ए डिभिजन लिगको खेल दुई दिन पछि सर्यो

काठमाण्डु टुडे २०७६ पुष १८ गते १७:५५ मा प्रकाशित

काठमाण्डु,१८पुस–वर्षाका कारण शहीद स्मारक ए डिभिजन लिगका शनिबार र आइतबारका खेल स्थगित भएका छन् ।

शुक्रबार काठमाण्डुमा पानी परेपछि खराब मौसमका कारण लिगका बाँकी खेल दुई दिन पछाडि सारिएको अखिल नेपाल फुटबल संघका लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए ।

अब शनिबार तय भएको मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लब तथा जावलाखेल र एनआरटीबीचको खेल सोमबार हुनेछ । त्यसपछि हरेक दिनको खेल दुई दिन पछि हुनेछ ।
एन्फाको लिग कमिटीको शुक्रबार बसेको बैठकले लिग दुई दिन पछि सार्ने निर्णय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us