रेखा थापा भन्छिन्, ‘छविले मलाई होइन, मैले छविलाई बनाएकी हुँ’

काठमाण्डु टुडे २०७१ पुष ५ गते ४:५० मा प्रकाशित

मिस कोसी मेरो जीवनको टर्निङ प्वाइन्ट बन्यो । ९ कक्षा पढ्दा नै मिस कोसी भए । स्कुलमै पत्रकारहरु अन्तर्वाता लिन आउँथे । ‘ए म त ठूली पो भएछु’ भन्ने लाग्थ्यो । बिस्तारै पढाइमा रुचि लाग्न छाड्यो । डिग्रीको सर्टिफिकेट लिएर केही हुने थिएन, मलाई त रेखा थापा बननु रहेछ । मेरो सर्टिफिकेट/आवरण यही रहेछ ।सानैदेखि विद्रोही स्वभावकी थिएँ लैंगिक विभेद, दाइजो प्रथाको विरोध गर्थे । स्कुलमा पनि शिक्षकलाई ‘ह्वाट इज दिस’ भन्ने हैसियत राख्थें । टाइसुटमा पढ्न जान्थें । सेतो सर्ट र नीलो फरक लगाउने सरकारी स्कुलका विद्यार्थी मसँगष् साथी बन्दैनथे । त्यो विभेद पनि मैले महसुस गरेकी छु । बाल्यकालमा खेल्ने, रमाउनेभन्दा पनि खोजमुलक टाइपकी थिएँ म । अलि अस्वभाविक थिएँभन्दा पनि हुन्छ । बुबा कानुन व्यवसायी, आमा स्वास्थ्य कार्यकर्ता, बालपन मोरङको सलकपुरमै बित्यो ।

41ce0c7da678402e92a256c3e9f86645
अहिले पनि मेरो उमेरका हिरोइन पार्टी गरिरहेका हुन्छन्, खुलेआम हिँडिरहेका हुन्छन्, खाइरहेका हुन्छन् । तर, म चार दिवारभन्दा बाहिर कतै जान्न ।गएर नराम्रो हुने होइन् । तर, हाम्रो पेसै यस्तो छ कि सकभर पर्दाभित्र रहनुपर्छ । यस्तै कुराले म ती चीजबाट टाढा भएँ । बच्चा वा टिनएजकी रेखाम थापाको अनुभूति धेरै कम छ । म एकदमै मिलनसार मान्छे हुँ । मान्छेले बाहिरी आवरण हेर्दा रोखा थापा झगडालु मान्छे भन्छन् । तर, म एकदमै सरल स्वभावकी र इमान्दार छु । एकदमै मिलनसार पनि छु । इमान्दार मान्छेलाई कुनै पनि नचाहिँदो कुरा मन पर्दैन । मन नपरेपछि विद्रोह गर्छ । त्यसपछि ऊ छुचो देखिन्छ ।

ब्वाइफेन्डले अर्कैसँग विवाह गर्‍यो

ऊ अर्कै स्कुलमा पढ्थ्यो । बाइकमा स्कुल जान्थ्यो, त्यो जमनाको हिरो नै थियो । स्कुल जाँदा–फर्कदा ऊ सधैं चोकमा भेटिन्थ्यो । मसित बोल्दैन्थ्यो तर एकोहोरो हेरिरहन्थ्यो । उसलाई देख्दा मेरो पनि ढुकढुकी बढ्थ्यो र लजाउँदै हिँड्थें । घरबाट निस्कदा आफू नराम्री लाग्थ्यो । तर, उसले हेरिरहँदा भने आफैलाई राम्री देख्थें । मलाई पनि ऊ मन पर्‍थ्यो । त्यसबखत ऊ ९ र म ६ कक्षामा पढ्थ्यौं । हाम्रो स्कुलको ल्यांग्वेज टिचर पनि थियो ऊ । प्रत्येक भ्यालेन्टाइनमा ग्रिटिङ पठाउँथ्यो, नोटबुक लिने बाहनामा घरसम्मै आइपुग्थ्यो । सँगै पानीपुरी र चटपटे खान्थ्यौं । प्रेम थियो हामीबीच ।

