ज्ञानेन्द्रले पाउने भए मोदीको साथ

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १३:२५ मा प्रकाशित

ganendraकाठमाण्डु, २ मंसिर–पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गोप्य भेटघाट गरेका छन् ।

निजी भ्रमण भन्दै डेढ साता भारत बसेर सोमबार स्वदेश फर्केका ज्ञानेन्द्रले मोदीसहित उच्च भारतीय अधिकारी भेटेको श्रोतले जनाएको छ । स्रोतका अनुसार मोदी र ज्ञानेन्द्रबीच करिब एक घण्टा कुराकानी भएको थियो । भेटमा मोदी र ज्ञानेन्द्रबाहेक अरु थिएनन् ।

त्यस क्रममा मोदीले नेपालमा हिन्दू राष्ट्र चाहने जनसंख्या ८० प्रतिशतभन्दा बढी रहेको भन्दै हिन्दूत्व रक्षाका लागि पहल गर्न आग्रह गरेका थिए । जवाफमा मोदीले नेपाललाई हिन्दू राष्ट्रमा फर्काउन आफू सकारात्मक रहेको बताएका थिए ।

प्रधानमन्त्री नियुक्त भएपछि केही नबोले पनि त्यसअघि मोदीले नेपाल हिन्दू राज्य हुनुपर्ने भाषण धेरै ठाउँमा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us