गगन थापा भन्छन्– सिके राउतसँग डराउनुपर्दैन, केपी ओलीबाट नेपाललाई खतरा छ

गगन थापा २०७४ वैशाख १४ गते २१:४६ मा प्रकाशित

धर्मको नाममा राजनीति भइरहेको छ । हामी देख्छौं धर्मका नाममा कतिपय देशहरु जलिरेहका छन् । मन्दिरमा भएको मुर्ति बेच्नेहरु तपाईंहरुको बीचमा आएर भन्छन् हाम्रो धर्म खतरामा छ । हामी धर्म जोगाउँछौं भन्छन् । आफ्नो पार्टीको भन्सार भर्नका निम्ति देशको मान र प्रतिष्ठा बेच्नेहरु तपार्इं हाम्रो बीचमा आएर भन्छन् यो राष्ट्रियता खतरामा छ । हामी जोगाउँछौ । अनि हामी कहिलेकाहीं बरालिन्छौं । लाग्छ हाम्रो धर्म खतरामा छ । लाग्छ हामीलाई हाम्रो राष्ट्र खतरामा त छैन ? तिनले हाम्रो राष्ट्र जोगाइदिन्छन् । तिनले हाम्रो धर्म जोगाइदिन्छन् ? जनता जाग्न आवश्यक छ । पार्टी जिम्मेवार हुन पनि आवश्यक छ । नेकपा एमाmेका अध्यक्षलाई यही मञ्चबाट आग्रह गर्न चाहन्छु । सरकारले संशोधन प्रस्ताव दर्ता भएको छ । देशलाई निकास दिन निर्वाचन आवश्यक छ । काठमाण्डुका विभिन्न मञ्चबाट कुर्लंदै नेकपा एमालेका अध्यक्षले भन्नुभएको छ । यो संशोधन प्रस्ताव पारित भयो भने यो भन्दा ठूलो राष्ट्रघात अरु केही पनि हुँदैन । म एउटा कुरा मात्र स्मरण गराउन चाहन्छु संविधानसभामा रेकर्ड छ, मैले बोलेको होइन, तथ्य आफैं बोल्छ ।

सरकारले संसदमा नेपालको जुन नसक्दा दर्ता गराएको छ । त्यो नक्सामा न पुष्पकमल दाहालले बनाउनुभएको नक्सा हो, न शेरबहादुर देउवाले बनाउनुभएको नक्शा हो । सदनमा संविधानमासभा अहिले पनि रेकर्ड छ । केपी ओलीले हिजो बनाएर बुझाउनुभएको नक्शा आज फोटोकपी गरेर बाँड्दै गर्दा हामी राष्ट्रघाती हुने ? त्यही नक्शा हिजो पेस गर्ने केपी ओली नेपालको सबैभन्दा ठूलो राष्टन्वादी हुने ? आज उभिएर काँग्रेसका मानिसहरुले बोल्न सक्ने कि नसक्ने ? प्रश्न गर्न सक्ने कि नसक्ने ? प्रश्न सिके राउतको उठ्यो । सिके राउतसँग कोही डराउनुपर्दैन । सरकारले डराएर गिरफ्तार गरेको पनि होइन । बढी हल्ला गर्न थाल्यो, उत्ताउलो भयो भनेर केही दिनका लागि लिएर आएको हो । सिके राउतसँग काठमाण्डुका युवाहरुले देखाइदिन्छु भन्नु पनि पर्दैन । मधेसमै हाम्रा तन्नेरीहरु छन् । राष्ट्रवादी मधेसका तन्नेरीहरुले यत्रो वर्ष नेपालको सिमाना जोगाएर राखे । नेपालको विखण्डनको कुरा गर्ने सिके राउतलाई तह लगाउन मधेसकै तन्नेरीहरु काफी छन् । हाम्रा मधेसी साथीहरु नै काफी छन् । हामीले बरु चिन्ता के गर्नुपरेको छ भने काठमाण्डुमा चिटिक्क परेको दारा सुरवाल टोपी लगाएर कालो चश्मा लगाएर चोर औला मधेसतिर देखाएर यी विखण्डनकारीहरुका कारण नेपालको राष्ट्रियता खतरामा प¥यो भन्नेहरुका कारणले गर्दा बरु नेपालमा विखण्डनको हावा चल्न थालेको छ । यिनको मुख बन्द गर्नुपर्ने बेला आएको छ । निजको बीचमा उभिएर भन्नुपर्ने बेला आएको छ, नेपाल सबैको हो । मधेसमा बस्नेको पनि हो । पहाडमा बस्नेको पनि हो । हिमालमा बस्नेको पनि हो । हामी सयभन्दा बढी जातिका मानिसहरु छौं । थरीथरी भाषा बोल्नेहरु छों ।

