेका बेला शरीरमा विषाक्त पदार्थ बन्छन् । त्यसबेला मानिस रुन्छ । रुँदा विषाक्त पदार्थ आँसुमार्फत बाहिर निस्कन्छ । त्यसैले रोएपछि मानिस हल्का महसुस गर्छ ।

सोच राम्रो हुन्छ
शरीरमा म्याग्निज बढी हुँदा थकाइ, रिस, घबराहटजस्ता समस्या आउँछन् । रुँदा शरीरमा म्याग्निजको तह कम हुन्छ । जसले गर्दा राम्रो सोच आउँछ । र, मानिसले स्फुर्तिको महसुस गर्छन् ।

तनाव कम हुन्छ
रुनु तनाव कम गर्ने उपाय पनि हो । तनाव हुँदा शरीरमा एन्डोफिर्न, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिनजस्ता तत्त्व बढ्न जान्छ । रुँदा त्यस्ता तत्त्व घट्ने भएकाले तनाव कम गर्न सघाउ पुर्याउँछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us