बाबुराम भट्टराईका सल्लाहकार मलेसियामा ‘सेक्युरिटी’ गार्ड !

काठमाण्डु टुडे २०७१ मंसिर २९ गते १५:२५ मा प्रकाशित

arjun nyaupaneनुवाकोट, २९ मंसिर– एकीकृत माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनका सल्लाहकार रहेका एक माओवादी नेता मजदुरीका लागि मलेसिया पुगेका छन्

नुवाकोट फिकुरीका अर्जुनप्रसाद न्यौपाने विगत एक वर्षदेखि मलेसियामा सेक्युरिटी गार्डका रुपमा कार्यरत छन् ।
उनले भट्टराई प्रधानमन्त्री भएका बेला करिब ९ महिना विज्ञ सल्लाहकारका रुपमा स्वकीय सचिवालयमा बालुवाटार बसेर काम गरेका थिए ।
२०५८ सालमा भूमिगत राजनीति थालेका न्यौपाने त्यसअघि गाउँकै माध्यामिक विद्यालयमा शिक्षक थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर न्यौपानेले गाँउकै ज्ञानज्योति उच्च मावि फिकुरीमा करिब ५ वर्ष माध्यामिक तहको शिक्षक भएर काम गरेका थिए ।
न्यौपाने जिल्लाकै इमान्दार र मिलनसार नेताका रुपमा चिनिन्थे ।

राजनीतिमा लागेका कारण आर्थिक अवस्था कमजोर भएपछि उनी बाध्य भएर विदेशिएका हुन् ।
विद्यार्थी हुँदै शिक्षक संगठनबाट राजनीति थालेका न्यौपाने पछि माओवादी सेनाको कम्पनी कमिसारसम्म भएका थिए ।

उनका भाई पूर्वलडाकु कमाण्डर जयराम न्यौपाने पनि केही वर्षदेखि मलेसियामै मजदुरी गर्दै आएका छन् ।

मलेसियामा सेक्युरिटी गार्ड रहेका बाबुरामका सल्लाहकारका बाबु भन्छन्– सम्झिँदा पनि भक्कानो छुट्छ कमरेड !

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us