लोकसंगीत सम्बन्धी फिल्म महोत्सव आज सकिँदै

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ६:४५ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– लोक संगीत सम्बन्धी संसारभरिका फिल्महरु सर्वनाम थिएटरमा प्रदर्शन भइरहेका छन् । नेपाली लोकबाजा संग्रहालयको आयोजनामा भएको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा विश्वभरिका २० देशका ४५ फिल्म देखाइएको हो ।

Stephen Rees' (2013)
महोत्सवका लागि विभिन्न देशबाट १३५ फिल्महरु प्राप्त भएको र छनौटबाट ४५ फिल्म प्रदर्श गरिएको लोक संस्कृतिकर्मी तथा लोक संगीतका अनुसन्धानकर्ता रामप्रसाद कँडेलले बताए ।
शुक्रबारदेखि सुरु भएको महोत्सव आज समापन हुने बताइएको छ ।
नेपाली लोकगीत, लोक संगति, लोक बाजा, लोक नृत्य र लोक परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले संग्रहालयले हरेक वर्ष लोक संगीत फिल्म महोत्सव गर्दै आएको छ । ‘जीवनका लागि संगीत र जीउनका लागि संगीत’ भन्ने शीर्षकमा महोत्सव गरिएको आयोजक समितिका सदस्य होमनाथ भण्डारीले बताए ।
महोत्सवमा डच नागरिक अर्नाल्ड ए. वाकले  १९३१ म नेपालमा बनाएको संगीत सम्बन्धी फिल्मसहित युरोप, अमेरिका र अफ्रिकाका विभिन्न मुलुकका फिल्म पनि प्रदर्शित गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us