भर्जिन युवतीलाई मात्र प्रहरीमा जागिर

काठमाण्डु टुडे २०७१ मंसिर २ गते १४:४४ मा प्रकाशित

woman policeएजेन्सी– इण्डोनेसियाको प्रहरीमा भर्ती हुँदा महिलाको भर्जिनिटी जाँच्नुपर्ने प्रावधानको मानवअधिकारवादी संस्था ह्युमन राइटस् वाचले विरोध जनाएको छ ।

संसारको सबैभन्दा बढी मुस्लिम जनसंख्या रहेको इण्डोनेसियाको कानुनमा महिला प्रहरीमा भर्ती हुन अविवाहित र भर्जिन कुमारी हुनुपर्ने व्यवस्था छ ।

व्यापक विरोधका बाबजुद उक्त प्रावधान हटाइएको दाबी गरेको इण्डोनेसिया सरकारले भित्रभित्रै व्यवहारिक रुपमा प्रहरीमा भर्ती हुने युवतीहरुको भर्जिनिटी जाँच गर्न छाडेको छैन । प्राप्त समाचारहरुमा
हालै प्रहरीमा भर्ना भएका युवतीहरुले आफ्नो भर्जिनिटी जाँच गरिएको बताएका छन् । ‘त्यो खराब क्षण म सम्झन्न पनि चाहन्न, त्यसबेला मैले सहनै नसक्ने अपमान महसुस गरेकी थिएँ ।’

हालै प्रहरीमा भर्ना भएकी १९ वर्षीया एक महिला प्रहरीको भनाइ उद्धृत गर्दै ह्युमन राइट वाचले जनाएको छ ।

अलजजिरा टेलिभिजनको अनलाइन संस्करणका अनुसार अपरिचतल व्यक्तिलाई कपडा खोलेर भर्जिनिटी टेष्ट गराउँदा आफूहरुलाई अपमानित महसुस हुने गरेको महिला प्रहरीले बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us