उपचारका नाममा देश दोहन

काठमाण्डु टुडे २०७१ पुष ६ गते ७:०३ मा प्रकाशित

devendra koiralaनेपालका अस्पतालहरुमा बिरामी र उनीहरुका आफन्तहरुको आआफ्नैकथा सुन्नपाइन्छ । कुनै सामान्य नेपालीले आफ्नो परिवारको जीवन रक्षाको लागि सारा सम्पत्ती र समय अर्पित गरेको र अन्त्यमा सबै सकिएपछि बिरामीपनि सकिएको यथार्थ दैनिक रुपमाहामीले देखिरहेका हुन्छौं । अझक्यान्सर, मिर्गौला लगायतका महंगाउ पचारमा नेपालीजनताहरुको सम्पत्ती स्वाहाभएको र अन्त्यमा बिरामीको मृत्यु भई परिवार पनि सडकमापुगेको हामीले देखेका छौं ।
उपचारको अभावमाडा. वाग्लेले ज्यानगुमाए । उनलाई बचाउन सकिएको भए अरु हजारौं गरीवजनताले उनको सेवापाउने थिए । तर जनताका नजरमा घृणाका पात्र भएपनि साधन, श्रोत, सत्ताहातमालिएर देशको ढुकटीलाई दोहनगर्दै आएका हरितन्नम रोगी नेताहरुले देशको ढुकुटीआफ्नो रोगको उपचारको लागिगंगाको पानीझैं बगाइरहेकाछन् । प्रजातन्त्र, लोकतन्त्र, बहुदलीय जनवादका रंगिचंगीजन्तर भिरेका नेपालका नेताहरु कति महंगा भए भने, यिनका उपचारको लागिजनताले एउटाबाख्रो, भैंसी र भातखाने खेत बेचेर पनिनपुग्ने भयो ।कुनै कामनभएपनि नेपालको संबिधानमै बिभिन्न पद तोकेर गौंडागौंडामा राखिएका राष्ट्रपति, उपराष्ट्रपति, सत्तामा बसेकापार्टीका नेता, मन्त्री र तिनकाआसेपासे, स्वास्नी, सालासाली, भाञ्जाभाञ्जी, झोले कार्यकर्ता आदिकामिर्गौला, कलेजो, फोक्सो, आन्द्राको रक्षाको लागि नेपालीजनताले अबलाखौंमा हैन, करोडौंको भारी बोक्नुपर्ने भयो ।जनताले हाडघोटेर संचय गरेको राज्यकोषबाटएकजना रोगी नेताको लागिएकपटकमा करोड रकमखर्च गर्नुपर्ने अबस्था छ ।यिनीहरु नेपालमै सम्भवउपचारहरु पनियतानगरीमिर्गौलाधुनबैंककजान्छन्, आन्द्रो देखाउनजापानजान्छन्, किमो हान्न अमेरिकाजान्छन् । हामीजनतालाई सिटामोल किन्ने पैसा माग्दा न कुनै साहुले पत्याउंछ, न बैंकले, न राज्यले । तर उनीहरुको उपचारकालागि राज्यसत्ता रातदिनजागा बसेको छ ।
नेतात्यस्ताहोउन्, जो बिरामीपर्दा जनताहरु उनिहरुको स्वास्थ्यको कामनागरुन्, जो आउंदा स्वस्फुर्त रुपमाश्रद्धा र सम्मानले झुकुन्, जसको सुरक्षा र उसको जीवनको बारेमाजनताआफै सजग रहेर पहरेदार बनुन् । तर नेपालले त्यस्ता नेतापाउनु त परै जावोस्, बिगतमाआशालाग्दानजरले हेरिएका नेताहरु समेतकाप्रतिआस्था र भरोसा उठिसकेको छ ।उनीहरुउपचारमा करोड सकेर फर्किन्छन् अनितंग्रिएपछि एयरपोर्टकाभिआईपिकक्षमाआएर बिपक्षीपार्टीलाई दुईचारवटागाली गरेरआफ्नो कर्तव्य पूरा गर्छन् अनिप्रहरीको सुरक्षामा साइरन बजाउंदै घरतिर लाग्छन् । हामी यिनीहरुलाई मर्न दिनपनि सक्दैनौं र यि बांचे पनि सधैंहाम्रा राज्य कोषका भण्डार रित्याउंदैछौं ।
