पक्राउ नपरेको भए यसो गर्दै थिए रवि लामिछाने, तर प्रहरीले थाहा पाएर पक्रियो

काठमाण्डु टुडे २०७६ साउन ३० गते २०:१३ मा प्रकाशित

काठमाण्डु, ३० साउन– नुवाकोटका पत्रकार शालीकराम पुडासैनी हत्या प्रकरणमा नाम जोडिएपछि विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने तनावमा थिए ।

लामिछानेले आफ्नो कार्यक्रम ‘सिधा कुरा जनतासँग’ बाट पटकपटक आफूमाथिको आरोप गलत भएको भन्दै आरोप प्रमाणित गर्न चुनौती दिँदै आएका थिए । कार्यक्रमको बुधबारको अंकमा लामिछानेले २४ घण्टाभित्र आफूमाथिको अभियोग प्रमाणित नगरे प्रहरीको भण्डाफोर गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । लामिछानेले घटनामा नाम जोडिएकी ओखलढुंगाकी युवती अस्मिता कार्कीलाई एक प्रकारले नियन्त्रणमा लिएर बिहीबारको कार्यक्रममा आफ्नो पक्षमा बोल्न लगाउँने तयारी गरेका थिए । त्यसैका लागि उनको समूहले युवती कार्कीलाई अघोषित नजरबन्दमा राखेको थियो । प्रहरीले युवतीलाई दबाबमा बोल्न लगाएर अनुसन्धान प्रभावित गर्न खोजेको चाल पाएपछि लामिछानेलाई तत्काल पक्रने निर्णय गरेको एक वरिष्ठ अधिकारीले जानकारी दिए ।

पुडासैनीले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको पटकपटकको टर्चरका कारण आफू आत्महत्या गर्न बाध्य भएको भिडियो र अडियो रेकर्ड छाडेका थिए । मुलुकी अपराध संहितामा आत्मकत्या गर्न बाध्य पार्नेमाथि कारबाहीको स्पष्ट व्यवस्था गरेको छ । रविसहित तीनैजनालाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us