सुनसरीको व्यापारिक कम्प्लेक्समा आगलागी

काठमाण्डु टुडे २०७६ मंसिर २२ गते ८:५२ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– सुनसरीको इटहरीस्थित एक व्यापारिक कम्प्लेक्समा आललागी भएको छ ।

इटहरी चोकमा हरेको सूर्य कम्प्लेक्समा गएराति १२ बजे आगलागी हुँदा लाखौं धनमाल क्षति भएको हो । पाँचतले कम्प्लेक्सको चौथो तलामा रहेको रेष्टुरेण्टबाट सुरु भएको आगलागी बिहान ४ः०० बजे मात्र ९ वटा दमकलको सहायतामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीश्ले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us