ऊसँगको सम्बन्धले म राम्री छु भन्ने आभास गरायो । ब्युटी कन्टेस्टमा मलाई खासै रुचि थिएन, उसकै नजरबाट म कोसी अडिसनमा गएँ ।उसले इन्करेज नगर्दाे हो त मैलै आफूलाई मूल्यांकन गर्दिनथें सायद । एसएलसीपछि म काठमाण्डु आए, ऊ उतै बस्यो । म करिअर बनाउनतिर लागें, उसले अर्कैसित विवाह गर्‍यो । उसको बिहेमा गएँ । त्यतिबेला लाग्यो, यसले किन विवाह गरेको होला ? पर्खिन सक्थ्यो नी † उसलाई मप्रति विश्वास भएन होला सायद । म पनि स्टुपिड थिएँ, मनको कुरा भन्नै सकिन । आफ्ना भावना सेयर गरिनँ । सायद गल्ती यही भयो । माया प्राप्ति मात्रै होइन, त्याग पनि हो भनेर मनलाई सम्झाएँ । बचपनको माया के होला र जस्तो लाग्थ्यो, अहिले महसुस गर्छु त्यो नै माया थियो । यो मनको कुनै कुनामा अहिले पनि त्यो मान्छे छ । कताकता मिस गपिररहन्छु । कुनै सेक्सन, वेदना वा पीडामा उसको धेरै याद आउँछ ।

आजभोलि पनि डराइडराई कहिलेकाहीं फोन गर्छ । उसलाई थाहा छ म मुडी छु भन्ने । त्यसैले धेरै फोन गर्दैन । बरु ममीसँग फोनमा मेरो खवर लिन्छ । फोन हुँदा हामी बालपनका धेरै कुरा गर्छाैं । ‘तिमीले मलाई सिरियसली लिएकी थिइनौं जस्तो लाग्थ्यो, त्यसैले बिहे गरें’, भन्दै भावुक बन्छ । म पनि ‘तैले मलाई कुर्न सकिनस है, के माया थियो तेरो भनेर जिस्काउँछु । अहिले त बोल्दा पनि फिल्मी डाइलग हुन्छ ।

rekha 2

चाँदीको एक रुपैयाँ पारिश्रमिक

पैसाप्रति म लालायित कहिल्यै भइन । पैसाको पछि दौडेको भए आज रेखा थापा बन्दिनथें । एक–दुई फिल्मपछि निर्माताहरुले फिल्म खेलाउन खोज्थे । त्यो समय मैले जति डिमान्ड गरे पनि हुन्थ्यो । निर्माताको अवस्था मैले बुझेकी थिएँ । उहाँहरुले दु:ख गरेरै फिल्म बनाइरहनुभएको छ । उहाँहरुकै कारण आज फिल्म उद्योग टिकीरहेको छ । त्यसैले निर्मातासँग कहिल्यै पैसाको डिमान्ड गरिनँ ।
पहिलो चलचित्र हिरोमा मैले चाँदीको एक रुपैयाँ पारिश्रमिक पाएकी थिएँ । मलाई प्लेटफर्म चाहिएको थियो, त्यसैले ‘हिरा’ बाट पारिश्रमिकको अपेक्षा पनि राखिनँ । उनीहरुले पनि दिन चाहेनन्, सायद त्यो श्रमशोषण थियो । दोस्रो फिल्म ‘कस्तो साइनो’मा त्यस्तै १०/१५ हजार मात्र दिए । ‘मितिनी’ खेल्दा बल्ल मैले २५ हजार पाएँ । त्यो मेरोलागि भयंकर ठूलो भयो । ‘मितिनी’पछि नै मैले लाख पाउन थाले । तर, डिमान्ड गरिन । उहाँहरुले नै कामको मूल्यांकान गरेर दिनुहुन्थ्यो । पाँच लाखसम्म पाएँ । त्यत्रौ पैसा लिँदा मेरो मनमा सधैं बेचैनी हुन्थ्यो, मैले यत्रो पैसा किन लिएँ ? भोलि निर्माताको रिटर्न आएन भने ? फिल्म नचलुन्जेल नमीठो लागिरहन्थ्यो ।
पैसालाई प्राथमिकता दिन्थें भने मसँग अहिले अथाह सम्पत्ति हुन्थ्यो होला । मसँग नामबाहेक केही पनि छैन । मात्र इन्डस्ट्रीले दिएको घर र गाडी छ ।

