रवि लामिछाने पक्राउ परेको विषयमा प्रहरीको विज्ञप्ति, विज्ञप्तिमा के छ ?

काठमाण्डु टुडे २०७६ साउन ३० गते २०:३८ मा प्रकाशित

काठमाण्डु, ३० साउन– प्रहरीले नुवाकोटका पत्रकार शालीकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएका विवादित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गरेको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।


लामिछाने पक्राउ परेको केहीबेरमै जिल्ला प्रहरी कार्यालय चितवनले विज्ञप्ति जारी गर्दै उनलाई पक्राउ गरिएको जानकारी गराएको हो । चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाका तर्फबाट जारी गरिएको विज्ञप्तिमा २२ साउनमा भरतपुर महानगर–१ पोखरा बसपार्कको होटल कंगारुको कोठा नं २०२ मा झुण्डिएर आत्महत्या गरेका पुडासैनीको सम्बन्धमा अनुसन्धान गर्न लामिछानेसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई पक्राउ गरिएको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us