भावुक पत्र लेखेर श्रीमती भागेपछि नेत्रप्रसादको यो हालत (पत्रसहित)

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते १६:०५ मा प्रकाशित

menaka bhattaraiबर्दिया, ४ मंसिर– बर्दिया भुरीगाँउका नेत्रप्रसाद भट्टराई एक साताअघि बेपत्ता भएकी श्रीमती मेनुका घर नफर्केपछि तनाबमा छन् ।

गत २६ कात्तिकमा बजार जान भन्दै घरबाट निस्केकी भट्टराई पत्नी ३८ वर्षीया मेनुका अझै फर्केकी छैनन् । उनीसँगै गएकी घरभेटी रेखा कँडेलको पत्ति पत्तो छैन । भट्टराई दम्पत्ति कँडेलको घरमा भाँडा पसल सञ्चालन गर्दै आएका थिए ।

मेनुकाले जाने बोलमा लेखेर छाडेको भावुक पत्र हेरेर भट्टराई बेलाबेलामा मुर्छा परेर रुने गरेका छन् । भट्टराईका अनुसार बिहे गरेको ११ वर्ष बित्दासमेत सन्तान नभएपछि मेनुका पछिल्लो समय निराश थिइन् ।

कापीको पानामा दुई खण्डमा लेखिएको मेनुकाको पत्रमा आफू अब फर्केर घर नआउने भन्दै नखोज्न आग्रह गरिएको छ । यस्तै उनले आफू दोश्रो बिहे नगर्ने पनि पत्रमा लेखेकी छन् ।
कात्तिक १७ मा लेखिएको पहिलो पत्र यस्तो छ
आदरणीय भट्टराई सर । म भुरा गाउँ छाडेर जाँदैछु । मैले गर्दा हजुरको धेरै धन पैसा धेरै खर्च भयो । दबाई र औषधिले अब हुँदैन । विवाह गरेको ११ वर्ष हुँदा पनि हजुरको विश्वास जित्न सकिन । सरी मबाट कुनै गल्ती भएको भए माफ गर्नुहोला । मेनका शर्मा
२७ कात्तिकमा लेखिएको दोश्रो पत्र
म मेनकाको हजुरलाई धेरैधेरै सम्झना छ । म हजुरबाट धेरैधेरै टाढा जाँदैछु । मलाई खोज्ने प्रयास नगर्नु किनकी हजुरले खोजे पनि म फर्केर आउँदिन । हजुरको धन पैसा एक रुपैयाँ पनि लगेको छैन । नै हजार पनि दराजमा छ । म पोइल कुनै हालतमा जाने छैन । सम्झनु कि हाम्रो साथ यतिसम्मको थियो भनेर । हवस्त बाईबाई । मेनका शर्मा

menka patra

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us