राजेश हमाल ‘मेकानिक’ हुन्

‘हरो’ फिल्मकी हिरोइन छानिएपछि मलाई रातभर निद्रा लाग्दैन्थ्यो । ‘के गर्ने होला, कसरी गर्ने होला’ मनमा यस्तै तर्कना मात्र आउँथे । मैले कल्पनै गरेकी थिइनँ, कुनै दिन राजेश हमालकी हिरोइन बन्छु भन्ने । सोच्थें, म ठूली हुँदा उहाँ बुढो भइसक्नुहुन्छ होला । तर, म उहाँकै हिरोइन बनेर फिल् खेल्दै थिए । त्यसैले पनि एक्साइटमेन्ट भयो ।
‘तिम्रो मन त चक्कु छुरी, यो मन सारंगी’ गीतमा पहिलो सर्ट दिएँ । सट क्यामेरा हेरेपछि निर्देशक नरेश पौडेलले भन्नुभएछ, ‘छ्या हामीले गलत च्वाइस गरेछौं ।’म बाहिर राम्री देखिन्थें रे, सेटमा नराम्री देखिएछु । त्यतिबेला नरेश सरले भन्नुभाथ्यो, ‘योृ तेरो पहिलो र अन्तिम चलचित्र हो ।’ म ‘भविष्यमा देख्नुहुनछ’ भनेर त्यतिबेला सेटमै रोएकी थिएँ । जब मैल डान्स मुभमेन्ट गर्न थालें mत्यसपछि उहाँहरु खुसी हुनुभएछ । अहिले नरेश सरलाई भेटेको बेला त्यो कुरा झिक्छु । उहाँ ‘तलाई सुध्री भन्नका लागि इन्करेज गरेको थिएँ’ भन्नुहुन्छ ।

सेटमा राजेश हमालले इन्करेज गर्लान, सिकाउलान् भन्ने सोचेकी थिएँ । अहँ, हमालबाट त्यो संस्कार मैले पाइनँ । राजेश हमालले न रेस्पोन्स गर्थे, त त गाइड नै । उहाँ त कसैसँग बोल्नु पनि हुन्न रहेछ । मेकानिक जस्तो लाग्यो मलाई । उहाँप्रतिको मेरो सम्मान यदकदा गुम्यो त्यसपछि । म नयाँ थिएँ । नयाँ कलाकारले आफूभन्दा सिनियरसँग केही सिुक्न खोज्छ । उहाँसँग १५/२० वटै फिल्म खेलें, अहँ उहाँको व्यवहारमा कहिल्यै फरक पाइनँ ।

‘सेक्योर’ हुन् छविसँग बिहे

‘हिरो’ खेलेपछि फिल्म लाइनमा चल्ने हल्ला नराम्रा लागे । पत्रपत्रिकामा हिरोइनहरुका नराम्रा समचार धेरै आउँथे । त्यतिबेलै कामना पत्रिकामा निरुता दिदीको धेरैजनासँग अफेयर र गर्भवती भएको समचार निस्कियो । यो समचारले मलाई पनि त्रसित बनायो । ‘ओहो, भोलि त बिहे गर्न गाह्रो पर्ने रहेछ, हिरोइनहरुलाई त नराम्रा भन्ने रहेछन्’ एक किसिमको ‘अनसेक्योर’ फिल गरें । मैले सत्य बोल्नुपर्छ, त्यतिबेला मलाई सेक्युरिटी चाहिएको थियो । म स्वाभिमानमा बस्न रुचाउँछु, भोलि कसैले नराम्रो भने मैले फिल्म लाइन नै छाड्नुपथ्र्याे होला । ‘बरु बिहे नै गरौं, एटलिस्ट सेक्योर त भइन्छ’ भन्ने लाग्यो । अनि मैले छवि ओझासँग बिहे गरें । मेरो त्यो निर्णयमा बुबाबाहेक अरु कोही पनि सहमत हुनुहुन्नथ्यो । दुई/दुईवटी स्वास्नी फेलिएर मान्छे, माया नै गर्ला भन्ने लोभ भयो । मैले भन्नुपर्दा सायद त्यो विवाह नै थिएन् ।

