आफ्नै बाबालाई नचिनेको त्यो दिन …

अनि हत्तपत्त मैले मेरो छेउमै बस्नुभएका मेरो हजुरबुबालाई सोधे , हजुरबुबा मेरो बाबा कुन चाँही हो ?

काठमाण्डु टुडे २०७६ पुष १३ गते १३:३२ मा प्रकाशित

काठमाण्डु , १३ पुस  – के आफ्नो बाबालाई छोराले चिन्दैन र ?
त्यो दिन निकै रमाइलो दिन थियो ,मौसमले पनी निकै साथ दिएको थियो । गाउँभरीका सबै जना मेरो घरको आँगनमा गफगाफ गर्दै नवराज (नमे) बाचेर आयो रे भन्दै कुरा गर्दै थिए । तर मलाई निकै खुसी लागेको थियो , किनकी मैले त्यो दिन सम्म मेरो शरीर बाबाको काखमा राख्न पाएको थिइन ।

मैले आफ्नो बाबालाई आठ वर्ष उमेर सम्म देख्न पाएको थिइन , मेरो त्यो अवोध बालापन जुन बाबाको हात समातेर ताते ताते गर्ने बेलामा बाबाको हातको स्पर्श अनि मायाको त्यो अनुभव गर्न पाएको थिइन जुन अरु बच्चाले आफ्नो बाबासँग पाएका थिए । म अनि मेरो परिवार साथमा गाँउलेहरु सबै मेरो बाबाको अनुहार हेर्न लालायित भएर पर्खिरहेका थिए ।

जुन प्रतिक्षा मेरो बालापनले विगत ८ वर्ष देखि पर्खिरहेको थियो । जब मैले मेरो घर अगाडीको ठुलो बारीको पाटोमा दूई चार जना मानिस मेरो घर तिर आइरहेको देखे , अनि मेरो मनमा प्रश्न उठ्यो, मेरो बाबा कुन चाँही होला ?अनि हत्तपत्त मैले मेरो छेउमै बस्नुभएका मेरो हजुरबुबालाई सोधे , हजुरबुबा मेरो बाबा कुन चाँही हो ? मेरो प्रश्न सकिन नपाँउदै हजुरबुबाको आँखाबाट आशुको भेल बग्न थाल्यो ,अनि सुस्त त्यो स्वरमा भन्नुभयो ,’बाबु तिम्रो बुबा उ त्यो कालो जुत्ता लगाउँने हो ‘,

मेरो खुसीले मेरा खुट्टा नाच्न थाले अनि झ्याम्म बाबाको काखमा जान मन लाग्यो , तर मेरा खुट्टा रोकिए । किनकी जन्मेर बुझ्ने भएपछि देखेको त्यो बाबाको पहिलो अनुहार म हेरेको हेरै भए । सबै खुसी भएर गफ गर्न थाले । म बाबासँगै छेउमा उभिई बाबालाई हेरिरहेको थिए । बाबाले बिस्तारै मलाई काखमा लिनुभयो , अनि मेरो टाउँको मुर्सार्नु भयो ,जुन बाबाको स्पर्शले मेरोे शून्य बालापनको खुसी ल्यायो ,

यहीँ दिनको लागी म र मेरो अवोध बालापन ८ वर्ष देखि पर्खिरहेको थियो । बाबाले मलाई पहिलो प्रश्न गर्नुभयो ; छोरा कति कक्षामा पठ्छौं ? म स्तब्ध भए र डराए केहि बोल्न सकिन , किनकी ८ वर्ष पछि बाबाले छोरा भनि सम्बोधन गर्नुभएको थियो । अनि बाबाले मलाई गोजीबाट पैसा झिकेर पापा किनेर खाउँ भन्नुभयो जुन शब्द म मेरा साथीहरुबाट सुन्दैआएको थिए ।

अनि बल्ल मेरो त्यो बालापन सुरु भयो , बाबा बाबा भन्दै रुदै बाबाको पाइन्ट समातेर हिँड्ने बालापन… बाबा दश वर्षे जनयुद्धमा सामेल भई म र मेरो मायाले घर फर्किएको त्यो दिन मेरा लागी मेरो बालापन फिर्ता भएको त्यो दिन …

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us