काठमाण्डु,८ साउन- अमेरिकाबाट सृजना ठकुरी घर पालुवा जनावर कुकुरको मायाले नेपाल फर्किएर धापाखेलमा आफ्नै लगानीमा सृज एनिमल रेस्क्यु सेन्टर खोलेर बसेकी छन् ।
उनले रेखदेख गर्दै आएको २०० कुकुरहरूबीचको सामीप्य देख्दा लाग्छ मायाभन्दा ठूलो संसारमा केही छैन।भएको सम्पति कुकुरको उपचारमा खर्चिसकेकी ठकुरी कुकुरलाई उपचार गर्दा आफुलाई खुसि हुने बताउँछिन् । उनी भन्छिन् बाटोमा मान्छे लड्रदा सबैले उठाउँछन् ,तर कुकुर कयौँ दिन देखि भोकै भएको कसैले अनुभव गर्दैनन् ।
विगत अठार वर्षदेखि कुकुरको रेखदेखमा लागेकी ठकुरी ४४ वर्षकी भइन् । बाँकी जिवन पनि यसरी नै बिताउने निर्णय गरेको बताइन् ।