मैले बैवाहिक जीवनको अनुभूति गर्न नै पाइनँ । श्रीमान्बाटठ पाउने माया कस्तो हुन्छ, त्यो पाउने चाहना पनि थिएन मलाई । श्रीमान्सँगको जिन्दगी कस्तो हुन्छ, त्यो नियाल्ने फुर्सद पनि थिएन मसँग । सधैं बाउसँग बसेजस्तो पिल हुन्थ्यो । र, उसले पनि स्वास्नीको व्यवहार कहिल्यै गरेन, जहिले पनि आफ्नो जेठो छोरा भन्थ्यो मलाई । म पनि जवान केटी, सम्भवत: सधैं छोरा बन्न सकिनँ हँुला । टिनएजर्स थिए, त्यो टाइममा मेरो बुद्धि नै पुगेन होला ।

मन मिलेन, छुट्टिएँ

छविसँग बसेर म जवान भएँ । मलाई पनि थाहा छैन, हामीबीच कहाँबाट नराम्रो भयो । राम्रो कहिले र नराम्रो कहिले भयो थाहै भएन । यो सबै समयको खेल हो । मलाई जुन समय जे राइट लाग्यो त्यही गरें । र, यसमा खुसी पनि छु । मैले बिहे गरें, खुसी भएँ या पछुताएँ त्यो मेरो नितान्त निजी कुरा हो । १० वर्ष ऊसँग बस्दा मैले जे भोगें, जे फेस गरें, त्यो समयलाई सम्मान गर्छु । म खुसी भइनँ होला, मलाई खुसी के मा थियो, उहाँले बुझ्नुभएन होला । उहाँले खसी राख्दाराख्दै त्यो खुसी मलाई पचेन पनि होला । यति मात्र भन्न सक्छु मन मिलेन, छुट्टिएँ ।

डिभोर्स गर्दा श्रीमान्को आधा सम्पत्ति पाइन्छ । तर, म यस्ती महिला पात्र हुँ, एक पैसा नलिई उल्टै गाडी गिफ्ट दिएर हिँडेकी केटी हुँ । म सम्पत्ति या कुनै पनि कुरामा लालायित हुने केटी होइन् । मैले चर्काे घाममा ढुंगामाथि खुट्टामा खिया आउनेगरी नाचेर जगेडा गरेको पैसा र ऋणमा किनेको गाडी थियो त्यो । गाडी मेरै थियो । फिर्ता गरेको होइन । जीवन एकपटक पाइन्छ । कोहीसँग सम्झौता गर्नुपर्छ भन्ने मलाई लाग्दैन । कसैको शासकीय प्रवृत्तिमा, कसैको दमनमा बस्नुपर्छ भन्ने जरुरी छैन । कोही कसैको दासी होइन । आफ्नो अडान र इमान्दारितामा रम्ने स्वाभिमानी केटी हुँ म । उहाँले रेखाले मेरो घर र गाडी फर्ता दिई, मैले रेखा फिल्मस् उसलाई दिएँ भन्नुहुन्छ रे । रेखा नाम कसको हो ? अनि रेखा फिल्म कसरी मेरो नाममा फिर्ता हुन्छ ? कस्तो अजीब कुरा, म त जिल्ल पर्छु । छवि प्रोडक्शन मलाई दिएको हो र ? त्यो त त मेरो नाम युज गरेर बनाएको ब्यानर थियो । अनि मेरै ब्यानर मलाई कसरी फिर्ता हुन्छ ? मेरो लाइफमा म मात्रै छु । मेरो बारेमा बोल्ने अधिकार मलाई मात्रै छ । मलाई जुन समय जे राइट लाग्यो, त्यही गरें । र यसमा खुसी पनि छु । अब म पास्टका कुरा गर्न चाहन्न ।

