काठमाण्डुको झरीले पार्यो बितारा ! (फोटो फिचर)

काठमाण्डु टुडे २०७१ मंसिर २८ गते ७:२० मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– शनिबार राति अचानक झरी परेपछि काठमाण्डुको जनजीवन कष्टकर बनेको छ । सडक हिलाम्मे छ । हुस्सुले आकाश ढाकेको छ । चराहरु झरीले निथ्रुक्क छन् ।
स्कुले बच्चाहरु थरथर काँप्दै हिंडिरहेका छन् । पैदलयात्रीहरु छाताको ओतमुनि हिंडिरहेका छन् । मौसम विभागले सोमबार बेलुकासम्म राजधानीको मौसम यस्तै रहने बताएको छ ।
अरब सागरबाट आएको पश्चिमी वायु पाकिस्तानबाट जम्मु काश्मिर हुँदै नेपालको पूर्वी भागमा प्रवेश गरेका कारण नेपालको मौसम खराब भएको जनाइएको छ । काठमाण्डुमा मात्रै होइन, देशका विभिन्न भागमा पनि चिसो बढेको छ । हिमाली क्षेत्रमा त हिउँ समेत पर्न थालेको छ ।
आइतबार बिहान झरीको प्रभाव देखिने काठमाण्डुका केही दृश्यहरु हेर्नुस्-

(तस्बिर-  काठमाण्डु टुडे) :

1

2

3

4

5

6

7

8

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us