हामी सबैको एकता मात्रै नेपालको सबैभन्दा ताकत हो । कसैले भारत देखाएर तर्साउनु पर्दैन । कसैले चीन देखाएर तर्साउनु पर्दैन । कसैले फकाउनु पनि पर्दैन । हामीलाई राम्रोसँग थाहा छ भारत र तीन दुई उदाउँदा महाशक्तिहरु हुन् । तिनलाई धेरै जिस्काउनु हुँदैन । तिनको चित्त धेरै दुखाउनु हुँदैन । तर, सँगसँगै उभिएर भन्न सक्नुपर्छ चित्त तिम्रो मात्र छैन, चित्त हाम्रो पनि छ । तिम्रो चित्त हामी दुखाउँदैनौ. । तर हाम्रो चित्त दुखाउने अधिकार पनि कसैलाई छैन । यो भन्ने हिम्मत राख्न सक्नुपर्छ । अँध्यारो कोठामा गएर छोराछोरीका निम्ति लम्पसार परेर छात्रवृत्ति मागेर बस्ने, अँध्यारो कोठामा गएर मेरो निर्वाचन क्षेत्रमा एउटा छात्रबास बनाइदेऊ भनेर मागेर बस्ने अनि मञ्चमा आएर नेपालको राष्ट्रियता खतरामा छ भनेर कुर्लिएर बस्ने । जनतालाई जहिले पनि बराल्ने यो कुरालाई पनि बुझ्न आवश्यक छ । म नेपाली काँग्रेसका सम्पूर्ण साथीहरुलाई आग्रह गर्न चाहन्छु । खास गरीकन नेपाली काँग्रेस काठमाण्डुका साथीहरुलाई । हामी काँग्रेसका सदस्य हौं । त्यसमाथि हामी काठमाण्डुका नागरिक पनि हौं । हामी राजधानीबासी हौं । हामी राजधानीबासी भएको कारणले गर्दा हामीले बढी सुविधा पाएका छौं । हामीले बढी अधिकार पनि पाएका छौं । हाम्रो जिम्मेवारी पनि बढी छ । आज यही काठमाण्डुलाई केन्द्र बनाएर जसरी नेपालमा गलत ढंगबाट विखण्डनको हावा चलाउन खोजिएको छ, राष्ट्रियताको ढोंग पिटिएको छ । अब काठमाण्डुले यो निर्वाचनबाट जवाफ फर्काउनुपर्छ । काठमाण्डुले निर्वाचनको मतपेटिकाबाट जवाफ फर्काउनुपर्छ हामीलाई कसैले सिकाउनुपर्र्दैन । हामीलाई कसैले पढाउनुपर्दैन । यो काठमाण्डुले सिंगो नेपाललाई सन्देश दिन सक्नुपर्छ । त्यसैले नेपाली काँग्रेसका साथीहरुले कुने पनि हीनताबोध नराखीकन यो मञ्चमा शेरबहादुर देउवा हुनुहुन्छ, यो मञ्चमा प्रकाशमान सिंह हुनुहुन्छ । आफ्नो जीवन समर्पण गर्नुभएको छ । आज लाग्छ पार्टीका कुनै सदस्यका लागि पार्टीले एउटा सरकार पाउनका निम्ति ।

एउटा मन्त्री पाउनका निम्ति ५ महिना, ६ महिना सरकारमा बस्ने कुराका निम्ति नेपाली काँग्रेस यो राष्ट्रको माटोसँग कुने घात गर्लाजस्तो नेपाली काँग्रेसका साथीहरुलाई लाग्छ ? यो नेपालको प्रतिष्ठासँग घात गर्ला भन्ने कोही साथीलाई लाग्छ ? त्यसो भए हिनताबोध केका लागि ? आत्मविश्वासका साथमा काँग्रेसका साथीहरुले छाती ठोकेर भन्नुस् । किनकी काँग्रेसले जिम्मेवारी पुरा गर्दैगर्दा हो जिम्मेवारीको भारी बोक्दै गर्दा कहिले काहीं हामी थाकेका जस्ता देखिन्छौं । हामी थाकेका होइनौं भारी धेरै गहु्रँगो भयो । कसैलाई बोल्दिए पुग्छ, कसैलाई हप्काइदिए पुग्छ । यो भएन भनिदिए पुग्छ । तर काँग्रेसलाई बोलिदिएर मात्र पुग्दैन । काँग्रेसले गर्नुपर्छ । संविधानसभामा आयो, संविधान बनायो । अब अहिले कसैकसैलाई निर्वाचन चाहियो भनिदिए पुग्छ । कसैलाई चाहिएन भनिदिए पुग्छ । काँग्रेसले चाहियो र चाहिएन भनेर सुख पाउँदैन । हामीलाई निर्वाचन गराउनुछ । एमालेलाई पनि सम्हाल्नुछ । मधेसका दललाई पनि सम्हाल्नुछ । सरकारमा बसेको माओवादीलाई पनि सम्हाल्नुछ । जेठाबाठो त्यसै हुन पाइँदैन । सबैलाई सम्हालेर फकाएर लिएर जानुपर्नेछ । त्यो जिम्मेवारी नेपाली काँग्रेसले पुरा गर्छ । त्यो जिम्मेवारी पुरा गर्नका निम्ति काँग्रेसको ताकत सिंहदरबार होइन । काँग्रेसको ताकत शीतलनिवास होइन । काँग्रेसको ताकत बालुवाटार होइन । सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली काँग्रेसको ताकत देशभरी रहेका पार्टीका हामी साथीहरु हौं । हामीमा आत्मविश्वास छ । हाम्रो आत्मविश्वास नै पार्टीको शक्ति हो । यो शक्ति नेपाली काँग्रेसले प्रयोग गरेर नेपाललाई निकास दिन्छ । वैशाखको मसान्तसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ । कोही कुनै अलमलमा नपर्नुहोला । निर्वाचनको तयारी गर्नुस । काठमाण्डु जिल्लामा आठ निर्वाचन क्षेत्रमा काँग्रेसले चार तारे झण्डा ठड्यायो । यो पटक पनि सबै नगरपालिकामा, महानगरपालिकामा काँग्रेसले चारतारे झण्डा फरफराउँछ ।

(स्वास्थ्यमन्त्री समेत रहेका काँग्रेसले नेता थापाले राजधानीमा भएको काँग्रेसको चुनावीसभामा दिएको मन्तव्यको सम्पादित अंश)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us