छवि बीचको पुरुष पर्नु भो

‘आइएम ब्याचलर’ । आजभोलि चाहिं कताकता बिहे गरौंजस्तो लाग्छ । श्रीमानको महत्व कस्तो हुन्छ होला ? बिहे गरेपछि के–के हुन्छ होला ? त्यो चिज बुझ्न मन लागेको छ । बिहे गर्ने उमेर भर्खरै छ भाछ । आमा बन्ने रहर अझै छैन मलाई । पहिले त बिहे नै गर्ने रहर छ । अवश्य त्यतिबेला पनि बच्चा चाहिनँ होला । स्कुलदेखि नै लैंगिक विभेदको विरोध गर्थें । कमाउने छोरी हुँ, छोरा बराबर छु । अनि मेरी ममी दुई दिन आएर बस्दा, दुई छाक खाँदा ‘रेखाकी आमा कति आउँछे’ भन्ने त्यो लोग्नेमान्छेको सोच कति निकृष्ट हो ? सरस्वतीकी रुप हुन् मेरी आमा । सबैलाई राम्रो संस्कार दिएर हुर्काउनुभयो । ममी ६० लाग्नुभयो । छवि र ममीमा १० वर्षको ग्याप होला । मलाई लाग्छ, मेरी ममीलाई जजमेन्ट गर्ने हैसियत ऊसँग छँदै छैन । हामी छुट्टिनुमा मेरी ममीलाई दोषी देख्यो । मर्दांगी भएको पुरुषले यस्ता कुरा नगर्नुपर्ने हो, सम्भवत: उहाँ बीचको पुरुष पर्नुभयो । कमजोर मान्छेले अर्कालाई आरोप नलगाउने हो । म आरोप लगाउन चाहन्नँ । संसारमा सबैकी आमा ममतामयी नै हुन्छन् । कुनै पनि यस्ती आमा छैनन्, जसले आफ्नै सन्तानको घर बिग्रियोस् भन्ने सोच्छ । सम्भवत: सौतेनी आमाले पनि त्यस्तो सोच्दिनन् होला । छविलाई मेरो प्रतिप्रश्न छ: पहिली स्वास्नी उहाँले छोड्नुभयो । दोस्री स्वास्नी झुण्डिएर मरिन् । उसकी आमाले के गर्दा हो ? यदी मेरो ममीजस्तै उसकी आमा भइदिइएको भए सायद कुनै स्वास्नी आत्महत्या गर्नुपर्ने, कुनै छोड्नुपर्ने स्थिति आउँदैनथ्यो होला । राम्रो संस्कार त पाउँथ्यो होला नि । उसको भाग्य नै त्यस्तै छ । ममीलाई सुनाएँ, उसले त तपाईंलाई आरोप लगायो रे नि ? ममी हाँस्नुभो । ‘विचरा कहिले सुध्रने होला है उसको विचार’, ममीले यति मात्र भन्नुभयो ।

rekha_chhabi
मैले छविलाई बनाएको हुँ

छवि ओझाले आइटम डान्समा पनि पत्याएको थिएन मलाई । नरेश पौडेलले आफ्नी प्रेमिकालाई लिड रोलमा लिएर फिल्म बनाइदिए । तर रेखा थापाकै ब्यानरमा बनेको ‘अजम्बरी नाता’ मा निरुता सिंह लिड रोलमा थिइन् । मलाई एउटा आइटम डान्स मात्र दिइएको थियो । छविको फिल्ममा रेखा थापा कि निरुता किस्मत । उहाँलाई त कसले चिन्थे र ? र अर्को कुरा, रेखा थापालाई छवि ओझाले पालेको पनि होइन । म ‘इन्डिपेन्डेन्ट’ केही हुँ ।

सभासदको टिकट पनि काम लागेन

माधव नेपालको सरकारविरुद्ध एकीकृत माओवादी सडक आन्दोलनमा थियो । आन्दोलनमा धेरै मान्छे जान डराए । तर, म गएँ । मलाई कसैले लगेको होइन । आफैं गएकी थिएँ । मेरो करिअर नै सखाप हुन सक्थ्यो । करिअर दाउमा राखेर म त्यहाँ जान हुने अनि प्रचण्डबा स्टेजमा आएर मसँग नाच्न नहुने ? कला क्षेत्रको सम्मान थियो त्यो । तर ‘प्रचण्ड रेखासित नाचे’ भनेर धेरैले धेरैथरि विश्ेलषण गरे । एमाओवादीमा लागेपछि राजनीति गर्छु, देश हाँक्छु भन्ने सपना देख्न थालिसकेकी थिएँ ।

