एमाले सभासद् रवीन्द्र अधिकारी भन्छन्–‘माघ ८ मा संविधान आउँदै–आउँदैन’

काठमाण्डु टुडे २०७१ पुष ३ गते १२:५७ मा प्रकाशित

काठमाण्डु, ३ पुस– एमाले केन्द्रीय सदस्य तथा सभासद् रवीन्द्र अधिकारी शीर्ष नेताहरुले बारम्बार दोहोर्याएको मिति माघ ८ मा संविधान नआउने दाबी गर्छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै युवा नेता अधिकारीले भने, ‘भनेर मात्रै हुँदैन, माघ ८ मा संविधान आउँदैन, यही अहिलेको रियालिटी (यथार्थ) हो ।’

rabindra 3
व्यवस्थापिका संसदको विकास समितिका सभापति समेत रहेका नेता अधिकारीले नेताहरुको छलफल संविधान बनाउनेभन्दा बिगार्नेतिर सोझिएको समेत बताए । ‘मुलभूत विषयहरुमा सहमति भए पनि माघ ८ मा संविधान आउन सक्दैन नि’, उनले भने ।
केही दिन यता राजनीतिक दलहरुबीच भएको बहस र छलफलको दिशा सहमतिभन्दा पनि विमतितर्फ अगाडी बढिरहेको जिकिर गरे । ‘हामी संविधान बनाउन चाहन्छौँ कि बनाउने भन्दा बिगार्न चाहन्छौ ?’ उनले प्रतिप्रश्न गरे ।
उनले अहिले राजनीतिक दलहरुबीच भइरहको छलफलले मुलुकलाई घाटा हुने समेत दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us