अष्ट्रेलियनले सरकारले १० हजार उँट गाेली हानि मार्दै

काठमाण्डु टुडे २०७६ पुष २३ गते ११:५२ मा प्रकाशित

ऐजेन्सी -अष्ट्रेलिया सरकारले १० हजार उँटलाई गोली हानी मार्ने भएको छ ।

पछिल्लो समय अष्ट्रेलियामा फैलिएको खतरनाक आगलागी र त्यसबाट उत्पन्न सुख्खा मौसमका कारण पानीको हाहाकार मच्चिएपछि ५ दिन लगाएर १० हजार उँटलाई गोली ठोकेर मार्न लागिएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले बताएका छन् ।ऊँटहरुले धेरै पानी पिउन थालेपछि स्थानीयमा पानीको हाकार भएकाले स्थानियले सरकारलाइ ऊँट मार्न आग्रह गरेका हुन् ।

आज ९बुधबार० बाट उँट मार्न सुरु हुने छ। दक्षिण अष्ट्रेलियाको सुदूरपश्चिमको दुर्गम, अत्यधिक जनसंख्या भएको पश्चिमी क्षेत्रका आदिवासी जनतालाई दुःख दिन थालेपछि उँट मार्ने योजना भएको हो।

जनसंख्यालाई नियन्त्रण गर्न अष्ट्रेलियामा उँट मार्ने चलन पहिले देखि रहिआएको छ।
अष्ट्रेलियामा१९ औँ शताब्दीमा भारत र अफगानिस्तानबाट भित्राएका उँटको संख्या हाल बढेर १० लाख २० हजार हाराहारीमा छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us