पार्टीले पर्सा क्षेत्र नम्बर १ बाट मलाई टिकट पनि दियो । पेरिसडाँडामा टोपबहादुर रायमाझी दाइ र मैले टिकट लिएर उदघाटन गरेका थियौं । टोपबहादुर दाइ त्यही दिन प्लेनमा आफ्नो क्षेत्र जाँदै हुनुहुन्थ्यो । म उर्मिला दिदीहरुसँग साँझ बसमा जाँदै थिएँ । त्यसैबेला भोटर लिस्टसहित निर्वाचन आयोगको कार्यालय जान भनियो । टोपबहादुर दाइ त पसिनै पसिना हुनुभयो । हातमा टिकट छ, भोटर लिस्टमा नाम छैन । प्रचण्ड, बाबुराम भट्टराई, पोष्टबहादुर बोगटीलगायत नेता एकै ठाउँमा हुनुहुन्थ्यो । ‘तपाईं मान्छेचाहिं हरे के भाको’, प्रचण्डबाले गाली गर्नुभयो । अरु नेताले पनि गाली गर्नुभयो । हजुरहरुले भन्नुपथ्र्यो नि, मलाई सोध्नुपर्दैनथ्यो, मेरो मात्र होइन, तपाईंहरुको पनि दोष छ, मैले उहाँहरुलाई भनें । त्यसपछि मनोनित गरिदिउँला भन्नेसम्मका कुरा पनि आए ।

मैले मिस नेपालमै पाठ सिकेकी थिएँ । मान्छेले उमेरभन्दा ज्यादा गर्न नहुने रहेछ । त्यसपछि गणेशमान सिंहले भनेजस्तै ‘भेडा नै हुँ’ भन्ने पनि लाग्यो ।
म अझै पनि राजनीति गर्न लायक भइसकेकी रहेनछु । सोच्थें देश युवाले हाँक्ने हो । कहाँ पिण्ड खाने बूढाहरुले हाँक्ने हो र ? म त गलत रहेछु । त्यो रात रोएरै बित्यो । उज्यालो नभइदिएको भए हुन्थ्यो झैं लाग्यो । लाज लाग्यो । कसरी फेस गर्ने होला ? कति ठूलो मिस्टेक । त्यो गल्ती मैले लुकाउन पनि सक्थें । तर लुकाउन चाहिनँ । मैले बुझें एक्लो लडाकु रहेछु म । मेरा वरिपरि कोही रहेनछन् । म युद्धमा सधैं एक्लै थिएँ । एक्लै नै रहनेछु । म एक्लो योद्धा थिइनँ भने सायद कसैले घच्घच्याउँथ्यो । मलाई त साथीहरुले पनि भनेनन् । साथी बन्न पनि सबैजना रेखा थापाको पछाडि आउँदा रहेछन् । त्यो रेखा थापाको नर्मल युवतीलाई पनि अरु युवतीसरह माया चाहिन्छ, सामिप्यता चाहिन्छ । त्यो साथ त कसैले दिँदोरेहनछ । यसबाट ठूलो पाठ सिकें ।

आर्यन, विराजहरु मेरा बच्चा हुन्

रेखा फिल्मले सधैं नयाँ कलाकारलाई स्थान दियो । एकपटक लिएको कलाकार फेरि अर्कोपटक प्रा:य लिन्न । किनकि अर्कोले पनि चान्स पाउनुपर्‍यो । विराज भट्ट, आर्यन सिक्देल मैले नै ल्याएका मान्छे हुन् । सिरियल खेल्ने केटाहरुलाई हिरो बनाएँ । आर्यन सिरियल खेलिराथ्यो । लोकदोहोरी खेल्थ्यो क्यारे । मेले किस्मतमा ब्रेक दिएँ । विराजलाई हिम्मत खेलाएँ । मैले जन्माएका सन्तान मभन्दा ठूला कहिल्यै हुन्छन् ? उल्टै मसँग नाम जोड्दा चित्त दुख्छ कि दुख्दैन ? दुइटै हातबिनाका मान्छेलाई हिरो बनाउने हैसियतकी केटी हुँ म । हिरो चाहिंदैन । हिरो बनाउँछु म । अहिले चलेका हिरोहरु हिजो मसँगै खेलेर हिट भएका हुन् । हो घमण्डी चाहिं यहींनेर भएँ । यस कुरामा म घमण्डी नै हुँ । मान्छेले हैसियत बिर्सनुभएन । सहयोग एकपटक गर्छ मान्छेले पटकपटक गर्दैन ।
स्मरण रहोस् आर्यन, विराजहरु रेखा फिल्म्सले जन्माएको हो । यी त मेरा बच्चा हुन् । तिनीहरुसँग मेरो नाम पटकपटक जोडेर गसिप किन बनाइन्छ ? मलाई त यिनीहरुका विषयमा कुरा गर्न पनि लाज लाग्छ । यिनीहरुसँग मलाई जोडिन्छ तर म बाटोमा भेट्दा बोल्दा पनि बोल्दिन होला ।

