एपीएफको पहिलो जित

काठमाण्डु टुडे २०७६ पुष १७ गते १७:४८ मा प्रकाशित

काठमाण्डु,१७पुस–नेपाल एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो खेल जितेको छ । एपीएफले सरस्वती क्लबलाई २–१ ले हराएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा पहिलो हाफ गोरहीत बराबरीमा सम्पन्न भएपनि दोस्रो हाफमा एपीएफले दुई गोल गरेको खेल आफ्नो पक्षमा पार्यो ।

आशिष तामाङले ६३ औं मिनेटमा पहिलो गोल गरेर एपीएफलाई खेलमा १–० को अग्रता दिलाए ।
८६ औं मिनेटमा मनिष घलेको पेनाल्टी बक्स बाहिरको शक्तिशाली प्रहार पोलमा लागेर फर्किदा सरस्वतीले बराबरीको मौका गुमायो । इन्ज्युरी समयको दोस्रो मिनेटमा आशिषले दोस्रो गोल गर्दा एपीएफले अग्रता दोब्बर पार्यो । लगत्तै विनोद केसीले सरस्वीतका लागि गोल फर्काएपनि हार टार्न सकेन ।

प्रतियोगितामा चौथो राउण्डको खेल चलिरहँदा एपीएफले मात्र चार अङ्क जोडेको छ । चार खेलमध्ये उसले एकमा जित, एक बराबर र दुईमा हार बेहोरेको छ । उ तालिकाको ११ औं स्थानमा उक्लेको छ । अङ्कविहीन सरस्वती भने पुछारमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us