यी दिनमा सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने

काठमाण्डु टुडे २०७६ मंसिर १२ गते १५:०४ मा प्रकाशित

काठमाण्डु , १२ मंसिर — दक्षिण एसियाली खेलकुद सागको उद्घाटन र समापनको समयमा ट्राफिक व्यवस्था कम गर्न जोरबिजोर प्रणाली लागु हुने भएको छ ।

जसमा १५ गते बिजोडी र २४ गते जोडी नम्बर चलाउनुपर्नेछ ।
सागका लागि सुरक्षा व्यवस्थ चुस्त बनाउन सबै तयारी पूरा भएको नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए । उद्घाटन र समापनका बेला रंगशालामा हेर्न आउने सर्वसाधारणका लागि पार्कीङको व्यवस्था टुडिखेलमा गरिएको छ । यसका साथै भारत र पाकिस्तानको खेलाडीलाई हुने जोखिम कम गर्न विशेष सुरक्षा व्यवस्था गरिएको छ ।
दशरथ रंगशालामा नयाँ राखिएका कुर्सीहरु यदि दर्शकले आक्रोश वा अन्य कुनै किसिमले भाँचेमा त्यसको क्षतीपुर्ती दर्शकले तिर्नुपर्ने राष्ट्रिय खेलकुद परिषद्ले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us