दुई वर्षपछि बिहे गर्छु

बिहे र मृत्युबारे भाग्यमा विश्वास गर्छु । सफलताबारे कर्ममा । रेखा थापालाई अफर गर्नै डराउँछन् । हिरोइन मेरो पेसामा हो । तर म एकदमै साधारण केटी हुँ । समाज, देश र नारी जातिलाई सम्मान गर्ने पुरुष जो सानोतिनो घिसीपिटी कुरामा चियोचर्चो गर्ने खालको हुनुभएन । मर्दांगी भएको र पुरुषको परिभाषाभित्र पर्ने मान्छे मलाई मन पर्छ । जो इमान्दार, स्वाभिमानी र हक्की स्वभावको होस् । बिहे गर्ने इच्छा छ । अबको दुई वर्षभित्र गर्छु । मेरा लागि पनि कहीं न कहीं, कोही न कोही त लेखेकै होला । भेटिएन भने पनि मसँग अथाह उमेर बाँकी नै छ । ५० वर्षको उमेरमै भए पनि गरौंला । न इण्डियाको रेखाजस्तै पो हुन्छु कि ? ट्वाइटेलमा मेरो नाम लेख्नेलाई ट्वाइलेटमै थुनिदिएँ । स्कुलमा एकदमै मिलनसार थिएँ । तर, केटाहरुसँग चाहिं झगडा हुन्थ्यो । कक्षा ६ मा पढ्थें । एउटा केटाले ट्वाइटेलमा रेखा प्लस फलानो भनेर देखेछ । त्यसले अघि अघिदेखि नै र्‍याक गथ्र्यो । इरिटेशन हुने गरी हेरिरहन्थ्यो । बेलाबेला दृष्टिशोषण नै गथ्र्यो । दृष्टिशोषण त्यही बेलादेखि खतरनाक लाग्थ्यो । शारीरिक शोषणमा न्याय पाइन्छ, दृष्टिशोषणमा उसले उन्मुक्ति पाउँछ । दृष्टिशोषण यति खतरनाक शोषण हो, यसले मान्छेलाई ह्यारेसमेन्ट नै गर्छ । मलाई पहिलेदेखि नै त्यो केटासँग रिस उठ्थ्यो । झन् ट्वाइलेटमै लेखेपछि मेरो कन्पारा घुम्यो । त्यसको सर्ट, टाई निकालेर कुट्दै ट्वाइलेटमै लगेर थुनिदिएँ । पछि उसलाई रेस्टिकेट पनि गरियो । त्यो केटालाई भकुरेदेखि कसैले मलाई हेर्ने हिम्मत पनि गरेनन् ।

