
काठमाण्डु, २५ चैत – ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा एकजना सुत्केरीले आफ्नो बच्चा अस्पतालको जिम्मा लगाएर हिँडेकी छिन् । पूर्वसांसद गायत्री शाहले प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले लापरवाही गर्दा डाउन सिन्ड्रोम भएको बच्चा जन्मिएको भन्दौ बच्चा छोडेर हिँडेकी हुन् ।
उनले आफु गर्भवती भएपछि नेपाल मेडिसिटी अस्पतालमा बच्चालाई प्रजनन गराउन लागि गएको बताएकी छन् । उनले अस्पतालकी डा निरा सिंह श्रेष्ठसँग सम्पर्क गरि उनको निगरानीमा मेडिकल जाँच गराई फागुन २८ गते बच्चालाई जन्म दिएको विज्ञप्तिमा उल्लेख छ । गर्भमा रहेको बच्चाको स्वास्थ्यअवस्था सामान्य रहेको भनिएको थियो ।
तर बच्चा जन्मिसकेपछि मुटु, फोक्सो, गोडा समेतमा समस्या देखिएको भन्दै अस्पतालले थप परिक्षणका लागि क्रोमोजोम एनालाइसिस गनुपर्ने बतायो । यस परीक्षणका लागि अस्पतालले रगतको नमुना संकलन गरी भारत पठाएको थियो । परीक्षणपछि बच्चामा ड्राउन सिन्ड्रोम देखियो ।
गायत्रीले अस्पतालको लापरवाही गर्दा अस्वस्थ बच्चा जन्मन गएको आरोप लगाएकी छिन् । उनले बच्चालाई लिएर घर फर्कन र बच्चाको उपचार खर्च धान्न नसक्ने भएकाले बच्चालाई अस्पतालमा नै छाडेको विज्ञप्ति मार्फत जानकारी दिएकी छन् ।
उनले बच्चाको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने माग राखेकी छन् । बच्चाको उपचार अस्पतालको लापरवाहीको कारणले बच्चाको ज्यान जोखिममा परेमा सो को सम्पूर्ण जिम्मेवारी तथा कानुनी दायित्व अस्पतालले व्यहोर्नु पर्ने दावी गरेकी छिन् । साथै अस्पतालको लापरवाहीले अस्वस्थ बच्चा जन्मिएको विरोधमा शाहका आफन्तले अस्पतालमा धर्ना दिएका छन् । यस विषयमा अस्पतालले आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।