गएको ६ महिनाअघि सुनकोशीमा पहिरो आउंदाघाइते भएका जनताहरु अझै पनिपाकेको घाउको पिपनिचोरेर बसिरहेकाछन् । उनीहरुलाई ५ हजार राहतदिनउनीहरुको घुंडाबाटपसीनाआउंछ । तरयी राजनीतिक पेशेवरहरुको उपचारकालागि राज्यको ढुकुटी सधैं खुल्ला छ । उपचार त एकातिर छंदैछ, ओखतिमूलो बाहेक उनीहरुकाआसेपासेहरुको प्याकेज टुर, हवाई भाडा, समुन्द्र सयर, डिनर, रक्सी, कुरुवाखर्च र बिदेशका सुन्दरीहरुसंग गरिने रासलिला समेतकालागिहामीले हाम्रो भण्डार उनीहरुलाई सुम्पनु पर्ने अबस्था छ । यतिमात्र हैन यिनका छोराछोरी, ज्वाई, सम्धीदेखि सौतानी आमापटृीका पुस्तालाई सरकारी सुबिधाको नियुक्तिमा जनताले तलब खुवाईदिनुपर्ने अर्को बोझ छ । फेरी यतिमात्रै हैन, स्वतन्त्रन्यायालयका धुरन्धरपक्षपातीयिनकामहान् कार्यकर्ताहरुलाई न्यायाधिशपदमा राखेर बलत्कारीहरुलाई उन्मुक्तिदिन सकिने न्यायिक व्यबस्थागर्न समेत हामीतयार हुनुपरेको छ ।
भर्खरै नेपालका सत्तासिनपार्टीका ३ नेताको उपचारमामात्रै यो कंगाल देशले झण्डै ५ करोड खर्च गरेको सार्वजनिकभयो । सार्वजनिकनभएका अरबौंकाहिसावगुमनामछन् । यसअघि एउटा आन्द्राको दाग देखाउन शितलनिवासका महामहिमले झण्डै करोड रकमजापानी अस्पतालमा चढाए । ५ करोडखर्चिनु पर्ने नेताहरु न त यो देशकालागि महात्मागान्धी हुन्, न नेल्सन मण्डेलावा न लेनिनवा माओ । यी त हिजो ज्ञानेन्द्रको करेसावारीमाचोर्दै गर्दा लखेटिएपछि माओवादीका क्याम्पमा छिरेर ज्यान र पेशाजोगाएका स्वार्थी चण्डाल हुन् । उनीहरुको घांटीमा प्रजातन्त्र, लोकतन्त्रको अलौकिक र अनौठो जन्तर झुण्डिएको छ र त्यहिजन्तर देखाएर यिनीहरु देशका सोझा जनतालाई लडाइरहेका छन् र आफु मिलेर यो कंगाल देशलाई लुटिरहेका छन् ।
कुनै कर्मचारी उमेर पुगेपछि अवकाश लिन्छ, कुनै मजदूर शारीरिक रुपमा अशक्तभएपछि घरमा बस्छ, कुनै गाडीबिग्रियो भने अर्को गाडीखोजेर यात्रुलाई गन्तव्यतिर लगिन्छ । गोरु बुढो भयो भने गोठमानयां बहर आउंछ, भैंसी थाकेपछि अर्को लैनो भैंसी भित्रिन्छ । तर नेपाल त्यस्तो देश हो, जहां राजनीतिको लगाम समात्ने हातहरुमा होस हराएका हुस्सु बुढाहरु, रोगले थलापरेर बैठकमै जाननसक्ने अशक्त रोगीहरु, नयां सोंच र आधुनिक पुस्ताको मर्म नबुभ्mने संकिर्ण बुद्धि र सोच भएकाहरुले ओगटेर बसेकाछन् । समस्या अझ बढि कहांनेर छ भने नेपाली जनताले यिनको अशक्तज्यान र अंगको मर्मतकालागि बिदेशका महंगा हस्पिटलहरुमा राज्यकोषको भकारी फोरिरहनु पर्छ । उनीहरु आफ्नो शरीरको लागि आफ्नो अकूत सम्पत्तीबाट एक चिम्टीपनि झिक्दैनन्, यहि राज्यको कोषमा दोहनगर्छन् । त्यसैले उमेर पुगेका, रोगीहरु, आफ्नै ज्यान स्याहार्न नसक्ने अनि बारम्बार उपचार गराइराख्नु पर्नेहरुलाई राजनीतिको मैदानबाट हटाउनु पर्दछ । राज्यको कोषमा बैधानिक रुपले डकैतिगर्दै नालायकहरुको शरीरका रोगीअंगलाई मर्मत गर्ने नाममा खन्याइएको करोडौ रकम लुटाउने कार्य तुरुन्त बन्द गर्नुपर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us