सुदर्शनको प्रेममा आशक्त भएँ

दुवै हात नभएको सुदर्शन गौतमले सगरमाथा चढ्यो । अरुले उबाट इन्करेजमेन्ट लिन उसलाई फिल्म खेलाउनुपर्छ भन्ने लाग्यो । मैले प्रस्ताव राखें, तर उसले मानेन । पछि क्यानडाबाट बोलाएर मैले आफैं ‘ट्रेन्ड’ बनाएँ । त्यसपछि ऊ फिल्म खेल्न राजी भयो । फिल्म हेरिसकेपछि कसैले पनि भनेन कि यो नयाँ केटा हो । सुदर्शन मेरो प्रेम हो । ऊप्रति आशक्त भएँ म । कस्तो राम्रो मान्छे, त्यो मान्छेसँग प्रेममा पर्नु स्वभाविक हो । यो देशको स्टार हुँ म । रेखा थापाले केटा पाउँदिन लभ गर्नलाई ? तर मेरो लभ त्यहाँ गएर किन अड्क्यो ? मेरो लभ अरुले सोचेजस्तो होइन । म माया गर्छु उसलाई । मलाई थाहा छ, उ म्यारिड हो । तर पनि म उसलाई माया गर्छु । उसका दुवै हात छैनन्, तर हिम्मत हेर्नुस् । लोग्ने मान्छे भनेर म परिभाषित गर्छु नि त्यो लोग्ने मान्छे हो ऊ । उसलाई मैले जुन माया देखाउँछु, जुन सम्मान दिन्छु, त्यो उदाहरण बनोस् भन्ने चाहन्छु । प्रेम भन्ने चिज कहाँ कतिबेला, कोसँग पर्छ भन्ने थाहै हुँदैन ।

Nepali actress Rekha Thapa Beautiful

प्रेमले न विवाहित/अविवाहित हेर्दोरहेछ, न अंग हेर्दोरहेछ । न जात । साँचो प्रेमले केही पनि हेर्दैन । मलाई मेरो दायरा थाहा छ । ऊ अनम्यारिड हुँदो हो त सायद म बिहे पनि गर्थें होला । हिजोका दिनमा पनि मैले फरक मान्छे नै छानेकी हुँ नि उमेरभन्दा जेठो । मैले कहाँ आवरण हेरें ? त्यो टाइममा पनि म मोडल भइसकेकी थिएँ । सुदर्शनसँगको प्रेम एकदम नितान्त, निष्पक्ष, कञ्चन र मीठो हो । यो प्रेममा कुनै स्वार्थ छैन । सुदर्शनले मलाई माया गर्छ । तर मायाभन्दा बढी इज्जत गर्छ । उसलाई पनि मेरो नजिक आउँदा भ्रम थियो रे । रेखा थापा युज एण्ड थ्रो गर्छे । एकदम खतरनाक छे, छुच्ची, मुठी भन्ने । तर उसले मलाई ती सबैभन्दा फरक पायो रे । उसका अनुसार म एकदम साधारण छु । जसले पूजापाठ र धर्ममा विश्वास गर्छे ।

आजको नयाँ पत्रिका दैनिकसँग रेखाले छविले आफूलाई बनाएको नभएर आफूले छविलाई बनाएको बताएकी छन् । ‘हिजो नमस्ते नेपालको टिनको छानामा बस्ने व्यक्तिको आफ्नो घर त बन्यो नि ,व्यानर बन्यो ,स्थापित प्रोड्युसर भए । हिजो नरेश पौडेल र श्याम खेतानको पछि थर्डमा हुन्थे,’ रेखाले छवि आफ्नै कारण व्यावसायिक रुपमा सफल भएको दाबी गर्दै भनेकी छन्,‘मैले फस्ट बनाए नि त । रेखा फिल्म्स् बनेपछि उहाँ सोले प्रोड्युसर बन्नुभएको हो । फिल्ममा अलरेडी मेरो नाम युज गरिन्थ्यो–रेखा थापाको हिम्मत,रेखा थापाको किस्मत । उहाँलाई त कसले चिन्थे र ?’ यसैबीच,रेखाले अबको दुई वर्षभित्रै बिहे गर्ने बताएकी छन् । उनले आफूलाई बिहे गर्ने तिब्र इच्छा भएको र अहिलेसम्म भने कोही पनि फेला नपरेको संकेत गर्दै भनेकी छन्,‘अबको दुई वर्षमा बिहे गर्छु । मेरा लागि पनि कहीँ न कहीँ कोही न कोही त लेखेकै होला । भेटिएन भने पनि मसँग अथाह उमेर बाँकी नै छ । ५० वर्षको उमेरमै भए पनि गरौंला ।’ थापाले सुदर्शन गौतमको प्रेममा रहे पनि उनीसँग बिहे हुने या नहुने बारे भने केही पनि बताएकी छैनन् । उनले सुदर्शनसँग प्रेम रहेको स्वीकार्दै भनेकी छन्,‘सुदर्शन र मेरो प्रेम छ । म उप्रति आशक्त भएँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us